काठमाडौ,१३ वैशाख । साढे ३३ केजी सुन प्रकरणमा मुछिएका तीन प्रहरी अधिकारीलाई मोरङ बिहीबार जिल्ला अदालत, मोरङ पेश गरिएको छ ।
पक्राउ गरेका प्रहरी अधिकारीहरु प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, सई बालकृष्ण सञ्जेल र गजेन्द्र रावललाई म्याद थप गर्नका लागि अदालत पेश गरेको हो ।
तीनै जनामाथि संगठित अपराध र कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिएको प्रहरीको एक स्रोतले जनाएको छ ।
साढे ३३ केजी सुनका मालिक गोरे भनिने चुडामणि उप्रेतीसँग शंकास्पद सम्बन्ध भएको निष्कर्षसहित उनीहरुलाई छानबिन समितिले बयानपछि नियन्त्रणमा लिएको थियो ।
यसअघि गत आइतबार नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौलालाई पनि बयानपछि समितिले नियन्त्रणमा लिएको थियो । उनीमाथि पनि संगठित अपराध र कर्तव्य ज्यान अन्तरगत मुद्दा चलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्