ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुनर्वासको विवाद : नेपाल–भारत संयुक्त सर्वे टोलीले हल गर्ने


एबीसी न्यूज

भीमदत्तनगर, १६ वैशाख ।   विद्युतीय तार जडानमा अवरोध गरेको विषयलाई लिएर उत्पन्न विवाद नेपाल–भारत संयुक्त सर्वे टोलीले टुंगो लगाउने सहमति भएको छ ।

जंगली जनावर गाउँ पस्न नदिनका लागि गत बिहीबार कञ्चनपुर पुनर्वास नगरपालिका–९ बिचफाँटाका स्थानीवासीले विद्युतीय तारवार लगाइरहेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले हस्तक्षेप गर्दै काम रोकेपछि विवाद भएको थियो ।

उक्त विवाद नेपाल–भारत संयुक्त सर्वे टोलीले समाधान गर्ने विषयमा नेपाल–भारतका स्थानीय अधिकारीबीच सहमति भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो । सर्वे टोली विगत केही मिहनायता कञ्चनपुर\कैलालीकै सीमा क्षेत्रमा खटिएको छ ।

“अहिले संयुक्त सर्वे टिम कैलालीको सीमा क्षेत्रमा काम गरिरहेको छ ।” प्रजिअ खड्काले भन्नुभयो– “पुनर्वासको विवादको विषय टुंग्याउन सर्वे टोलीलाई निर्देशन भइसकेको छ ।”

भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावर नियन्त्रण गर्न बिचफाँटामा यसअघि करीब दुई हजार ९०० मिटर तार जडान गरिसकिएको छ ।

“यसअघि दुवै देशबीच भएको मौखिक सहमतिअनुसार तारबार लगाएको रहेछ ।” इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक दलराम टमाटाले भन्नुभयो, “अब ३०० मिटर मात्रै बाँकी रहेका बेला एसएसबीले तारबार गर्ने ठाउँ नेपाल–भारत दशगजामा पर्ने दाबीसहित रोकेको छ ।” तर बिचफाँटाका स्थानीयले यसअघि पनि पटक\पटक भारतीय पक्षबाट सीमा अतिक्रमण हुँदै आएको दाबी गर्दै भारतको दाबी गलत भएको बताउँदै आएका छन् ।

स्थानीयका अनुसार नेपाल–भारत सीमा स्तम्भ १९१ देखि १९४ सम्म नेपाली पक्षले आफ्नै भू–भागमा लगाउँदै आएका थिए । सोही क्षेत्रमा रहेको प्यारातालको विषय पनि लामो समयदेखि विवादित रहँदै आएको छ । दुधुवा राष्ट्रिय निकुञ्जबाट हरेक वर्ष जंगली जनावर नेपाल प्रवेश गरेर धनजनको ठूलो क्षति पु¥याउँदै आएका छन् ।

एसएसबीको ३९ औँ बटालियनअन्तर्गत घोला क्याम्पबाट आएका भारतीय सीमा सुरक्षा बलको टोलीले नेपाली पक्षले लगाएको तारबार निकालेर फालेपछि केहीबेर समस्या भएको थियो ।

उक्त बटालियनको टोली भर्खरै त्यहाँ नयाँ आएको समेत बुझिएको छ । वडा कार्यालयबाट समेत  छ लाख रकम तारबारका लागि विनियोजन गरिएको छ । गत वर्ष पुनर्वास नगरपालिकामै सीमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर गोविन्द गौतमले शहादत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com