ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धमाधम नयाँ विमान भित्र्याउँदै निजी वायु सेवा कम्पनी


admin
बैशाख २०, २०७५ बिहीबार  ६ : ५३ बजे

काठमाडौँ, २० वैशाख। आन्तरिक उडानमा रहेको निजी वायु सेवा कम्पनीले सुगम गन्तव्यमा उडाउने लक्ष्यका साथ ठूला छ विमान भित्र्याउन लागिपरेका छन् ।

निजी क्षेत्रका प्रतिष्ठित बुद्ध एयर, यति एयरलाइन्स, श्री एयर र सौर्य एयरलाइन्सले प्रतिष्पर्धी बजारमा उपस्थिति जनाइराख्न ठूला विमान ल्याउन लागेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर भद्रपुर, विराटनगर, जनकपुर, पोखरा, धनगढी, नेपालगञ्ज र भैरहवामा नियमित उडान गर्ने लक्ष्यका साथ ठूला जहाज ल्याउन लागिएको विमान सेवा प्रदायक कम्पनीले जानकारी दिएका छन् ।

धेरैजसो विमानस्थलमा रात्रिकालीन उडान तथा अवतरणको सुविधासमेत उपलब्ध भएको र त्यस्तो सुविधा नभएका विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक लगानी विस्तार गरेपछि निजी वायु सेवा प्रदायकले बजार विस्तारलाई आक्रामक बनाएका हुन् । प्रतिस्पर्धी बजारमा उपस्थिति जनाउन र सहज सेवा दिएर व्यवसाय गर्ने लक्ष्यका आधारमा ठूला तथा मझौला आकारका विमान भित्र्याउन उनीहरु लागिपरेका हुन् । हवाई सेवा तथा सुविधा खोज्ने यात्रुको संख्यामा समेत बढोत्तरी भएको र आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएकाले पनि निजी हवाई सेवा प्रदायक सेवा विस्तार गर्न लागिपरेका हुन् ।

केही दिनमै बुद्ध एयरले सुगम गन्तव्यमा उडान विस्तार गर्न नयाँ एटिआर विमान भित्र्याउने तयारी गरेको छ । आगामी जेठ अन्त्यसम्म बुद्धको नयाँ जहाज काठमाडौँ आइपुग्नेछ । बुद्धले ७२ सिट क्षमताको एटिआर–७२ जहाज भित्र्याउन लागेको छ । यस्तै निजी क्षेत्रको अर्को विमान सेवा कम्पनी यति एयरलाइन्सले आगामी असार अन्तिम साता नयाँ एटिआर विमान भित्र्याउने तयारी गरेको छ । यस्तै निकट भविष्यमा थप तीन एटिआर जहाज भित्र्याउने तयारी गरिएको छ ।

एटिआरका अन्य विमान जस्तै यसमा पनि फराकिला सिट र सामानका लागि पर्याप्त ठाउँ उपलब्ध हुनेछ । वातावरणीय तथा ध्वनि प्रदूषणको हिसाबले एटिआर जहाज निकै किफायती मानिन्छ । बुद्धसँग हाल १० विमान छन् जसमा ७२ सिट क्षमताका छ एटिआर, ४२ सिट क्षमताका तीन एटिआर र १८ सिट क्षमताका दुई बीचक्राफ्ट १९०० डी जहाज सञ्चालनमा छन् ।

यस्तै यता यति एयरलाइन्सले पनि झण्डै एक वर्षदेखि एटिआर ७२ विमानबाट सुगम गन्तव्यमा उडान भर्दै आएको छ । कूल ७२ सिटको उक्त विमान यति एयरलाइन्सले रु एक अर्बको लगानीमा खरिद गरेको हो । फ्रान्सको विमान निर्माता कम्पनी एटिआरमा निर्मित उक्त विमान सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग खरिद गरिएको यति एयरलाइन्सले जनाएको छ । यतिको नयाँ जहाज आएपछि सुगम गन्तव्यमा उडान थप भरपर्दो र प्रभावकारी बन्ने विश्वास लिइएको छ । यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले बजार विस्तार हुँदै गएको र प्रतिष्पर्धा बढेका कारण नयाँ ठूलो जहाज ल्याउन लागिएको जानकारी दिनुभयो ।

