सेतो एप्रोन लगाएर बिरामीको उपचार गर्न हिंडेको छोरा देखेर आमाले दुनियांमा आंफुभन्दा भाग्यमानी अरुलाई देख्न सकिनन् । अनेक समस्याको बीच गांउमा पढेर पनि छोराले गरेको तरक्कीले आमाको मन ओझिलो बन्यो, आँखाको डिलबाट पानी बग्यो ।
खुसीले छचल्किएको आँशुका ढिकाहरुलाई उनले, सायद मोतीका दाना सम्झिन किनकी उनको छोरा डाक्टर बनेको थियो, उनी डाक्टरकी आमा । नौ महिना कोखीमा राखेर जन्माएको छोरो अझ गाउँमा सायद छोराको आमा बन्दानै उनीभित्र आधा संसार जितेको आभाष भएको थियो किनकी समाजमा छोरी जन्माउनेलाई भन्दा सम्मान र कदर छोरा जन्माउनेलाई थियो । अझ त्यति बेलाको जमाना, आमा आज रानी बनेकी थिइन । छोरा डाक्टर बनेको खुशीयालीमा आफुले जाने अनुसारको खानेकुरा उनले छिमेकीलाई समेत चखाउन भुलिनन् ।
छोराले डाक्टरी पढ्छु भन्दा उनले ओठ टोकिन, बल्ल बल्ल कमाएको पैसाको पोटली खोतल्दै आज उनले पैसा पनि गनिन् अनि बुढालाई भनिन चिन्ता नगर बुढा छोरो डाक्टर बन्छु भन्छ, मध्यसाँझ सम्म निद्रा नपरेर छटपटाइरहेका आफ्ना बुढालाई पोटलिको पैसा देखांउदै ढाडस पनि त दिइन । इमिलिको रुख मुनि बसेर सिगो जीवन नियाल्दै उनले आफ्ना सुनिएका खुट्टा हेर्न थालिन समयमै उपचार भएको भए पक्कै पनि सन्चो हुने थियो । साँच्चै जीवन अचम्मको यात्रा हो आमा अनेक कुरामा सचेत छिन ।
समाज सामाजिक मुल्य मान्यताहरुको बिचमा रहेर पनि जीवनको यो यात्रालाई सरल बनाउन उनले अनेक संघर्ष गरेकी छिन । आज छोरोले डाक्टर पढ्छु भन्दा उनी निदाउन सकिन् । खुशी ,रहर र चाहानाहरुलाई थिच्दै पैसाको आकार सम्झिन, उनलाई नोटहरु धेरै लागे उनले कल्पना गरिन ति नोटहरु भित्र जीवन सल्वलाउंदै गरेका साना साना नानीहरुको आकृति लुकेको थियो । अत्यासले च्यापिएका वृद्धहरु छट्पटिएका थिए जीवन माग्दै । साँच्चै बैद्यले धेरै गर्न नसकेपनि उनिहरुलाई बचाउन गरेको प्रयासमा आमा डुब्न थालिन हराउन थालिन अनि सम्झिन सेतो एप्रोनमा सजिएको आफ्नो छोराले गरेको प्रयास । धेरै बिरामीहरु यत्र तत्र छरिएर जीवनको भिख मागिरहेका थिए ।
उनीहरुका आफन्तमा छुट्टैखाले पीडा लुकेको थियो तर उनको छोरा हाँसिरहेको थियो उस्लाई विस्वास थियो मैले सबैलाई बचाउन सकिहाल्छु । पसिनाले निथ्रुक्क भिजुन्जेल उसले बिरामीको सेवा गरेको थियो, खाने फुर्सद पनि थिएन । अमरज्योती स्कुलको अगाडि उभिएका तमाम बिद्यार्थी मध्य सेतो एप्रोनमा तेज बत्तीजस्तै बलेको आफ्नो छोरालाई देखेर आमा एक्लै मुस्कुराईन अनि निर्णय लिइन छोरालाई साँच्चै डाक्टर नै बनाउछु भनेर अनि प्रण गरिन यसरीनै सायद उनी डाक्टर बने ।
आज पनि मानिसहरु डाक्टरलाई भगवान सम्झिन्छन । अनेक रोगहरु डाक्टरले छोएमात्र निको हुन्छ, डाक्टरको वरीपरी हुंदा धेरैका बिमार आफै निको हुन्छन । साँच्चै उपेन्द्र देवकोटा आम नेपालीका लागि भगवान नै थिए । उनले धेरैका शरीर चिरेर हेरेका छन, मान्छेको मृत्युलाई निकै नजिकबाट नियालेका पनि छन । जकेटमा चेन लगाए जस्तै शरिर चिरेर जोड्ने कुरा उनलाई सामान्य नै थियो ।
तर एउटा भगवान जस्ले धेरैलाई जीवन दियो आज त्यही भगवान जीवन र मृत्युसंग लडिरहेको छ । अचम्म छ दुनिया, यसैले गीतामा पनि भनिएको छ, जातस्य ही ध्रुबे मृत्यु अर्थात जन्म पछि मृत्यु अनिवार्य छ । यो सबैले जानेको कुरानै हो तर यति छोटो जीवनमापनि मान्छेहरु संधै संधै रहने गरी अनेक बखेंडा गर्छन । साँंच्चै आज उपेन्द्र देवकोटाको यो निको नहुने रोगले सिगो मुलुकलाई स्तब्ध बनेको छ । दुनियाको भगवानलाई लागेको निको नहुने रोगले साँच्चै मृत्युसंग भन्दा पनि रोगसग डराएका छन मान्छेहरु । आम मान्छेहरुको रोगलाई चुट्किमा सन्चो गराउने त्यही मान्छे रोगले थलिएको छ । त्यसैलेत मान्छेहरुको अगाडि अव उपेन्द्र देवकोटा बोल्न सक्नु पर्छ ।
