ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु


admin

काठमाडौं, २३ वैशाख । संघीय संसदको दोश्रो अधिवेशन सुरु भएको छ ।

आइतबारबाट संघीय संसदको दोश्रो अधिवेशन सुरु भएको हो । यो अधिवेशनलाई बजेट अधिवेशन समेत भनिन्छ । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश २०७५ र संघिय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी अध्यादेश पेश भएका छन् ।

दोश्रो अधिवेशनको पहिलो बैठकमा गृहमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री शेर बहादुर तामाङ्गले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश पेश गर्नुभएको हो । त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणि पोख्रेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५, र कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ्गले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश २०७५, र संघिय संसदका महासचिव, प्रतिनिधीसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी अध्यादेश पेश गर्नुभएको हो ।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पनि पेस गरिएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोख्रेलले समितिको प्रतिवेदन पेश गर्नुभएको हो । चैत २२ गते प्रतिनिधिसभा कार्य सञ्चालनका लागि प्रतिनिधिसभा नियमवाली मस्यौदा समिति गठन गरेको थियो । समितिलाई कार्य प्रारम्भ भएको मितिले एक महिनाको समयवाधि दिईएको थियो । समितिले टुंगो लगाएको मस्यौदा प्रतिवेदनमा फरक मत पनि समावेश गरिएको छ ।

संसोधन प्रस्ताव दर्ताका लागि बैशाख २५ गते अपरान्ह २ बजे सम्मको समय दिईएको छ । बैठकको सुरुमा नै सभामुख कृष्ण बहादुर महराले अधिवेशन आव्हानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली लोक लाज र नैतिकता नभएको व्यक्ति :प्रचण्ड

काठमाडौं २८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाटै हटाइएको मान्छेलाई सर्वोच्चले बिचित्रको फैसला गरेका कारण प्रधानमन्त्रीमै राखिदिएको भन्दै व्यंग्य गरेका छन्

भारतमा कोरोना संक्रमण भयावह , अन्तिम संस्कारका लागि घण्टौं लाइन

  एजेन्सी, नयाँ दिल्ली २८ चैत । कोरोना संक्रमणको फैलिँदो अवस्था भारतका कयौं राज्यका लागि चुनौतीको विषय बन्दै गइरहेको छ । संक्रमितहरुको उपचारका लागि संशोधनको अभाव

तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ

लमजुङ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताएका छन्

सम्बन्धित

ओली लोक लाज र नैतिकता नभएको व्यक्ति :प्रचण्ड

भारतमा कोरोना संक्रमण भयावह , अन्तिम संस्कारका लागि घण्टौं लाइन

तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु

प्रहरीका ३ सय ६६ इन्स्पेक्टरको एकैपटक सरुवा,

प्रतिपक्षी तीन दलको बैठकमा सहमति नभए माओवादीले आकस्मिक निर्णय गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com