ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुक्तिनाथको फेदीमा थकाली होमस्टे


एबीसी न्यूज
बैशाख २७, २०७५ बिहीबार  ८ : ५१ बजे

मुस्ताङ, ठिनी, २७ वैशाख ।  के तपाँई वर्षात् अघि मुक्तिनाथ यात्रामा निस्कने तयारी गर्दै हुनुहुन्छ, यदि त्यसो हो भने तपाईका लागि खुशीको खबर छ – मुक्तिनाथको फेदी ठिनी गाउँमा सस्तोमा खाना खुवाउने र बास बस्ने गरी थकाली होमस्टे (घरबास) सञ्चालनमा आएको छ ।

प्राकृतिक सौन्दर्य र रमणीय दृष्य, हेर्दै लोभलाग्दो ठिनी गाउँमा घरबास (होमस्टे) मा बस्न र हिमाली संस्कृतिको अध्ययनका लागि पर्यटक आउने गरेका छन् ।

“घरबास पर्यटनले ठिनी गाउँको रहनसहन, वेशभूषा, थकाली भाषा, संस्कृति, परम्परा, चाडपर्व, मेलाजात्राको बारेमा जानकारी तथा देश तथा विदेशमा चिनाउनको लागि सहयोगी बन्दै गएको छ,” – स्थानीय जनमुक्ति क्लबका अध्यक्ष नरेन्द्र थकालीले भन्नुभयो ।

जोमसोम बजारबाट दुई किमीको दूरीमा रहेको ठिनी गाउँमा सञ्चालित घरबास कार्यक्रम प्रचारप्रसार हुनसकेमा यो पर्यटकको महत्वपूर्ण गन्तव्य बन्न सक्ने उहाँले बताउनुभयो ।

“आफ्नो संस्कृति जोगाउनु मात्र नभई यसलाई प्रष्फुटन गर्नु पनि जरुरी हुन्छ,” उहाँले भन्नुभयो, “पर्यटक मात्र नभएर विदेशी राष्ट्रका उच्च अधिकारीको भ्रमण पनि यो क्षेत्रमा हुन थाल्नुले यहाँको पर्यटनलाई अझै उचो बनाउने पक्का पक्की छ ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २९ गते हुन लागेको मुक्तिनाथ भ्रमणसँगै भारतीय पर्यटकका साथै अन्य विदेशी राष्ट्रका पर्यटकको आगमन बढ्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

ठिनी गाउँको घरबास पर्यटनको पहिलो चरणको कार्यक्रम सफल भइसकेको छ । थकाली समुदायको उद्गमस्थल ठिनीमा पर्यटनमार्फत समृद्धि ल्याउन घरबास शुरु गरिएको थकाली समुदाय होमस्टेका अध्यक्ष सनप्रसाद थकालीले बताउनुभयो ।

उहाँका अनुसार मुस्ताङको सदरमुकाम जोमसोमसँग जोडिएको गाउँमा थकाली सभ्यता अध्ययन गर्न पाइन्छ । ठिनीबाट मुक्तिनाथ यात्रा गर्न २४ किमी पर्दछ, जसका लागि जिपमा यात्रा गर्दा डेढ घण्टा लाग्छ ।

ठिनी गाउँमा अवलोकन गर्नका लागि कुछप तेरङ्गा गुम्बा, युङडुङ गुम्बा, लकी कर्पोक गुम्बा, घरपझोङ किल्ला, ढुम्बाताल, नीलगिरि हिमाल, थकाली संग्रहालयलगायतका सम्पदा रहेका छन् ।

ठिनीलाई हिउँ चितुवाको राजधानीसमेत भनिन्छ । गाउँमाथिको नमखुलेकमा २०७० सालमा एक्यापले गरेको क्यामेरा ट्रयापिङमा चार वटा हिम चितुवा देखिएका थिए ।

सदरमुकाम जोमसोमदेखि नजिकै रहेको र गुजुमुज्ज एकै ठाउँमा सबै घर रहेको ठिनी गाउँ घरबास पर्यटन सञ्चालनका लागि अत्यन्त उपयुक्त स्थल भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका तुलसी दाहालले बताउनुभयो । यो होमस्टे २०७४ भाद्र १० गते नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमूख दिपकराज जोशीले गर्नुभएको थियो ।

होमस्टेका कारण ठिनी गाउँ सुन्दर र पर्यटकीयरुपमा चिनिँदै जानु र आन्तरिक पर्यटन मौलाउँदै जानुमा स्थानीयलाई आर्थिक मात्र नभई सामाजिक र सांस्कृतिकरुपमै पनि फाइदा हुने भएसँगै स्थानीयवासी यतिखेर उत्साहित भएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com