श्री एयरका बजार व्यवस्थापक अनिल मानन्धरले सुगम गन्तव्यको उडानका लागि निकट भविष्यमा नै एक ठूलो जहाज ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । सो विमान कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि समेत नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । प्राधिकरणले हालसम्म अनुमति भने दिइसकेको छैन ।

सौर्य एयरका प्रबन्ध निर्देशक गोपाल भट्टराईले नयाँ एक जहाज भित्र्याउन लागिएको जानकारी दिनुभयो । हाल सौर्य एयरसँग दुई जहाज छन् । बजार विस्तार गर्ने लक्ष्यका साथ नयाँ जहाज ल्याउन लागिएको उहाँको भनाइ छ ।

नेपाल वायु सेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्य ठूला विमानले हवाई यात्रामा यात्रुलाई सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । “ठूला जहाज ल्याइनु र सेवा दिइनु असाध्यै सुखद् विषय हो”, उहाँले भन्नुभयो, “प्रतिष्पर्धी बजारमा टिक्नका लागि पनि नयाँ र ठूला जहाज ल्याउनु जरुरी भइसकेको छ ।” सीता एयरका महाप्रबन्धकसमेत रहनुभएका आचार्यले आफ्नो कम्पनीसँग चार डोर्नियर जहाज सञ्चालनमा रहेको जानकारी दिनुभयो । तत्काल जहाज थप्ने योजनामा आफू नरहेको उहाँको भनाइ छ ।

वायु सेवा प्रदायकले धमाधम नयाँ ठूला विमान भित्र्याउन थालेपछि विमानस्थलमा जहाजको चाप पर्ने देखिएको छ । विमानस्थलमा बिसानस्थलको अभाव रहेको छ । विमानस्थल प्रशासनलाई सहज रुपमा जहाज उडान तथा अवतरणको व्यवस्था मिलाउन समेत हम्मेहम्मे पर्ने अवस्था आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले ठूला जहाज आउँदा सेवा विस्तारमा सहजता उपलब्धता हुने भए पनि बिसान तथा उडान अवतरणमा भने चाप पर्ने देखिएको बताउनुभयो ।

विमानस्थलमा साना तथा ठूला गरी ३० जहाज बिसान गर्न सकिन्छ । यस्तै अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्ने जहाज भने छ मात्रै बिसान गर्न सकिन्छ । नयाँ विमान थपिनेबित्तिकै बिसानस्थल उपलब्ध गराउन समस्या पर्ने देखिएको छ । नेपाल वायु सेवा निगमले हालै मात्रै चीनमा निर्मित कूल छ जहाज भित्र्याइसकेको छ । त्यसमा दुई एमए ६० र चार वाई १२ जहाज छन् । ती जहाज सुगम तथा दुर्गम गरी २३ गन्तव्यमा उडान गर्ने तयारी गरेको छ । त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानतर्फ हेलिकप्टरसहित २० वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी सहुलियतहरू कसरी चुपचाप चिनियाँ प्रभावमा परिणत हुँदैछन्

’लालटिन’ बालेर विरोध प्रदर्शन ः डा. मुक्ति प्रधान, पूर्व महान्यायाधिवक्ता , भिडियो

सम्बन्धित

अर्थ समितिले आ.व.२०८३/८४ को बजेट तर्जुमाका विषयमा विज्ञहरूसँग परामर्श लिने

शहरी विकास विभागका महानिर्देशक बोहोराले निर्माण व्यवसायीलाई भने– मूल्यवृद्धिलाई सम्बोधन हुन्छ, काममा फर्कनुहोस्

निर्माण व्यवसायीमाथि सरकारले अमानवीय व्यवहार गर्‍योः महासचिव घिमिरे

के कर्पोरेट अमेरिकाले लोकतन्त्रको रक्षा गर्न सक्छ ?

केही सिमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ गर्दै जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेः अर्थमन्त्री वाग्ले

७ प्रतिशत आर्थिक वृद्धि : लक्ष्य ठूलो, चुनौती अझ ठूलो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com