ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

बालीमा आँखा नलागोस् भन्दै सन्नीको पोस्टर खेतमा राखेपछि..


admin

काठमाडौं, २३ वैशाख । भारतका एक अन्धविश्वासी किसानले आफ्नो बालीमा कसैको आँखा नलागोस् भन्दै भारतीय नायिका सन्नी लियोनको पोस्टर खेतमा राखेका छन् । अझ उनलाई मान्ने हो भने पोर्नस्टारको पोस्टर राखेकै कारण उनको बालीमा जादुसमेत हुँदै आइरहेको छ ।

भारतको आन्ध्र प्रदेशका ४५ वर्षे चेन्चु रेड्डी नामका भारतीय किसानले बुख्याँचाका रूपमा सन्नी लियोनको ठूलो पोस्टर आफ्नो दस एकड खेतमा राखेका छन् । गाउँलेका राक्षसी आँखा पन्छाउन पूर्व पोर्नस्टार रहेकी सन्नी लियोनको फोटो उपयुक्त हुने भन्दै रेड्डीले खेतमा यस्तो अभ्यास गरेको बताउँछन् ।

पोस्टरमा सन्नी रातो बिकिनीमा सजिएकी छिन् । उनको पोस्टरमा लेखिएको छ ‘महासय मलाई देखेर नचिढिउँ ।’

हिन्दूस्तान टाइम्ससँग बोल्दै रेड्डीले सन्नीका ठूला वक्षस्थलकै कारण आफ्नो खेतमा कमाल हुँदै गइरहेको बताएका छन् । सन्नीको पोस्टर राखेसँगै उनको खेतका ठूला काउली र बन्दागोभीमा कसैको नजर नलागेको उनी सुनाउँछन् । भन्छन्, ‘वर्षेनी मेरो बाली खस्कँदै गइरहेको थियो । बाली पनि राम्रो भएको थिएन । केही समय बाली राम्रो हुन्थ्यो अनि फेरि बिग्रन्थ्यो । यो वर्ष मात्रै मैले मेरो खेतभरिबाट राम्रो मुनाफा आर्जन गरेँं । पोस्टरकै कारण गाउँले र बटुवाहरुको चासो पनि बढेको छ ।’

रेड्डी थप्छन्, ‘राक्षसी आँखा भगाउन मैले सन्नीको ठूलो फ्लेक्स लगाएको हुँ । आजभोलि यसले कमाल गरेको छ । सबैजना सन्नीलाई मात्र हेर्छन् । मेरो बालीमा आँखा लगाउँदैनन् ।’ भारतको अन्य ठाउँमा पुतली र फलामका टिनलाई बुख्याँचाका रूपमा खेतमा राख्ने चलन छ ।

कतिपयले आफूलाई सन्नीको उक्त कामुक तस्बिर हटाउन लगाए पनि रेड्डी आफ्नो अडानमा कटिबद्ध छन् । रेड्डी भन्छन्, ‘सरकारी अधिकारीहरुसमेत हाम्रो खेतबारीको समस्याबारे चासो राख्दैनन् भने अरूलाई किन टाउको दुखाई र?’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटारको बालुवामा तेल छैन जति पेले पनि तेल निस्किने अवस्था छैन – नेता नेपाल

काठमाडौं, १० वैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी एकता जोगाउन कठिन भएको बताउनुभयो । जनकपुरधामस्थित

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरू

काठमाडौं, १० वैशाख । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण पत्रबारे

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज, १० वैशाख । बाँकेमा एक २८ वर्षिय युवकसहित थप तीन जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पतालको कोभिड

सम्बन्धित

रेड कार्पेटमा बलिउडका ५ अभिनेत्री यस्तो गरे    

साहित्यकार अमरको “सोचें बाँच्ने आधार” गीत बजारमा

२०७८ सालमा यी राशिहरूको चम्किनेछ भाग्य, हेर्नुहोस् बार्षिक राशिफल

२०२० मा अधुरै रहेको विवाहलाई धेरै बलिउड सेलिब्रेटीले २०२१ मा पुरा गर्ने

आज अप्रिल फुल्स डे, यसरी सुरु भयो मूर्ख बनाउने चलन

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com