ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

मोदीको सुरक्षामा अत्याधुनिक उपकरण


abc

 

काठमाडौं, २६  वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको सुरक्षाका लागि सुरक्षा निकायले उपलब्ध अत्याधुनिक उपकरण प्रयोग गर्ने भएको छ।

मोदी भ्रमणको बाहिरी सुरक्षा घेरामा रहने प्रहरीले आफुसँग उपलब्ध उपकरण प्रयोगका लागि मंगलबार एउटा प्राविधिक टोली जनकपुर पठाएको हो। प्रहरीले मोदीको स्र्कटिङमा ३ वटा जामर, र्यापिड कम्युनिकेशन सिस्टम (आरसीएस), भेइकल एण्ड नम्बर स्क्यानर, डिजिटल रेडियो सिस्टम लगायतका उपकरण प्रयोगमा ल्याउने भएको हो।

राष्ट्र प्रमुखकाे भ्रमण भएकाले उपलब्ध सबै प्रविधीकाे प्रयाेग हुने डिअाईजी ठुले राईले बताए। ‘प्रविधिकाे सहयाेगमा सुरक्षा मजबुत पारिनेछ’, माेदी सुरक्षाकाे जनकपुर कमाण्ड सम्हालिरहेका उनले भने।

एस्कर्टिंगमा ज्यामर
भारतीय प्रधानमन्त्री मोदीको जनकपुर र काठमाडौं भ्रमणकाक्रममा उनको साथमा मोबाईल फ्रिकेवन्सी जाम गर्न प्रयोग हुने ज्यामरसहितको सवारी साधन रहने छ। मोदी कारगेट ( सवारीमा रहने अगुवा, पछुवा गाडीको लस्कर) को बीचमा जामर रहनेछ।अत्याधुनिक जामरले सय मिटरवरपरको क्षेत्रमा मोबाइल, डिजिटल डिभाइसलगायत विद्युतीय उपकरण निष्क्रिय पारी सञ्चार सम्पर्क विच्छेद गरिदिन्छ। रिमोट कन्ट्रोल र अन्य त्यस्तै डिभाइसलाई निश्क्रिय बनाइदिन्छ।

यी डिभाइस बम विस्फोट खतरा टार्न उपयोग गरिएको हो। मोदी जाने जानकपुर, काठमाडौं र मुस्ताङको एस्कर्टिङमा पनि ज्यामर प्रयोग हुनेछ।

सुरक्षा सर्तकताका लागि आरसीएस
मोदीको सुरक्षा सर्तकताका लागि जनकपुर र काठमाडौंमा उनी जाने रुटको भिडियो लाईभ सहितको र्यापिड कम्युनिकेशन सिस्टम तयार भएको छ । प्रहरीले मंगलबार ५० थान आरसीएस सेट जनकपुर पठाएको छ। त्यसको लाइभ फिड प्रहरी प्रधान कार्यालयले लिनेछ।

वाकीटाकी जस्तो उपकरण आरसीएसबाट क्लोज सर्किट क्यामराको कभरेज नभएका ठाँउको गतिविधि भिडियो फोरम्याटमा प्रत्यक्ष कन्ट्रोल सेन्टरमा रहेका मोनिटरमा आउने छ। कमाण्ड सेन्टरमा रहेका अधिकारीले सो भिडियोका आधारमा सुरक्षामा खटिएका अधिकारीलाई आवश्यक निर्देशन र सुरक्षा रणनीति तत्काल परिवर्तन गर्न सक्नेछन्। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणमा प्रयोगमा ल्याइएको यो उपकरण प्रभावकारी रहेको सुरक्षामा खटिएका प्रहरी अधिकारीको अनुभव छ।

भेइकल र नम्बर स्क्यानर
सवारी साधनको नम्बर प्लेटको बिवरणको भिडियो रेर्कडसहित सवारीसाधन एक्सरे गर्ने उपकरण यसपटक मोदी भ्रमणमा प्रयोग हुनेछ। भेइकल एण्ड नम्बर स्कयानरले गाडीको सबै पार्टको एक्सरे गर्नेछ। यो उपकरण कार्यक्रम स्थलमा आउने सवारीसाधनको जाँचमा प्रयोग हुनेछ।

डिजिटल रेडियो सेट
प्रहरीले प्रयोग गरिरहेको एनालग पद्धति सेट बाहेक व्याकअपका लागि डिजिटल रेडियो सेट समेत सुरक्षाका लागि प्रयोग हुनेछ। भ्रमण अवधीका लागि एउटा च्यानलमा सुरक्षाकर्मीबिच सम्पर्कका लागि यो प्रविधि प्रयोग हुनेछ। यस बाहेक नियमित रुपमा मेटल डिटेक्टर, वाक थ्रु गेट र अन्य उपकरणको प्रयोग हुने मोदी सुरक्षामा खटिएका अधिकारीले बताएका छन्। भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार र शनिबार नेपालको औपचारिक भ्रमण गर्दैछन्। स्रोत समाचार एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गुडिरहेको एम्बुलेन्सबाट सात जना कोरोना संक्रमित भागे

महेन्द्रनगर , ९ बैशाख । कैलालीमा आइसोलेसन सेन्टरमा लैजाने क्रममा कोरोना पोजेटिभ सात जना एम्बुलेन्सबाटै भागेका छन्। बिहीबार गौरीफण्टा हुँदै नेपाल आएका सात जना भारतीय

राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते, दल दर्ताको लागि वैशाख १४ गतेसम्मको म्याद

काठमाडौँ, ९ बैशाख।   निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई कारवाही गरेपछि रिक्त रहेको स्थानमा जेठ ६ गते उपनिर्वाचन गर्ने भएको छ

अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक

काठमाडौँ, ९ बैशाख।   कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक लगाइएको छ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका

सम्बन्धित

गुडिरहेको एम्बुलेन्सबाट सात जना कोरोना संक्रमित भागे

राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते, दल दर्ताको लागि वैशाख १४ गतेसम्मको म्याद

अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक

थोरै आशावादी थिएँ तर आज तिक्ततापूर्ण कुराकानी भयो – नेता नेपाल

नेपालमा थप २४२८ जना कोरोना संक्रमित, पाँचजनाको मृत्‍यु (कुन जिल्लामा कति सूचिसहित)

सर्वोच्चमा माधव नेपालसहित चार नेताको रिट दर्ता, आइतबार पेसी (रिटको पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com