मेडिकल क्षत्रको यो लामो कालखण्डमा उहाँंले देखेका भोगेका यहां भएका अनेक राम्रा नराम्रा पक्षहरुको बिषयमा । उपेन्द्र देवकोटाले धेरै गर्नु भएको छ ,मेडिकल क्षत्रमा उहाँले गरेको चमत्कारले धेरैले मृत्युको मुखबाट फर्केर नयाँ जीवन पाएका छन । ज्ञानेन्द्रकालमा उहाँ मन्त्री बन्दा कतिलाई राम्रो लाग्यो होला कतिलाई नराम्रो, मेडिकलमा मात्र हैन राजनीतिमा पनि पुर्णरुपमा दखल राख्ने जनताको भगवानले अव साँचो कुरा बोल्नै पर्ने हुन्छ ,पैसाले जीवन किन्न सकिंदैन भनेर ।
अनि भन्नुपर्ने हुन्छ, नेपालको राजनीति, देशको बागडोर समाएका नेताहरु, पद, पैसा आखिर मान्छेलाई चाहिने कति रै छ र , के को लागी ? आम जनताले भगवान मानेको उपेन्द्र देवकोटाले मेडिकल माफिया देखी राजनीति माफियाहरुलाई समेत जीवन, सामाजिक नियम मूल्य मान्यता र मुख्य रुपमा मानिसले जीवन र मृत्यु नबुझेर गर्ने छिनाझप्टीको बिषयमा के गर्न हुने र नहुने बोलिदिनुस ।
कहिल्यै मर्न नपर्ने गरी जनताको नाममा देश समाल्नेहरुले गर्ने काला धन्दाहरुको बिषयमा । सम्पत्तिको लागि, पद र पैसाको लागि अनि पैसाले खुसी किन्न हिंडेको आजको समाजको लागि । पैसाले जीवन किन्न सकिंदैन इमानको काम गर्नुस भनेर । किनकी तपाइले अनेक देख्नुभयो अनेक भोग्नु भयो आज आम नेपालीको चिन्ता र चासोको बिषय बन्नु भएको छ । तपाई जस्तो मान्छे जस्ले हरक्षण अरुलाई वचाउन प्रयत्न गर्नुभो तर आज तपाई आफै सन्चो नहुने रोगले थलिनु भएको छ ।
तपाईले कमाएको पैसाले तपाइलाई बचाउन सकेको भए सायद तपाइ यो रोग लाग्नै दिनुहुन्थेन । बुझाइदिनुस मेडिकल माफियाहरुलाई बुझाइदिनुस देश बनाउछौ भन्नेहरुलाई । बिद्यार्थी भर्नाको समयमा खुलेआम पैसाको बार्गेनिगं गर्न बस्ने डाक्टरहरुलाई ,जनताको सानो भन्दा सानो काम गर्दा पनि पैसा नभै नहुने राजनीति बिचौलियाहरुलाई । अनेक ठेक्का पट्टाबाट अरर्बौ रुपैयां पोल्टामा पार्दा पनि नअघाउने नेताहरुलाई । साँच्चै जीवन अमुल्य छ र पनि सबै मर्नु पर्छ कोही अजम्वरी छैन भनेर ।
कसैको भोगाइ र गराइको फेहरिस्तले समाज बदल्न सक्छ, उस्को गराइ र भोगाइको अनुशरणले सामाजिक परिवर्तन हुन सक्छ । त्यसैले जीवनको यो अन्तिम क्षणमा तंपाइ आफ्नो जीवनका हर गराइ र भोगाइहरु हामी समक्ष राखेर साँच्चै जीवन केहो ? र मानिसलाई चाहिने के र कति भन्ने बिषयमा बोलेर एक पटक फेरि अदृश्य भगवान बन्ने प्रयास गर्नुस ।
पद पैसाको अगाडि भावना झुकेको वर्तमानमा उपेन्द्र देवकोटाको गोर्खा देखी लन्डनसम्म र फेरि नेपाल सम्मको यात्राले दिएका सुख दुखका अनुभुतीहरुले दुनिया बदल्न निकै ठूलो मद्धत हुनेछ र आजसम्म उपेन्द्र देवकोटालाई देखेर भगवान मान्नेहरु भोली तपाइको मृत्यु पछि पनि तपाइलाई पुज्नेछन । पुज्ने ठुलो कुरा नहोला तर बुझ्ने निकै ठुलो कुरा हुनेछ ।
जव तपाइले बुझाउन सक्नुहुनेछ त्यो बुझाइले आम परिवर्तन ल्याउनेछ । त्यसैले जीवनका भोगाइ र गराइहरु सत्य तथ्य रुपमा हामी समक्ष पक्कै पनि राख्नुस डाक्टर साप ! यो समय तपाइ आफु कमजोर बनेर हैन देशको लागी एकपटक फेरि उदाउन थालेको सुर्य बनेर आम नेपाली सामु सदा सदा उदाइरहनुस ।
प्रतिक्रिया दिनुहोस्