ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा भारतका ३ पूर्वराजदूत : राजनीतिज्ञ, पूर्वप्रशासक, पूर्वराजदूतहरूसंग भेटघाटमा व्यस्त


एबीसी न्यूज
बैशाख १५, २०७५ शनिबार   ८ : ३६   बजे

 
काठमाडौं, १५ वैशाख । भारतका तीन पूर्वराजदूत १८ दिनदेखि नेपालमा छन् । उनीहरू कुनै राजनीतिक भेटघाटका लागि आएका भने होइनन् । पर्यटकका रूपमा आए पनि राजदूत भएर गइसकेकाले आफ्ना निकटस्थलाई मात्र भेट्दा पनि राजनीतिक भेटघाट नै हुने अधिकारीहरू बताउँछन् । उनीहरू अहिले राजनीतिज्ञ, पूर्वप्रशासक, पूर्वराजदूतहरूलाई भेट गरिरहेका छन् । उनीहरूले व्यापारिक समुदायलाई पनि भेटेको बताइएको छ ।

पूर्वराजदूतहरू देव मुखर्जी, श्यामशरण र रञ्जित रे यतिबेला काठमाडौंको द्वारिका होटलमा बसेर भेटघाटमा व्यस्त छन् । उनीहरू शनिबार स्वदेश फर्कंदै छन् । निजी भ्रमणमा आएकाले अनौपचारिक छलफल भएको भेटेर फर्कनेहरू बताउँछन् । संविधानपछिको अवस्था, वर्तमान सरकार र नेपाल–भारत सम्बन्ध लगायतको विषयमा उनीहरू गफिरहेका थिए ।

नेपालको हिमाली क्षेत्रका प्रशंसक हुन्– तीनै पूर्वराजदूत । काठमाडौंमा रहँदा उनीहरूले नेपालको सौन्दर्यको प्रशंसा गरिरहन्थे । नेपालको विकास पर्यटन र ऊर्जा नै हो भन्दै आएका उनीहरू अहिले आफैं पर्यटकका रूपमा नेपाल आएका हुन् । दुनेबाट फोक्सुन्डो ताल हुँदै पुन: दुने नै फर्केका उनीहरू अधिकांश समय हिँडे । ‘लोअर डोल्पो सर्किट’ मा उनीहरूले ट्रेक गरेका हुन् । अप्रिल ९ मा काठमाडौं आएका उनीहरू दुई दिनपछि यात्रा सुरु गरेका थिए । नेपाल आएको जानकारी परराष्ट्र मन्त्रालयलाई रहेको भए पनि उनीहरूको चाहनाअनुसार गोप्य राखिदिएको थियो ।

त्यो क्षेत्रको ट्रेकका लागि अध्यागमन विभागको अनुमतिसमेत लिनुपर्ने भएकाले उनीहरू त्यो प्रक्रियासमेत पूरा गरेर नै त्यस क्षेत्रको भ्रमण गरेका हुन् । एक साताको १० डलर अनुमतिका लागि तिर्नुपर्ने हुनाले त्यो समेत अनुमति लिएर विशुद्ध पर्यटकका रूपमा उनीहरूले भ्रमण गरे । उनीहरू दुई साता त्यस क्षेत्र घुमेर बिहीबार काठमाडौं फर्केका हुन् । तीनै जना नेपालको ‘कुर्सियल’ समयमा राजदूत भएका थिए ।

राजा वीरेन्द्रको वंश नास (राजदरबार हत्याकाण्ड) हुँदाको असहज परिस्थितिमा मुखर्जी नेपालमा राजदूत थिए । उनी त्यसको केही समयमा फर्केपछि डा. आईपी सिंह ८ महिना राजदूत रहे । त्यसपछि श्यामशरण राजदूतका रूपमा आए । राजाको प्रत्यक्ष शासनकाल र माओवादी द्वन्द्वको समयमा उनी नेपालमा राजदूत रहे । दुई वर्षभन्दा बढी समय राजदूत रहेका श्यामशरण भारतीय विदेश सचिव भएर फर्के । उनी फर्केपछि उनको समेत संलग्नतामा तत्कालीन विद्रोही माओवादी र दलहरूबीच १२ बुँदे दिल्ली सम्झौता भएको थियो ।

गणतन्त्र संस्थागत गर्ने, संविधान जारी हुने, निर्वाचन प्रक्रिया अघि बढाउनेजस्ता कार्यको प्रत्यक्षदर्शी भए राजदूत रञ्जित रे । मञ्जिभसिंह पुरी आउनुअघि रञ्जित रे नै यहाँ राजदूत थिए । उनको कालमा नै नेपाल–भारत सम्बन्धमा बादल लागेको थियो । नेपालीले पाँच महिना नाकाबन्दी खेप्नुपरेको थियो । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group