ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विरोध स्वरुप कपडा उतारिन यी नायिकाले


admin
बैशाख १८, २०७५ मंगलबार  ६ : ३१ बजे


एजेन्सी, १८ वैशाख । हिन्दी फिल्म बेगम जानमा एक दृश्य छ, जँहा यूवाहरुको समुहले एक यूवतीलाई अनैतिक कार्य गर्नको लागि लखेट्दै जान्छन् र एक वृद्धा वचाव गर्न बिचमा आएर ती यूवाको सामु मौन विरोध स्वरुप आफ्नो कपडा उतार्छिन । बलात्कार र महिलाप्रति पुरुषको दृष्टिकोणको प्रतिकार स्वरुप नबोलिकनै धेरै बोलेको छ यो दृश्यले । यो त भयो रिलको कुरा, तर रियल लाईफमा पनि यस्तै भएको छ । भारतिय चलचित्रकी एक नायिका सार्वजनिक स्थलमा यौन उत्पीडन विरुद्ध आफ्नो कपडा उतारेकी छिन् । उनी हुन् भारतीय तेलुगू अभिनेत्री श्रीरेड्डी मल्लिडी ।

तेलुगू फिल्म उद्योगमा कथित यौन उत्पीडनबिरुद्ध आफ्नो विरोध जनाउँदै पछिल्लो हप्ता हैदराबादको फिल्म नगरमा मूभी आर्टिस्ट एसोसिएशनका अगाडी श्रीरेड्डीले आफ्नो कपडा उतारेकी थिइन् ।

श्रीरेड्डीका अनुसार आफ्नो कुरा सुनाउन र सरकारसँग आफ्नो मागबारे जवाफ लिन उनीसँग यो मात्र विकल्प बाँकी थियो । उनको भनाई थियो, ‘आफ्नो लडाईंमा म बेसहारा हुँ किनभने मेरो दुःख कसैलाई देखाइदिँदैन । जसको कारण म यत्रो ठूलो कदम उठाउन बाध्य भएँ र सार्वजनिक रुपमा कपडा उतारेँ ।’

त्यसैमा थप्दै अझ उनले प्रश्न गरिन, ‘जब फिल्मी दुनियाँका मानिसहरु मलाई मेरो नग्न तस्विर र भिडियो पठाउन भन्छन् भने म सार्वजनिक रुपमा कपडा किन नउतारुँ ?’

धेरैले उनको यो कदमलाई सस्तो लोकप्रियताको कदम ठानेका छन् । श्रीरेड्डीलाई यदि कुनै समस्या थियो भने किन उनी प्रहरीमा गईनन् उनीहरुको तर्क छ ।

को हुन् श्रीरेड्डी मल्लिडी

श्रीरेड्डीले आफ्नो करियर एक स्थानीय टिभी च्यानलमा प्रस्तोताको रुपमा गरेकी थिइन् । पाँच वर्षपछि उनी फिल्ममा काम गर्न थालिन् । केही तेलुगू चलचित्रमा उनले सानोतिनो भूमिकामा उनी देखिएकी थिइन् ।

तर, यस घटनापछि उनी एकाएक चर्चामा आएकी छिन् । उनले हालसम्म यौनउत्पीडनको कुनै प्रमाण पेश गरेकी छैनन् न त उनी प्रहरीमा उजुरी गर्न चाहन्छिन् ।

यसबाट प्रश्न उठ्छ, के उनले यस्तो हरकत मानिसहरुको ध्यान आफ्नो तर्फ तान्न र लोकप्रियताका लागि त गरेकी होइनन् ?

के मिडियाले उनलाई सस्तो लोकप्रियताको लागि उक्साएको हो ?

