ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रसारण लाइनको काम सकिएन, उत्पादन भएको विधुत खेर जाँदै


admin
बैशाख २७, २०७५ बिहीबार  ३ : ४१ बजे

पाँचथर, २७ वैशाख ।  थपिएको समयमा पनि काबेली करिडोर विद्युत् प्रसारण लाइनको काम नसकिँदा उत्पादन भएको विद्युत् खेर जाने अवस्थामा पुगेको छ ।

प्रसारण लाइनको काम समयमा नसकिँदा १५ मेगावाट क्षमताको हेवा ‘ए’ जलविद्युत् आयोजनाको ३३ केबिएबाट पाँच मेगावाट मात्र केन्द्रीय प्रसारणमा जडान हुँदैछ । यही प्रसारणबाट २२ मेगावाटको तल्लो हेवा, २५ मेगावाटको काबेली बी–१ तथा १० मेगावाटको इवा खोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

उत्पादन गरेर विद्युत् प्रसारण लाइनमा हाल्ने अवस्था नरहेको तल्लो हेवा जलविद्युत् आयोजनाको माउण्टेड हाइड्रोपावर कम्पनीका अध्यक्ष सीताराम तिम्सिनाले बताउनुभयो । आयोजनाको काम अन्तिम चरणमा छ । करिडोरको थपिएको काम २०७५ वैशाख १० गते सकिएको छ ।

फागुनमा विद्युत् प्रसारण लाइन काबेली करिडोरको अनुगमनमा आएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकेदार कम्पनीलाई थपिएको समयसिमामा जसरी पनि काम सक्न निर्देशन दिनुभएको थियो । दोस्रो पटक थपिएको म्यादमा पनि काम सकिएको छैन ।

पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ र इलाममा उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न १३२ केबिए प्रसारण लाइनअन्तर्गत इलामको सोयाकदेखि पाँचथरको अमरपुरसम्मको काममा ढिलाइ भएको हो । आर्थिक वर्ष २०६६÷६७ देखि करिडोरको काम शुरु भएको थियो । आव २०७१÷७२ भित्र सक्ने शुरुवाती योजना थियो ।

दोस्रो पटक थपिएको म्यादमा पनि काम नसकिएको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले बताउनुभयो । भारतीय ठेकेदार कम्पनीले राम्रोसँग काम नगर्दा तथा निर्माण क्षेत्रमा भएको समस्या सुुल्झाउन नसक्दा थपिएको समयमा काम नसकिएको हो । इलामको सिद्धिथुम्का र चमैतामा स्थानीयवासीको अवरोध कायमै छ । प्रसारणलाइन रु एक अर्ब ३० करोडमा ठेक्का लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com