ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

को-को छन् कांग्रेसमा पदाधिकारीको आकांक्षी ?


admin

काठमाडौं, १७ वैशाख । निर्वाचन समीक्षालाई लिएर चर्केको विवाद सुल्झन नपाउँदै कांग्रेसमा पदाधिकारी मनोनयनको विवाद थपिएको छ । सोमबार पदाधिकारी मनोनित गर्न डाकिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विरोधपछि वैशाख २१ गतेका लागि सरेको छ ।

पदाधिकारी मनोनयन गर्न सभापति शेरबहादुर देउवाले सोमबार निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक डाकेका थिए ।

तर वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले सहमति र विधानविपरीत पदाधिकारी मनोनयन प्रस्ताव गर्न लागिएको भन्दै बहिष्कार गर्ने चेतावनी दिएपछि देउवाले २१ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

विधानअनुसार सभापतिले निर्वाचित कार्यसमितिमा पदाधिकारी मनोनयन प्रस्ताव गर्नुपर्ने व्यवस्था छ । विधानको दफा ४९ को विविध खण्डको १९ नम्बरमा ‘पार्टीको सबै तहमा गठन गर्ने भनिएका विभाग,समिति,विभिन्न निकाय महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने’ व्यवस्था छ ।

देउवा १३ औं महाधिवेशनबाट सभापति निर्वाचित भएको दुई वर्ष डेढ महिना बितेको छ । उनले विधानको उक्त व्यवस्था निलम्बन वा संशोधन नगरीकनै पदाधिकारी मनोनयन प्रस्ताव अघि बढाउन लागेपछि विवाद चुलिएको हो । सहमति जुटाउन समय आवश्यक पर्ने भन्दै बैठक सारिएको नेताहरुले बताएका छन्।

पदाधिकारीको लागि देउवा र पौडेल दुबै पक्षका दर्जन बढी नेता आकांक्षी छन्।

उपसभापतिमा नेता विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ आकांक्षी छन्। महामन्त्रीमा बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र पूर्णबहादुर खड्का आकांक्षी छन्। यी सबै देउवा पक्षका हुन्।

यस्तै सहमहामन्त्रीमा देउवा पक्षका प्रकाशशरण महत र मानबहादुर विश्वकर्मा आकांक्षी छन्।

पौडेल तथा सिटौला पक्षका नेताहरू पनि पदाधिकारीमा दाबी गरिरहेका छन्। नेताहरु महेश आचार्य, दीलेन्द्रप्रसाद बडु र नवीन्द्रराज जोशीले पदाधिकारी हुन आकांक्षा देखाएका छन्। तर उनीहरु कुन पदमा रहेर काम गर्न चाहन्छन् भन्ने चर्चामा आएको छैन।

चुनावको संघारमा लोकतान्त्रिक फोरमलाई कांग्रेसमा मिसाएका गच्छदारलाई यसअघि नै सभापति देउवाले संसदीय दलको उपनेता बनाइसकेका छन्। गच्छदारको उपसभापतिमा दाबी छ।

विधानले तोकेभन्दा बढी संख्यामा रहेका संसदीय तथा कार्यसम्पादन समिति विघटन गरिएको उल्लेख गर्दै नेता नवीन्द्रराज जोशीले विधानअनुसार नै पदाधिकारी गठन गरिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com