ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रत्येक पटक गर्भ जचाउँने महिलालाई अण्डा वितरण


एबीसी न्यूज
बैशाख २५, २०७५ मंगलबार  ७ : ५३ बजे
वालिङ, स्याङ्जा, २५ वैशाख ।  स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउने महिलालाई भिरकोट नगरपालिकाले अण्डा वितरण गर्दै आएको छ ।

गर्भवती महिलामा गर्भ रहेको सामान्यतयाः तीन महिनाको अवधिदेखि सुत्केरी नहुँदासम्मको अवधिका लागि दैनिक एउटाको दरले अण्डा वितरण गर्ने गरेको भिरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले बताउनुभयो ।

“गर्भवती महिला नियमित स्वास्थ्य संस्थामा आएर गर्भ परीक्षण गराउने बानीको विकास गराउने एउटा उद्देश्य हो”, नगर प्रमुख खनालले भन्नुभयो, “अर्कोतर्फ पौष्टिक आहाराको कमी हुनबाट बचाइ आमा र बच्चाको स्वास्थ्यमा विशेष ध्यान दिनु हाम्रो दायित्व ठानेर यो अभियान सञ्चालन गरेका हौँ ।”

गर्भवती महिलाले पहिलो परीक्षण अवधि तीन महिनादेखि प्रत्येक महिनामा जाँच गराउन आउँदा प्रत्येक पटक एक क्यारेट अण्डा स्वास्थ्य संस्थाबाटै तत्काल दिने व्यवस्था नगरपालिकाले मिलाएको छ ।

“भिरकोट नगरपालिकाभित्रका गर्भवती महिलाले नगरभित्रकै स्वास्थ्य संस्था वा अन्य नगरका पायक पर्ने स्वास्थ्य संंस्थामा गएर गर्भ जाँच गराउन सक्नुहुन्छ” नगर प्रमुख खनालले भन्नुभयो, “उहाँहरुले पायक पर्ने अर्को स्वास्थ्य संस्थामा गएर जाँच गराएको कार्ड लिएर आउनुभएमा पनि हामीले अण्डा प्रदान गर्दछौँ ।”

गर्भवती महिलाले पहिलोपटक गर्भ जाँच गराउने अवधि तीन महिनादेखि सुत्केरी हुँदासम्मको अवधिलाई पुग्ने गरी महिना÷महिनामा गर्भ जाँच गरेका आधारमा अण्डाको क्यारेट प्रदान गर्दै आइरहेको भिरकोट नगरपालिका वडा नं १ का अध्यक्ष एवं नगर प्रवक्ता दीपेन्द्र केसीले बताउनुभयो । भिरकोट नगरपालिकामा हाल एउटा शहरी स्वास्थ्य क्लिनिक र नौवटा स्वास्थ्य चौकी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com