काठमाडौं, १५ वैशाख । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले रसुवामा रहेका जलविद्युत आयोजनाहरुको निरीक्षण गर्नुभएको छ ।
जलविद्युत आयोजनाहरु निर्माणको चरणबारे बुझ्नका लागि मन्त्री पुन हिजोदेखि नै रसुवामा हुनुहुन्छ । मन्त्री पुनले आज रसुवागढी जलविद्युत १११ मेघावाट परियोजनाको निरीक्षण गरिसक्नुभएको छ । आजै उहाँले साञ्जेन जलविद्युत आयोजनाको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको प्रेस संयोजक रोशन खड्काले जानकारी दिनुभयो ।
मन्त्री पुनले हिजो नै त्रिशुली ए, माथिल्लो त्रिशुली थ्री ए, माथिल्लो त्रिशुली थ्री बी र माथिल्लो त्रिशुली–१ को निरीक्षण गर्नुभएको थियो ।
आयोजनाको निरीक्षणको क्रममा मन्त्री पुनले निर्माण कार्य तिब्र गतिमा व्यवस्थित ढंगले अघि बढाउन निर्देशन समेत दिनुभएको छ । सरकारको तर्फबाट गर्नुपर्ने सहयोगबारे चिन्ता नगर्न भन्दै उहाँले परियोजना तोकेकै समयमा सक्न समेत निर्देशन दिनुभयो ।
यसैबीच, शनिवार बिहान रसुवागढी नाकाको पनि उहाँले निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा मन्त्री पुनले गढीलाई थप व्यवस्थित बनाउँदै संरक्षणको आवश्यकता रहेको औंल्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्