ललितपुर, १५ वैशाख । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम नै पार्टी एकतामा भएको ढिलाईप्रति असन्तुष्ट देखिनुभएको छ । पार्टी एकताका लागि दुवै पार्टीका अध्यक्षलाई दिइएको जिम्मेवारी पूरा हुन नसकेको भन्दै नेता गौतमले असन्तुष्टी जनाउनुभएको हो ।
पछिल्लो समय पार्टी एकताका लागि बनेको समन्वय समितिले पार्टी एकताको अन्तिम टुंगो लगाउने जिम्ममा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । तर, अहिलेसम्म पनि एकताका लागि सहमति गर्न नसकेकोमा नेता गौतमको आक्रोस थियो ।
एमाले र माओवादी केन्द्रका काठमाडौं–सिन्धुली सम्पक मञ्चले आज गोदावरीमा गरेको वनभोज कार्यक्रममा बोल्दै गौतमले एकता घोषणामा कुनै कुरा बाधक बन्न नहुने बताउनुभयो ।
हेर्नुहोस पूरा भिडियो–
प्रतिक्रिया दिनुहोस्