काठमाडौं, १८ वैशाख । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक-दुई दिनमै पार्टी एकता टुंगिने बताएका छन् । उनले सम्भव भएसम्म मे ५ अर्थात वैशाख २२ मा कार्ल मार्क्सको द्वीशतवार्षिकीमा पार्टी एकताको घोषणा हुने बताएका छन्।
श्रमिक दिवशका अवसरमा आठ ट्रेड युनियनहरुले संयुक्त रुपमा आयोजित कार्यक्रममा प्रचण्डले सो कुरा बताउदै भने, ‘पछाडि हट्ने तथ कल्पना नै नगर्नुस्, हामी अघि बढिसक्यौं । एक दुई दिनमै अन्तिम रुप दिन्छौं ।’
उनले संसारको अग्लो चुचुरोबाट विश्व कम्युनिष्ट आन्दोलनको एकताको सन्देश दिने घोषणा हुने बताए।
संविधानमा नै समाजवाद उन्मुख भनेर लेखेको जनाउँदै त्यसलाई सामान्य कुरा नभएको बताए। यसलाई व्यवहारमा कार्यान्वयनमा ल्याउनुपर्ने चुनौती रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्