ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकसंस्कृति संरक्षणको लागि महिलाले बजाउँछन् नौमती बाजा


admin

म्याग्दी, २५ वैशाख । शुभ कार्यहरुमा परम्परागत रुपमा पुरुषहरुले मात्रै बजाउने गरेको नौमती बाजा महिलाहरुले पनि बजाउन थालेका छन् । पञ्चेबाजा बजाउनेहरु हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलीहरुले भने महिला र पुरुष दुबैको सहभागितामा नौमती बाजा बजाउने प्रचलनको सुरुवात गरेका हुन् ।

नौमती बाजा बजाउनेमा महिलाले मादल, दमाहा र झ्याली बजाउने गर्छन् । विवाह, चौरासी पुजा, ब्रतबन्ध, छेवर लगायतका शुभ कार्यहरुमा बजाईने नौमती बाजालाई संरक्षण गर्दै व्यवसायिक बनाउने उद्देश्यले पोखरामा बसोबास गर्ने म्याग्दीको अन्नपूर्ण र रघुगंगा गाउँपालिकाका बासिन्दाहरुले फेवा वातावरण तथा लोकसंस्कृति नौमती बाजा समुह नै बनाएको बताउंछन् समूहका अध्यक्ष डम्बर बहादुर पूर्जा ।

‘वि.स. २०६१ सालमा गठन भएको यस समुहले नयाँ पुस्ताका युवक युवतीलाई नौमती बाजा बजाउन सिकाएर दर्जन बढी नयाँ बाजा समुह नै उत्पादन गरिसकेको छ’, फेवा वातावरण तथा लोकसंस्कृति नौमती बाजा समुहका अध्यक्ष डम्बरबहादुर पुर्जाले बताए ।

एउटै समुहमा महिला र पुरुष दुवैले नौमती बाजा बजाउनु यस समुहको प्रमुख बिशेषता हो । यस समुहमार्फत कला संस्कृतिको संरक्षण र नयाँपनसँगै रोजगारी पनि सिर्जना भएको छ । यस समुहमा अहिले ३० जना बढी आवद्ध छन् । त्यसमध्ये करिब आधा महिला मात्रै छन् । महिलाले बाजा बजाउनुको साथै नौमती बाजामा दोहोरी गाउने र नृत्यसमेत देखाउने गरेको समुहकी सदस्य प्रिती पुनले बताइन् ।

महिलाले नै बाजा बजाउने, दोहोरी गाउने र नृत्य समेत देखाउने भएकाले पोखरा क्षेत्रमा यस समुहको लोकप्रियता बढेको समुहका बाधक तिलक फगामी बताउँछन् । विवाहको लगन र पुजा आजा हुने समयमा २ बढी समुह बनाएर नौमती बाजा बजाउने गरिएको छ ।

बाजा बजाएर आउने आम्दानीबाट समुहमा आबद्ध भएका बाधक र कलाकारहरुलाई पारिश्रमिक दिने गरिएका गरिएको छ । यस समुहले आफ्नो आम्दानीबाट केही रकम बचत गरि सामाजिक उत्थानको लागि कोष खडा गर्नुको साथै नौमती बाजाका सामाग्रीहरु समेत खरिद गर्ने गरेको समुहकी सदस्य टिकमती पुन बताउँछिन् ।

पोखरामा रहेका म्याग्देलीहरुले मात्रै होईन म्याग्दीकै विभिन्न ठाउँमा समेत विशेष गरी मगर समुदायमा महिलाले समेत नौमती बाजा बजाउने गरेका छन् । म्याग्दीबाट कावासेती, चितवन लगायतका क्षेत्रमा पुगेका जनजाति समुदायले समेत महिला र पुरुष दुवैलाई समावेश गरी नौमती बाजा बजाउने गरेका छन् । धार्मिक कार्यहरुको लागि अनिवार्य जस्तै मानिने नेपाली मौलिक नौमती बाजा मनोरञ्जनको साधनसँगै पर्यटकहरुको लागिसमेत आकर्षक बाजा हो । अन्यत्र पुरुषहरुले मात्रै बजाउने नौमती बाजा महिलाहरुले समेत बजाउने भएपछि यसको महत्व र आकर्षण थप बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com