ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किम जोन र मुन जेइ इनबीचको पहिलाे चरणकाे वार्ता सम्पन्न


एबीसी न्यूज
बैशाख १४, २०७५ शुक्रबार  ११ : ०६ बजे

 काठमाडौं,१४ वैशाख – सन् १९५३ पछि पहिलो पटक उत्तर कोरियका नेता किम जोन उन दक्षिण कोरिया पुगेका छन् ।

सन् १९५३ मा भएको कोरिया युद्धपछि दुई देशको सीमामा शुक्रबार किम जोन र दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनबीच भेटवार्ता भएको हो । दक्षिण कोरियाको यो भ्रमण किम परिवारकै पहिलो भ्रमण हो । सन् १९५३ पछि दुई देशबीच बढ्दै गएको तनावले दुई देशको सम्बन्ध निकै कटुतापूर्ण बनेको थियो । तर गएको २ महिनादेखि सुध्रिँदै आएको यी दुई देशको सम्बन्ध अप्रत्यासित रुपमा अघि बढ्न सफल भएको छ ।

 

शुक्रबार बिहान उत्तर कोरियाको पामुन्जोम क्षेत्रको प्रशासनिक भवनबाट किम जोन उन उत्तर र दक्षिण कोरियाको सीमा रेखातिर लम्केका थिए । त्यहाँ उनलाई दक्षिण कोरियाका नेता मुन जेइ इन कुरिरहेका थिए । किम हँसिलो चेहरामा मुन नजिकै आएर हात मिलाएका थिए । त्यसपछि दुवै नेताले फोटो खिचाएका थिए ।

किले भेटमा मुनसँग दुई कोरियाको आपसी सम्बन्धमा खुलेर कुरा गर्ने जनाएका छन् । किमले जोक गर्दै मुनसँग उत्तर कोरियाले गएको वर्ष गरेको मिसाइन परीक्षणको कुरा गर्दै मिसाइल कार्यक्रम बन्द गर्ने जनाएका थिए । किमले दक्षिण कोरियाको आइसल्याण्डमा सन् २०१० मा भएको आक्रमणको कुरा गरेका थिए जहाँ चार जनाको ज्यान गएको थियो ।

किमले भेटमा योङप्योङ आइसल्याण्डका नागरिक उत्तर कोरियाको आक्रमणबाट त्रसित भएको जनाएका थिए । उनले सन् १९५० देखि १९५३ को युद्धपछि छुट्टीएका परिवारले दुई देशबीचको सम्बन्ध सुधार चाहेको बताएका थिए । किमले भेटमा दक्षिण कोरियाको राजधानी सोलमा रहेको राष्ट्रपतिको कार्यालय ब्यू हाउस जान इच्छुक रहेको बताएका थिए ।

स्थानीय दिउँसोको समयमा उन र मुनबीचको सीमानको ट्रस गाउँमा भएको पहिलो चरणको भेटघाट सकिएको थियो । त्यसपछि उत्तर कोरियाका नेता किम जोङ उन र उत्तर कोरियाका प्रतिनिधिले उत्तर कोरियाको पामुन्जोममा लन्च लिएको जनाइएको छ ।

लन्चपछि दुवै देशका नेताहरुबीच आणविक कार्यको विषयमा दक्षिण कोरियापट्टीको गाउँमा पुनः छलफल हुने बताइएको छ । दुवै देशका नेताले दोस्रो चरणको भेटमा आणविक गतिविधिलाई अन्य गर्न गम्भीर छलफल गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मदन–आश्रितका विचार र योगदान यात्रामा दीपस्तम्भझैं छन्– केपी ओली

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

सम्बन्धित

संसदमा हर्कराज राईको प्रश्नः के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ?

थाइल्याण्डद्वारा कम्बोडियासँगको सामुन्द्रिक सम्झौता खारेज; अब ‘युनक्लस’ ढाँचाअनुसार वार्ता अघि बढाइने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

सुकुम्बासीमाथि ‘डोजर आतंक’ नसच्चिए प्रतिकार गर्ने कांग्रेसको चेतावनी

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com