उनले यो दुवै आरोपको खण्डन गरेकी छिन् ।

‘म तिमीलाई रोल दिन्छु, बदलमा म के पाउँछु’

तेलुगू फिल्म उद्योग यानी टलीवुड हिन्दी र तमिल फिल्म उद्योगपछिको सबैभन्दा ठूलो फिल्म उद्योग हो ।

केन्द्रीय फिल्म प्रमाणन बोर्डको वार्षिक रिपोर्टका अनुसार सन् २०१५–१६ मा तेलुगू सिनेमामा २६९ चलचित्र बने ।

‘कास्टिङ काउच’ ठूलो मुद्दा हो तर अकसर यसलाई लुकाइन्छ र फिल्म क्षेत्रका मानिसहरु खुलेर यो विषयमा कुरा गर्न चाहँदैनन् ।

सन् २०१७ मा बिबिसीसँग एक अन्तर्वार्तामा तेलुगू फिल्म अभिनेत्री माधवी लताले उद्योगमा यौनउत्पीडन अभिनेता तथा अभिनेत्रीहरुसँग एक प्रश्नबाट शुरु हुन्छ – ‘यदी हामीले तपाईंलाई रोल दियौँ भने बदलामा हामीले के पाउँछौँ ।’

एक गीतकारले पनि यस्तो खतरनाक माग पुरुष मात्र नभएर महिलाबाट हुने गरेको अश्चर्यजनक खुलासा गरे । आफ्नो निजी अनुभव सुनाउँदै उनले एक निर्माताको पत्नीले ‘सेक्सुअल फेबर’ माग गरेको सुनाएका थिए ।

हलिउडमा पनि हार्वी वाइन्स्टीनविरुद्ध आरोप बाहिर आएको थियो र सबैभन्दा पहिले न्युयोर्क टाइम्सको एक लेखबाट यसबारे पत्ता लागेको थियो । त्यसपछि लगातार रुपमा कयौँ महिलाहरु बाहिर आए र वाइन्स्टीनविरुद्ध यौन उत्पीडनको आरोप लगाए । तर, उनले आरोपहरु अस्वीकार गर्छन् ।

श्रीरेड्डीको तरिका सही या गलत ?

उनको यो कदमपछि श्रीरेड्डीलाई मुभी आर्टिस्टस एसोसिएशनले प्रतिबन्धित गरेको छ ।

संगठनका अध्यक्ष शिवाजी राजाले बिबिसीसँग कुरा गर्दै उनलाई गलत व्यवहारको आधारमा प्रतिबन्ध गरिएको हो । उनको प्रश्न छ, ‘श्रीरेड्डीले प्रहरीमा किन उजुरी गरिनन् ?’ श्रीरेड्डीले प्रचारको लागि बिना कुनै प्रमाण कुरा गरिरहेकी छिन् ।

तेलुगू फिल्म निर्माता दग्गुबत्ती सुरेश बाबूले श्रीरेड्डीले जुन तरिकाले आफ्नो असहमति जाहेर गरिन्, त्यसले भारतका सबै महिलाको अपमान गरेको छ ।

मुभी आर्टिस्ट एसोसिएशनको सदस्याको मागबाहेक श्रीरेड्डीले सरकारले फिल्म स्टुडियो बन्द गर्नुपर्ने बताएकी छिन् । उनको आरोप छ त्यहाँ अवैद्य गतिविधि हुन्छ र उनको कथित रुपमा बलात्कार पनि त्यहीँ भएको थियो ।

श्रीरेड्डी प्रकरणमा हालसम्म मिश्रित प्रतिक्रिया आएको छ ।

महिला अधिकारका लागि काम गर्ने संस्था महिला चेतनाकी सचिव कट्टी पध्मा भन्छिन्, ‘फिल्म उद्योगमा यौन उत्पीडन व्याप्त छ । तर, उनले जुन कदम उठाइन् त्यसैको कारण उनको साथ खडा हुन सकिँदैन ।’

केही मानिसहरुले सामाजिक सञ्जालमा श्रीरेड्डीको समर्थन जताएका छन् । उनी सही या गलत जे भए पनि श्रीरेड्डीको विरोधपछि फिल्म उद्योगमा यौन उत्पीडनको मुद्दा फेरि चर्चामा आएको छ ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुशासनको डंका पिट्नेहरू नै सम्पत्ति लुकाउँदैछन्:शंकर पोखरेल

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com