ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन डिप्रेशनमा पुगे कपिल शर्मा


एबीसी न्यूज

एजेन्सी – वर्षौंसम्म कमेडी माध्यमद्वारा जनजनको मनमा बास गर्न सफल कपिल शर्मा हिजोआज एउटा फरक युद्ध लडिरहेका छन् ।

एक बेला सफलताको शिखरमा पुगेका यी कलाकार हिजोआज विवादको घेरामा परिरहेका छन् । विगत दुई सातामा उनका दुई टिभी शो बन्द भएका छन् ।

जुन कलाकारको साथ पाएर उनी कमेडी दुनियाँमा छाएका थिए ती अधिकांश अहिले उनीबाट टाढा भएका छन् । एक पत्रकारसँगको उनको झगडाको विषय प्रहरीसम्म पुगेको छ । र उनी मानसिक रोगसँग नराम्रोसँग जुध्न बाध्य छन् ।

बलिउड स्टार हुन् वा क्रिकेटका हस्ती एक समय उनको शोमा आउन सबै लालायित रहन्थे । उनको टिभी शोको टिआरपीले आकाश चुमेको थियो ।

अभिनयको दुनियाँमा उनको भाग्य उदाइरहेको थियो । त्यस्तो के भयो आखिर अहिले कपिल शर्मा एकाएक गुमनाम हुँदै गएका छन् ? उनको परिचय नराम्रो बन्दै गएको छ र कार्यक्रमहरु बन्द भएका छन् ।

उनका साथी कलाकारहरुका उनीबारे फरक फरक धारणा छन् । कोही भन्दैछन्, कपिलले जे रोपेका थिए त्यही फल्दैछ । कोही भन्दैछन् कपिलका नराम्रा दिन सुरु भएका छन् र सबैका जीवनमा यस्तो उतार चढाव हुन्छ ।

कपिल शर्माको कमेडी शोमा बुआको भूमिकामा देखिने उपासना सिंह भन्छिन्, ‘फिल्म उद्योगमा प्रत्येक कलाकारको फेज हुन्छ । एक बेला उसँग धेरै काम आउँछ । अर्को समय कामबिहीन पनि हुन्छ ।’

सफलता धेरै विवाद लिएर पनि आउँछ । जानकारहरु भन्छन् कपिल त्यतिबेला धेरै अप्ठ्यारोमा परे जतिबेला गत वर्ष सुनिल ग्रोवरसँग उनको झगडा भयो ।

सुनिलसँगै धेरै कलाकार उनको साथबाट अलग भए । कपिलले सायद यो सोचेका थिएनन् कि सुनिलसँगको झगडाको मूल्य यो हदसम्म हुनेछ ।

सुनिल ग्रोवर तथा अरु कलाकारले शो छोडेपछि कपिलले सोनी टिभीको आफ्नो कार्यक्रम द कपिल शर्मा शोमा धेरै प्रयोग गरे । तर ती कुनै सफल हुन सकेनन् ।

त्यतिबेला कपिल शर्माको फिल्म फिरंगी आउनेवाला थियो । उनलाई फिल्मले राम्रो गर्ला भन्ने ठूलो भरोसा थियो । फिल्मले नयाँ इतिहास रच्नेछ र आलोचकलाई जवाफ दिनेछ भन्ने उनको आशा थियो । तर त्यस्तो भएन ।

कपिलको फिल्म फ्लप भयो र शोबाट विदा लिने उनको रणनीति पनि गलत सावित भयो । दोस्रो पटक शो लिएर आउँदा उनी टिभीमा देखिएनन् । त्यसपछि पत्रकारसँग झगडा एवं गालीगलौज तथा विवाद सुरु भए । अहिलेसम्म आउँदा शो बन्द भइसकेको छ ।

कपिल शर्माको मानसिक स्वास्थ्य ठिक नभएको कतिपयको बुझाइ छ । उपासना सिंहको भनाइमा उनी डिप्रेसनमा परेका छन् । ‘कपिललाई फिल्म फ्लप भयो । शो पनि पहिला जस्तो हिट भएन ।

त्यसपछि झैझगडा सुरु भयो । उनी प्रेसरमा आए । सबै विषयलाई सम्हाल्न सकेनन् । उनी शारीरिक तथा मानसिक हैरानीमा छन् । उनी डिप्रेसनमा गएका छन्’, उनी भन्छिन् ।

कपिललाई आफ्नो भाइ मान्ने उपसनाका अनुसार उनी खुला हृदयका मानिस हुन् । ‘कपिल मध्यमवर्गीय परिवारबाट आएका हुन् । उनको एउटा यस्तो विशेषता छ कि उनले सबैको ख्याल गर्छन् ।

मनका सफा छन् । जे उनको मनमा हुन्छ भनिदिन्छन् । उनलाई रिस, थकाई लुकाउन आउँदैन् । यसैले गर्दा उनी धेरै ठूलो समस्यामा परेका हुन् । उनी मान्छे हुन् भगवान् होइनन्’, उनले भने ।

लाफ्टर च्यालेन्जदेखि कपिलका मित्र रहेका सुनिल पउल उनलाई दिलादार व्यक्ति ठान्छन् । कपिललाई विवादमा तान्नु षड्यन्त्रपूर्ण भएको उनको ठम्याई छ ।

सुगन्धा मिश्र कपिल शर्मा शोको एक मुख्य पात्र हुन् । एउटै कलेजमा पढेका उनीहरुमध्ये कपिल सिनियर हुन् । जब लाफ्टर च्यालेन्जको चौथो सिजनमा महिला प्रतियोगीको खोजी भयो त्यतिबेला कपिलले सुगन्धा मिश्राको नाम सिफारिश गरे ।

सुगन्धाको परिवार उनलाई मुम्बई पठाउन राजी थिएन । त्यतिबेला कपिलले उनको परिवारलाई सम्झाए तथा विश्वास दिलाए। त्यसपछि मात्र सुगन्धा मुम्बई पुग्न सकिन् ।

अहिले उनी कपिलको सम्पर्कमा छैनन् । उनले स्पष्ट पारिन् व्यक्तिगत रुपमा कपिलसँग केही रिसराग छैन । कपिललाई दाई मान्ने उनी अहिले सुनिल ग्रोवरसँग नयाँ शो दे दना दनमा काम गरिरहेकी छिन् । यदि कपिलले शोमा बोलाए आफू जाने उनी बताउँछिन् ।

लामो समयसम्म कपिल शर्माको प्रबन्धक रहेकी प्रीति सिमोन भन्छिन्, ‘एक व्यक्ति जो नम्बर वान पोजिसनमा थियो । ऊ त्यहाँ कसरी पुग्यो ? यसका कारणहरुबारे लेख बन्दैनन् । म कपिललाई जान्दछु ।

उनी राम्रा कलाकार हुन् । आफ्ना जीवनबारेका निर्णयहरु, फिल्म बनाउने इच्छा, शो गर्ने चाहना, विवाह यी सबै फैसला उनका थिए । यदि आफ्ना निर्णयहरु नै दुःखका कारण हुन् भने तीमाथि सोच्नुपर्छ । अरुलाई दोष दिएर के फाइदा ?’ प्रीतिका अनुसार उनीसँग रहुन्जेल कपिल ठिकठाक थिए ।

यतिबेला कपिल मुम्बईभन्दा बाहिर छन् । उपसनालाई लाग्छ यतिबेला उनले परिवार र नातेदारसँग समय बिताउन जरुरी छ । उनको विश्वास छ केही समयपछि सबै झै झगडा सुल्झिनेछन् र कपिल डिप्रेसनबाट बाहिर आउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com