ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

दुई देशको पहिलो संयुक्त सैन्य अभ्यास


admin

काठमाडौं, १६ वैशाख । दुई देश स्वतन्त्र भएपछि भारत र पाकिस्तानले पहिलो पटक संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।

आउँदो सेप्टेम्बरमा रसियामा हुने अन्तरदेशीय प्रतिआतंकवाद अभ्यासमा भारत र पाकिस्तानले संयुक्त सैन्य अभ्यास गर्न लागेका हुन् ।

भारतीय रक्षा मन्त्री निर्मला सिथारमनले भारतीय समाचार संस्था पीटीआईसँग यो कुराको पुष्टि गरेकी छन् ।

सांघाइ कोपरेसन अर्गनाइजेसन (ओएससीओ) ले आयोजना गरेको उक्त संयुक्त सैन्य अभ्यासमा चीनसहित एससीओका सदस्य राष्ट्र सहभागी हुनेछन् । सांघाइ कोअपरेसन अर्गनाइजेसन (एससीओ) का सदस्य राष्ट्रको आतंकवाद विरुद्धको सहकार्य अभिवृद्धि गर्नको लागि सो कार्यक्रमको आयोजना हुन लागेको हो ।

भारत र पाकिस्तानका सैनिकहरुले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा सँगै काम गरे पनि यी दुई राष्ट्रहरु स्वतन्त्र भएपछि संयुक्त सैन्य अभ्यास हुन लागेको यो पहिलो पटक हो ।

यो सैन्य अभ्यास रसियाको युराल पर्वतमा हुने सम्भावना छ । सांघाइ कोअपरेसन अर्गनाइजेसनको स्थापना सन् २००१ मा भएको हो । र, हाल यसको अध्यक्षता रसियाले गरेको छ ।

उक्त कार्यक्रममा भारत र चीनबीच रोकिएको द्विपक्षीय सैन्य अभ्यास पनि नियमित हुने अनुमान गरिएको छ । जुन गत वर्ष डोकलाम घटनापछि रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटारको बालुवामा तेल छैन जति पेले पनि तेल निस्किने अवस्था छैन – नेता नेपाल

काठमाडौं, १० वैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी एकता जोगाउन कठिन भएको बताउनुभयो । जनकपुरधामस्थित

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरू

काठमाडौं, १० वैशाख । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण पत्रबारे

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज, १० वैशाख । बाँकेमा एक २८ वर्षिय युवकसहित थप तीन जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पतालको कोभिड

सम्बन्धित

बालुवाटारको बालुवामा तेल छैन जति पेले पनि तेल निस्किने अवस्था छैन – नेता नेपाल

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरू

कोरोना भाइरसः रुघाले मानव शरीरका कोषबाट कोभिड गराउने विषाणुलाई गलहत्याइदिन्छ

विश्वभर कोरोना संक्रमितको संख्या १४ करोड ५३ लाख नाघ्यो : २४ घण्टामा १३ हजार ३८८ जनाको मृत्यु

कोरोना संक्रमणमा नयाँ रेकर्ड : एकैदिन ३ लाख ३२ हजारमा संक्रमण : २२५६ को मृत्यु

एमाले केन्द्रीय कमिटीको बैठक आज ११ बजे बालुवाटारमा बस्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com