ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धमाधम नयाँ विमान भित्र्याउँदै निजी वायु सेवा कम्पनी


admin

काठमाडौँ, २० वैशाख। आन्तरिक उडानमा रहेको निजी वायु सेवा कम्पनीले सुगम गन्तव्यमा उडाउने लक्ष्यका साथ ठूला छ विमान भित्र्याउन लागिपरेका छन् ।

निजी क्षेत्रका प्रतिष्ठित बुद्ध एयर, यति एयरलाइन्स, श्री एयर र सौर्य एयरलाइन्सले प्रतिष्पर्धी बजारमा उपस्थिति जनाइराख्न ठूला विमान ल्याउन लागेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर भद्रपुर, विराटनगर, जनकपुर, पोखरा, धनगढी, नेपालगञ्ज र भैरहवामा नियमित उडान गर्ने लक्ष्यका साथ ठूला जहाज ल्याउन लागिएको विमान सेवा प्रदायक कम्पनीले जानकारी दिएका छन् ।

धेरैजसो विमानस्थलमा रात्रिकालीन उडान तथा अवतरणको सुविधासमेत उपलब्ध भएको र त्यस्तो सुविधा नभएका विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक लगानी विस्तार गरेपछि निजी वायु सेवा प्रदायकले बजार विस्तारलाई आक्रामक बनाएका हुन् । प्रतिस्पर्धी बजारमा उपस्थिति जनाउन र सहज सेवा दिएर व्यवसाय गर्ने लक्ष्यका आधारमा ठूला तथा मझौला आकारका विमान भित्र्याउन उनीहरु लागिपरेका हुन् । हवाई सेवा तथा सुविधा खोज्ने यात्रुको संख्यामा समेत बढोत्तरी भएको र आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएकाले पनि निजी हवाई सेवा प्रदायक सेवा विस्तार गर्न लागिपरेका हुन् ।

केही दिनमै बुद्ध एयरले सुगम गन्तव्यमा उडान विस्तार गर्न नयाँ एटिआर विमान भित्र्याउने तयारी गरेको छ । आगामी जेठ अन्त्यसम्म बुद्धको नयाँ जहाज काठमाडौँ आइपुग्नेछ । बुद्धले ७२ सिट क्षमताको एटिआर–७२ जहाज भित्र्याउन लागेको छ । यस्तै निजी क्षेत्रको अर्को विमान सेवा कम्पनी यति एयरलाइन्सले आगामी असार अन्तिम साता नयाँ एटिआर विमान भित्र्याउने तयारी गरेको छ । यस्तै निकट भविष्यमा थप तीन एटिआर जहाज भित्र्याउने तयारी गरिएको छ ।

एटिआरका अन्य विमान जस्तै यसमा पनि फराकिला सिट र सामानका लागि पर्याप्त ठाउँ उपलब्ध हुनेछ । वातावरणीय तथा ध्वनि प्रदूषणको हिसाबले एटिआर जहाज निकै किफायती मानिन्छ । बुद्धसँग हाल १० विमान छन् जसमा ७२ सिट क्षमताका छ एटिआर, ४२ सिट क्षमताका तीन एटिआर र १८ सिट क्षमताका दुई बीचक्राफ्ट १९०० डी जहाज सञ्चालनमा छन् ।

यस्तै यता यति एयरलाइन्सले पनि झण्डै एक वर्षदेखि एटिआर ७२ विमानबाट सुगम गन्तव्यमा उडान भर्दै आएको छ । कूल ७२ सिटको उक्त विमान यति एयरलाइन्सले रु एक अर्बको लगानीमा खरिद गरेको हो । फ्रान्सको विमान निर्माता कम्पनी एटिआरमा निर्मित उक्त विमान सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग खरिद गरिएको यति एयरलाइन्सले जनाएको छ । यतिको नयाँ जहाज आएपछि सुगम गन्तव्यमा उडान थप भरपर्दो र प्रभावकारी बन्ने विश्वास लिइएको छ । यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले बजार विस्तार हुँदै गएको र प्रतिष्पर्धा बढेका कारण नयाँ ठूलो जहाज ल्याउन लागिएको जानकारी दिनुभयो ।

श्री एयरका बजार व्यवस्थापक अनिल मानन्धरले सुगम गन्तव्यको उडानका लागि निकट भविष्यमा नै एक ठूलो जहाज ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । सो विमान कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि समेत नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । प्राधिकरणले हालसम्म अनुमति भने दिइसकेको छैन ।

सौर्य एयरका प्रबन्ध निर्देशक गोपाल भट्टराईले नयाँ एक जहाज भित्र्याउन लागिएको जानकारी दिनुभयो । हाल सौर्य एयरसँग दुई जहाज छन् । बजार विस्तार गर्ने लक्ष्यका साथ नयाँ जहाज ल्याउन लागिएको उहाँको भनाइ छ ।

नेपाल वायु सेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्य ठूला विमानले हवाई यात्रामा यात्रुलाई सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । “ठूला जहाज ल्याइनु र सेवा दिइनु असाध्यै सुखद् विषय हो”, उहाँले भन्नुभयो, “प्रतिष्पर्धी बजारमा टिक्नका लागि पनि नयाँ र ठूला जहाज ल्याउनु जरुरी भइसकेको छ ।” सीता एयरका महाप्रबन्धकसमेत रहनुभएका आचार्यले आफ्नो कम्पनीसँग चार डोर्नियर जहाज सञ्चालनमा रहेको जानकारी दिनुभयो । तत्काल जहाज थप्ने योजनामा आफू नरहेको उहाँको भनाइ छ ।

वायु सेवा प्रदायकले धमाधम नयाँ ठूला विमान भित्र्याउन थालेपछि विमानस्थलमा जहाजको चाप पर्ने देखिएको छ । विमानस्थलमा बिसानस्थलको अभाव रहेको छ । विमानस्थल प्रशासनलाई सहज रुपमा जहाज उडान तथा अवतरणको व्यवस्था मिलाउन समेत हम्मेहम्मे पर्ने अवस्था आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले ठूला जहाज आउँदा सेवा विस्तारमा सहजता उपलब्धता हुने भए पनि बिसान तथा उडान अवतरणमा भने चाप पर्ने देखिएको बताउनुभयो ।

विमानस्थलमा साना तथा ठूला गरी ३० जहाज बिसान गर्न सकिन्छ । यस्तै अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्ने जहाज भने छ मात्रै बिसान गर्न सकिन्छ । नयाँ विमान थपिनेबित्तिकै बिसानस्थल उपलब्ध गराउन समस्या पर्ने देखिएको छ । नेपाल वायु सेवा निगमले हालै मात्रै चीनमा निर्मित कूल छ जहाज भित्र्याइसकेको छ । त्यसमा दुई एमए ६० र चार वाई १२ जहाज छन् । ती जहाज सुगम तथा दुर्गम गरी २३ गन्तव्यमा उडान गर्ने तयारी गरेको छ । त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानतर्फ हेलिकप्टरसहित २० वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com