ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल: चेन्नाई सुपर किंग्सले रोयल च्यालेन्जर्स पाँच विकेटले हरायो


एबीसी न्यूज
बैशाख १३, २०७५ बिहीबार  ६ : ४८ बजे

काठमाडौं,१३ वैशाख,  । इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराएको छ ।

चिन्नास्वामी स्टेडियममा पहिले व्याटिङ गर्दै बैंगलोरले चेन्नाईसामु २०६ रनको विजय लक्ष्य दिएको थियो जसलाई चेन्नाईले दुई बल बाँकी रहँदा पाँच विकेट गुमाएर पूरा गर्यो ।

यो जितको श्रेय कप्तान महेन्द्र सिंह धोनी र अम्बाती रायडुलाई दिन सकिन्छ । किनकी धोनीले नटआउट ७० र रायडुले ८२ रनको योगदान गरे । दुवैले पाँचौ विकेटका लागि १०१ रनको साझेदारी गरे ।
चेन्नाईको चार विकेट नौ ओभरमा ७४ रनमा खसिसकेको थियो । रायडूले ५३ बलमा तीन चौका र आठ छक्काको मद्दतमा ८२ रन बनाए । तर, उनी १८ औं ओभरमा रन आउट भए ।महेन्द्र सिंह धोनीले ३४ बल सामना गरे । उनले सात छक्का र एक चौकाको मद्दतमा अविजित ७० रन जोडे । सुरुदेखि नै आक्रामक खेलेका धोनीले १२ ओभरमा ब्याट परिवर्तन गरे । त्यतिबेला चेन्नाईलाई जितका लागि ४८ बलमा १०५ रन आवश्यक थियो ।

अन्तिम ओभरमा १६ रन आवश्यक परेको बेला ड्वेन ब्राभोले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा एक रन लिए । चौथो बलमा धोनीले छक्का हानेर जित दिलाए । उनी प्लेयर अफ दि म्याच भए ।

बलिङतर्फ युजवेन्द्र चहलले २ तथा उमेश यादव र पवन नेगीले एक–एक विकेट लिए ।

यसअघि टस हारेर व्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०५ रन बनाएको थियो । बैंग्लोरका लागि एविडिविलियर्सले ३० बलमा आठ छक्का र दुई चौकाको मद्दतमा ६८ रन बनाएका थिए ।

यसैगरी डी ककले ३७ बलमा चार छक्का र एक चौकाको मद्दतमा ५३ रन बनाए । अन्तिममा मन्दिप सिंहले १७ बलमा तीन छक्का र एक चौकाको मद्दतमा ३२ रन बनाउँदै २०५ रनको स्कोरसम्म पुर्याए ।

बलिङतर्फ चेन्नाइका इमरान ताहिर, शार्दुल ठाकुर र ड्वान व्राभोले २–२ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com