ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फस्टाउँदै सामूहिक पशुपालन


admin
बैशाख १८, २०७५ मंगलबार  २ : ३६ बजे

स्याङ्जा, १८ वैशाख ।  यहाँका युवा सामूहिक पशुपालनतर्फ आकर्षित भएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–११ गल्कोटका छ युवाले सामूहिक रुपमा पशुपालन व्यवसाय गरेका हुन् ।

उनीहरुले सोही नगरपालिकाको वडा नं ७ छामबोटमा भण्डारी कृषि तथा पशुपालन फार्म दर्ता गरी सञ्चालन गरेका छन् ।

“छजनाले रु १५ लाखका दरले रु ९० लाख र गल्याङ नगरपालिकाले थप रु १५ लाख अनुदान दिएको थियो” फार्म सञ्चालक कृष्ण भण्डारीले भन्नुभयो, “कूल रु एक करोड पाँच लाखको लगानीमा फार्म सञ्चालन गरेका छौँ ।”

दुई सय ५० रोपनी क्षेत्रफल जग्गामा पशु तथा कृषि फार्म सञ्चालनमा आएको छ । अहिले फार्ममा होलिस्टन जातका छ वटा दुहुना गाई र छ वटा दुहुना मुर्रा भैँसी छन् । “गाई र भैँसीको गरी अहिले दैनिक झण्डै २०० लिटर दूध उत्पादन भइरहेको छ”, फार्म सञ्चालक हिमलाल भण्डारीले भन्नुभयो, “हामीले दूध उत्पादन गर्न सकेमात्रै हुन्छ, बिक्रीका लागि बजारको कुनै समस्या छैन ।”

फार्ममा उत्पादन भएको दूध दिनहुँ फार्म नजिकै गल्याङ बजारमा रहेको साना किसान दुग्ध संकलन तथा बिक्री केन्द्रमा बिक्री हुने गरेको छ । दूध बिक्रीबाट मात्रै मासिक साढे तीन लाखभन्दा बढी आम्दानी हुने गरेको फार्मले जनाएको छ ।

“बढ्दो आधुनिक प्रविधिको विकाससँगै हामी पनि परम्परागत प्रणालीभन्दा माथि उठेर सामूहिक रुपमा व्यावसायिक पशु तथा कृषि पेशामा लागेका छौँ”, फार्म सञ्चालकमध्येकै फर्शुराम भण्डारीले भन्नुभयो, “यस ठाउँमा पानीको प्रशस्त सुविधा रहेकाले पशुसँगै खाली रहेको जग्गामा व्यावसायिक रुपमै तरकारी खेती सञ्चालन गरेका छौँ ।”

पछिल्लो समय युवा वैदेशिक रोजगारीलाई प्रमुख क्षेत्र मानिरहेका बेला आफ्नै भूमिमा पसिना बगाउन सके विदेशमा कमाइ हुने धन स्वदेशमै कमाइ हुने भएकाले आफूहरु यो पेशाबाट सन्तुष्ट रहेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com