ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१२ करोड बढी लगानीमा धनगढीमा फनपार्क


admin
बैशाख १४, २०७५ शुक्रबार  ५ : ४६ बजे

कैलाली, १४ वैशाख । कैलालीको धनगढीमा रु १२ करोड बढीको लगानीमा आजबाट धनगढी फनपार्क सञ्चालनमा आएको छ ।

धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा अवस्थित फनपार्क दुई वर्षको समयावधिमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । सार्कस्तरिय उसु प्रतियोगितासमेत खेलिसकेका खेलाडी तथा व्यवसायी श्याम विष्ट, धर्मपालसिंह रावत, विजेन्द्रसिंह रावत रमुन्नि विष्टले संयुक्त लगानीमा उक्त फनपार्क निर्माण गरेका हुन् ।


खेलाडी विष्टले केही वर्षको कोरिया बसाइँपछि नेपाल फर्केर यस क्षेत्रमा फनपार्कको सम्भावना देखेर पार्क निर्माण गरेको बताउनुभयो ।

सञ्चालक विष्टले भन्नुभयो,“यस क्षेत्रमा हरेकवर्ष आयोजना हुँदै आएका विभिन्न खाले मेला तथा महोत्सवमा दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्य भन्दा पनि व्यापारिक प्रयोजनका लागि मात्रै सञ्चालन गरिने भएकाले पार्क निर्माणको उद्देश्य व्यापारिक प्रयोजन मात्र नभई आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन समेत प्रदान गर्नु हो ।”


झण्डै अढाइ बिगाह क्षेत्रफलमा निर्माण गरिएको फनपार्कमा स्वीमिङ पुलसहित वेब पुल, किड्स पुल, मल्ट्रिल्याण्ड स्लाइड, ट्युवलाईट स्लाइड, पेन्डुलम, म्युजिकल फनटेन, ब्रेक डान्सलगायतका जलविहारमा आनन्द लिन सकिने सेवा उपलब्ध छन् ।

साथै फनपार्कमा रेष्टुरेन्टको समेत व्यवस्था गरिएको छ । बाहिरबाट आउने पर्यटकलाई रमाउनका लागि आवश्यक स्थान नभएपछि फनपार्क निर्माण गरेको अर्का सञ्चालक धर्मपाल सिंह रावतले बताउनुभयो । सञ्चालक रावत पार्कले आन्तरिक पर्यटकलाई सबैभन्दा बढी राहत हुने बताउनुहुन्छ ।

नेपाल भारत सीमाक्षेत्र नजिकै रहेको उक्त फन पार्कको निर्माणबाट आन्तरिक पर्यटकसँगै भारतीय सीमावर्ती बजारका पर्यटक भित्रिनेसमेत अपेक्षा गरिएको छ ।

पार्क निर्माणबाट स्थानीयस्तरमा गरिएको करोडांैको लगानीले स्थानीयवासीलाई रोजगारीलगायत नयाँ गन्तव्यसमेत थपिएको र यस क्षेत्रको विकासमा समेत थप टेवा पुग्ने भन्दै यहाँका बासिन्दाले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com