ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु


admin
बैशाख २३, २०७५ आईतबार  ४ : ४५ बजे

काठमाडौं, २३ वैशाख । संघीय संसदको दोश्रो अधिवेशन सुरु भएको छ ।

आइतबारबाट संघीय संसदको दोश्रो अधिवेशन सुरु भएको हो । यो अधिवेशनलाई बजेट अधिवेशन समेत भनिन्छ । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश २०७५ र संघिय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी अध्यादेश पेश भएका छन् ।

दोश्रो अधिवेशनको पहिलो बैठकमा गृहमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री शेर बहादुर तामाङ्गले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश पेश गर्नुभएको हो । त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणि पोख्रेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५, र कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ्गले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश २०७५, र संघिय संसदका महासचिव, प्रतिनिधीसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी अध्यादेश पेश गर्नुभएको हो ।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पनि पेस गरिएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोख्रेलले समितिको प्रतिवेदन पेश गर्नुभएको हो । चैत २२ गते प्रतिनिधिसभा कार्य सञ्चालनका लागि प्रतिनिधिसभा नियमवाली मस्यौदा समिति गठन गरेको थियो । समितिलाई कार्य प्रारम्भ भएको मितिले एक महिनाको समयवाधि दिईएको थियो । समितिले टुंगो लगाएको मस्यौदा प्रतिवेदनमा फरक मत पनि समावेश गरिएको छ ।

संसोधन प्रस्ताव दर्ताका लागि बैशाख २५ गते अपरान्ह २ बजे सम्मको समय दिईएको छ । बैठकको सुरुमा नै सभामुख कृष्ण बहादुर महराले अधिवेशन आव्हानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com