ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रिटेनको शाही विवाहमा के-के हुनेछ ? राजकुमार ह्यारी र नायिका मेगनको विवाहको यस्तो छ तयारी


admin
बैशाख २६, २०७५ बुधबार  ५ : ४३ बजे


काठमाडौं, २६ वैशाख । आउँदो मे १९ तारिखमा संसारभरीको नजर ब्रिटेनमा टिक्नेछ । यो त्यो दिन हो जब शाही परिवारका राजकुमार ह्यारी आफ्नी अमेरिकी प्रेमिका मेगन मर्कलसँग विवाह बन्धनमा बाँधिनेछन् ।

त्यसकारण विवाहका दिन के–के हुँदैछ भन्ने उत्सुकता तपाईं सबैमा होला ।

विवाहको दिन के हुनेछ ?

विवाह समारोह लण्डनबाट करिब ३५ किलोमिटर टाढा विन्डसर क्यासलको सेन्ट जर्ज च्यापल चर्चमा हुनेछ । विवाहका कार्यक्रम मे १९ तारिखमा ब्रिटेनको स्थानीय समयानुसार अपरान्हबाट सुरु हुनेछ ।

विवाह समारोहपश्चात् नवविवाहित जोडी विशेष प्रकारको शाही गाडीमा सवार भएर विन्डसर शहरबाट निस्कनेछ । विन्डसरमा नै विन्डसर क्यासल छ जुन महारानीको आधिकारीक आवासमध्येको एक हो ।

यहाँबाट निस्किएर शाही परिवार सेन्ट जर्ज हल पुग्नेछन् । यहाँ महारानीको तर्फबात पार्टीको आयोजना हुनेछ जसमा करिब ६ सय पाहुनाको उपस्थिती हुनेछ ।

त्यसपछि बेलुका नवविवाहित जोडीले आफ्ना नजिकका दुई सय साथीसँग फ्रोगमोर हाउसमा पार्टी दिनेछन् ।

शाही विवाहका दिन ब्रिटेनको गतीमा ब्रेक त लाग्दैन तर शाही विवाहका कारण विन्डसरमा निकै भीडभाड हुनेछ ।

त्यसदिन शनिबार परेको भएकाले मानिसहरु घुम्न निस्कनेछन् । ब्रिटेनका फुटबल प्रेमीका लागि पनि त्यो दिन विशेष छ किनभने त्यसदिन एफए कपको फाइनल म्याच हुनेछ । र त्यो म्याचले उनीहरुका लागि बढि महत्व राख्नेछ ।

त्यसकारण ब्रिटेन बन्द त हुँदैन तर हलचल पक्कै पनि देख्न पाइन्छ ।

के मेगन मर्कल राजकुमारी बन्नेछिन् ?

राजकुमारी त्यही महिलालाई भनिन्छ जसको जन्म राजघरानामा भएको छ ।

त्यसकारण मर्कल ‘हर रोयल हाइनेस प्रिन्सेस हेनरी अफ वेल्स’ भनिनेछिन् ।

महारानीले प्रिन्स ह्यारी र उनकी श्रीमतीलाई ड्युक एण्ड डचेजको दर्जा दिनसक्ने सम्भावना छ जसरी उनले प्रिन्स ह्यारीका दाइ र भाउजुलाई ड्युक र डचेज अफ क्याम्ब्रिजको दर्जा दिएकी छिन् ।

यो दर्जा पाएपछि मेगन मर्कल डचेज मेगन भनिनेछिन् ।

डायनालाई कहिले पनि आधिकारिक रुपमा प्रिन्सेस डायना भनिएन । उनलाई प्रिन्सेस अफ वेल्स भनिन्थ्यो ।

के मेगन मर्कलले शाही ताज लगाउनेछिन् ?

हुन त मर्कल शाही परिवारसँग सम्बन्धित छैनन् तर पनि उनले विवाहमा शाही ताज लगाउनेछिन् । जब लेडी डायनाको निधन भयो तब उनले बुहारीका लागि आफ्ना सबै गहना छोडेकी थिइन् ।

डचेज अफ क्याम्ब्रिजले आधिकारिक समारोहमा थुप्रै पटक उनको र महारानीको गहना लगाएको देख्न सकिन्छ ।

मर्कलले विवाहमा कस्ता गहना लगाउनेछिन् त्यो भने कसैलाई पनि थाहा छैन ।

पाहुनाको सूचीमा को–को ?

