आन्तरिक एयरपोर्टको टुङ्गो १५ दिनभित्र

काठमाडौं, १७ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिकको समस्या भएपछि आन्तरिक एयरपोर्टलाई काठमाडौं उपत्यकाबाहिर सार्ने तयारी भएको छ । त्यसैको स्थलगत अनुगमन एवम् निरीक्षणका लागि मन्त्री अधिकारीले काभ्रे पुगेका छन् ।

१५ दिनभित्र लाग्ने आन्तरिक एयरपोर्टको टुङ्गो लाग्ने भएको छ । एयरपोर्ट खोज्न काभ्रेपलान्चोक पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले दुई दिनभित्र विज्ञ समूह गठन गरी १५ दिनभित्र त्यसले रिपोर्ट सार्वजनिक गर्ने जानकारी दिए । काभ्रेको नाँगीडाँडा, ठूलीचौर र चिसापानीमा स्थलगत अध्ययनका लागि मन्त्री अधिकारी पुगेका थिए ।

स्थलगत अनुगमनमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान), त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख एवम् प्रतिनिधिको सहभागिता छ । मन्त्री अधिकारीले काभ्रेका सरोकारवाला निकायसँग पनि छलफल गरेका छन् ।