ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्नपूर्ण एग्रो इन्डस्ट्रिजमाथि मुद्दा दायर


admin
बैशाख २६, २०७५ बुधबार  ६ : ३१ बजे

भैरहवा, २६ वैशाख । अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि रुपन्देहीबाट उत्पादित दाना गुणस्तरहीन रहेपछि कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्दा दायर गरिएको छ ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले निरीक्षण गर्दा उक्त एग्रोमा उत्पादित दाना कमसल र गुणस्तरहीन रहेको पाइएपछि मुद्दा दायर गरिएको हो ।

एग्रोले बोइलर, कोइलर र लेयर्स कुखुराको दाना उत्पादन गर्ने गर्दछ । उत्पादित दाना मापदण्डभन्दा कमसल भएपछि कारबाहीका लागि मुद्दा दायर गरिएको क्षेत्रीय कार्यालय भैरहवाले जानकारी दिएको छ ।

यस एग्रोले अन्नपूर्ण प्लेट फिड, कोपिला प्लेट फिड र उर्बार प्लेट फिड ब्राण्डका दाना उत्पादन गर्दछ । उद्योगमा उत्पादन भएका दाना काठमाडौँ, पोखरा, चितवन, हेटौँडा, रुपन्देहीलगायतका जिल्लामा जाने गरेको छ ।

देशका विभिन्न स्थानमा पुग्ने यसका उत्पादनमा गुणस्तरहीन देखिएपछि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले छापा मारी गुणस्तरमा अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

नेपालको कानूनमा न्यूनस्तरको खाद्य पदार्थ उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई खाद्य ऐन २०२३ को दफा ५ को उपदफा १ बमोजिम नगद जरिवानाका साथै एक वर्षसम्मको कैदको व्यवस्था गरेको छ भने यसै कसूरमा कालोबजारी ऐनअनुसार दुई वर्षसम्मको कैद हुने प्रावधान रहेको छ ।

आर्थिक वर्ष २०७४÷७५ को वैशाखसम्म क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले १० वटा उद्योगलाई गुणस्तरहीन र लेबल बिनाको पाएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्दा दायर गरेको छ ।

गुणस्तरहीन उत्पादन गरेको र लेबल नलगाएका २५ वटा उद्योग अनुसन्धानको प्रक्रियामा रहेको कार्यालय प्रमुख हस्तबहादुर राईले जानकारी दिनुभयो ।

राईकाअनुसार रुपन्देही, तनहँु र पोखराका उद्योग कारबाहीका लागि मुद्दा दायर गरिएको, दुई दर्जन उद्योग अनुसन्धानको प्रक्रियामा रहेको र बजार अनुगमनलाई तीब्रताका साथ अगाडि बढाइएको छ ।

कार्यालयले रुपन्देहीमा सञ्चालित प्रसिद्ध वाटर इन्डस्ट्रिज, सिद्धार्थ आयल इन्डस्ट्रिज, रौनक आधुनिक तेल उद्योग, सिद्धार्थ रिफाइनरी तथा आयल इन्डस्ट्रिज, दुर्गा मोर्डन आयल मिल, साई प्याकेजिङ उद्योगलाई समेत कारबाहीका लागि मुद्दा दायर गरेको खाद्य अधिकृत नीरज कटुवालले जानकारी दिनुभयो ।

कार्यालयले सुजल डेरी प्रालि पोखरा र प्रेमबहादुर गुरुङ टेड्रस तनहँुमाथि समेत मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com