केही हस्तीले विवाहको निमन्त्रणा पाएको पुष्टि गरेका छन् । कतिले भने आफूले निमन्त्रणा पाए नपाएको बारे केही जानकारी दिएका छैनन् ।

सर एल्टन जोनको कन्सर्टको तारिख शाही विवाहको दिन परेकोले उनले आफ्ना दुई कन्सर्ट रद्द गरेका छन् ।

ब्रिटेनकी गायिका र अभिनेत्री मेल बीले उनी र पप ग्रुप स्पाइस गर्ल्सको सदस्य विवाहमा समावेश हुनेछन् ।

टेनिस स्टार सेरेना विलियम्स र भारतीय अभिनेत्री प्रियंका चोपडा पनि मर्कलका निकै राम्रा साथी हुन् त्यसकारण उनीहरु पनि विवाहमा समावेश हुने सम्भावना छ ।

यसका साथै, मर्कलमा विशेष साथीहरु यो विवाहमा देखिनेछन् ।

प्रिन्स ह्यारीका साथीहरु पनि विवाहमा समावेश हुने बताइएको छ ।

यसका साथै, सामाजिक कार्यसँग जोडिएका करिब १२ सय साधारण मानिसहरुलाई पनि चर्चमा हुन लागेको विवाह समारोहको हिस्सा बन्नका लागि निमन्त्रणा दिइएको छ ।

विवाहमा कसलाई बोलाइने छैन ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई यो शाही समारोहबाट टाढै राखिने सम्भावना धेरैले प्रकट गरेका छन् । डोनल्ड ट्रम्पले एक पटक ठट्टा गर्दै भनेका थिए कि उनलाई प्रिन्स ह्यारीकी आमा डायनासँग डेटमा जान पाएको भए निकै मजा आउँथ्यो ।

यस्तै, अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामालाई बोलाउने अनुमान पनि थुप्रैले गरेका छन् किनभने बराक ओबामा प्रिन्स ह्यारीका साथी हुन् ।

तर, त्यस्तो केही पनि हुँदैन । किनभने यो शाही विवाहमा कुनै पनि राजनेतालाई बोलाइएको छैन । यहाँसम्म कि ब्रिटेनका प्रधानमन्त्री टेरिजा मे र विपक्षी नेता जेरेमी कोर्बिनलाई पनि विवाहको निम्तो दिइएको छैन ।

मर्कलका दुई सौतेनी भाइ बहिनी छन्, यी दुई पनि विवाहमा आउने सम्भावना निकै न्यून छ ।

विवाहको पार्टीमा को को होलान् ?

पार्टीमा शाही दुलहालाई ध्यान दिनका लागि एक विशेष व्यक्ति हुन्छन् । बेस्ट म्यान भनिने ती व्यक्तिलाई दुलहा आफैंले रोज्छन् । प्रिन्स ह्यारीले आफ्ना दाइ विलियम्सलाई आफ्नो बेस्ट म्यानको रुपमा चुनेका छन् ।

विलियमले सन् २०११ मा आफ्नो विवाहमा प्रिन्स ह्यारीलाई आफ्नो बेस्ट म्यान बनाएका थिए ।

बेस्ट म्यानजस्तै दुलहीको पनि ध्यान राख्नका लागि मेड अफ अनर हुन्छिन् । तर मर्कलले भने आफुनो मेड अफ अनर चुन्न अस्विकार गरेकी छिन् ।

बस्ने केही तरिका छ ?

परिवारका नजिकका सदस्य शाही जोडीको नजिक बस्छन् । जब सन् २०११ मा प्रिन्स विलियम्सको विवाह केटसँग भएको थियो तब केटकी आमा महारानीसँग बसेकी थिइन् ।
शाही विवाहमा महिलाले किन अचम्मको ह्याट लगाउँछन् रु

शाही विवाहमा आउने महिला विभिन्न आकार र डिजाइनको ह्याट लगाउँछन् ।

तर यो ह्याट लगाउने परम्परा कहाँबाट आयो ?

वर्षौंअघि महिलाले सार्वजनिक रुपमा दिउँसो देखिनुअघि आफ्नो कपाललाई ढाक्ने गर्दथे । तर सन् १९५० को दशकमा यो परम्परा समाप्त झैं भयो । तर आज पनि विशेष आयोजना र चर्चामा जानेबेला महिला आफ्नो कपाल ढाक्ने गर्दछन् ।

आधिकारिक विवाह समारोहमा महिलाले आफ्नो शिर ढाक्नु रोयल प्रोटोकल हो ।

खानपिनको कस्तो बन्दोबस्त ?

अहिलेसम्म दिउँसो र रातीको खानाको मेन्यू तयार गरिएको छैन । तर श्याम्पेनको पूरा बन्दोबस्त हुने अनुमान गरिएको छ ।

श्याम्पेनको बोतल पनि विशेष स्थानबाट आउनेछन् ।

डीजे वा ब्यान्ड ?

शाही समारोहमा ब्यान्डको प्रस्तुतीको सम्भावना छ ।

स्पाइस गर्ल्स पप ब्यान्डलाई समारोहमा आमन्त्रित गरेको बताइएको छ । यो ब्यान्डको हिट गीत टू बिकम वानमा शाही जोडीले नाच्ने पनि अनुमान गरिएको छ ।

अथवा सर एल्टन जोन आएर ‘क्यान यू फिल द लभ टुनाइट’ गाउन सक्नेछन् ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com