ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रसारण लाइनको काम सकिएन, उत्पादन भएको विधुत खेर जाँदै


admin
बैशाख २७, २०७५ बिहीबार  ३ : ४१ बजे

पाँचथर, २७ वैशाख ।  थपिएको समयमा पनि काबेली करिडोर विद्युत् प्रसारण लाइनको काम नसकिँदा उत्पादन भएको विद्युत् खेर जाने अवस्थामा पुगेको छ ।

प्रसारण लाइनको काम समयमा नसकिँदा १५ मेगावाट क्षमताको हेवा ‘ए’ जलविद्युत् आयोजनाको ३३ केबिएबाट पाँच मेगावाट मात्र केन्द्रीय प्रसारणमा जडान हुँदैछ । यही प्रसारणबाट २२ मेगावाटको तल्लो हेवा, २५ मेगावाटको काबेली बी–१ तथा १० मेगावाटको इवा खोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

उत्पादन गरेर विद्युत् प्रसारण लाइनमा हाल्ने अवस्था नरहेको तल्लो हेवा जलविद्युत् आयोजनाको माउण्टेड हाइड्रोपावर कम्पनीका अध्यक्ष सीताराम तिम्सिनाले बताउनुभयो । आयोजनाको काम अन्तिम चरणमा छ । करिडोरको थपिएको काम २०७५ वैशाख १० गते सकिएको छ ।

फागुनमा विद्युत् प्रसारण लाइन काबेली करिडोरको अनुगमनमा आएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकेदार कम्पनीलाई थपिएको समयसिमामा जसरी पनि काम सक्न निर्देशन दिनुभएको थियो । दोस्रो पटक थपिएको म्यादमा पनि काम सकिएको छैन ।

पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ र इलाममा उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न १३२ केबिए प्रसारण लाइनअन्तर्गत इलामको सोयाकदेखि पाँचथरको अमरपुरसम्मको काममा ढिलाइ भएको हो । आर्थिक वर्ष २०६६÷६७ देखि करिडोरको काम शुरु भएको थियो । आव २०७१÷७२ भित्र सक्ने शुरुवाती योजना थियो ।

दोस्रो पटक थपिएको म्यादमा पनि काम नसकिएको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले बताउनुभयो । भारतीय ठेकेदार कम्पनीले राम्रोसँग काम नगर्दा तथा निर्माण क्षेत्रमा भएको समस्या सुुल्झाउन नसक्दा थपिएको समयमा काम नसकिएको हो । इलामको सिद्धिथुम्का र चमैतामा स्थानीयवासीको अवरोध कायमै छ । प्रसारणलाइन रु एक अर्ब ३० करोडमा ठेक्का लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी सहुलियतहरू कसरी चुपचाप चिनियाँ प्रभावमा परिणत हुँदैछन्

’लालटिन’ बालेर विरोध प्रदर्शन ः डा. मुक्ति प्रधान, पूर्व महान्यायाधिवक्ता , भिडियो

सम्बन्धित

अर्थ समितिले आ.व.२०८३/८४ को बजेट तर्जुमाका विषयमा विज्ञहरूसँग परामर्श लिने

शहरी विकास विभागका महानिर्देशक बोहोराले निर्माण व्यवसायीलाई भने– मूल्यवृद्धिलाई सम्बोधन हुन्छ, काममा फर्कनुहोस्

निर्माण व्यवसायीमाथि सरकारले अमानवीय व्यवहार गर्‍योः महासचिव घिमिरे

के कर्पोरेट अमेरिकाले लोकतन्त्रको रक्षा गर्न सक्छ ?

केही सिमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ गर्दै जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेः अर्थमन्त्री वाग्ले

७ प्रतिशत आर्थिक वृद्धि : लक्ष्य ठूलो, चुनौती अझ ठूलो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com