ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसले सिरियालाई नि:शुल्क मिसाईल दिने


admin
बैशाख १२, २०७५ बुधबार  ६ : २७ बजे

एजेन्सी, १२ वैशाख । मस्कोले सिरियाली सेनालाई नयाँ एस–३०० प्रतिरक्षात्मक मिसाइल प्रणाली बिनाशुल्क प्रदान गर्ने तयारी गरेको छ।

अन्तराष्ट्रिय संचार माध्यमले बताए अनुसार रुसी प्रशासनका अधिकारीहरुले सिरियाली क्षेत्रमा विशेषगरी इजरायलसँगको खतराका कारण बसर अल अस्सदको सेनालाई प्रतिरक्षात्मक हवाइ मिसाइल पठाउने योजना बनाइरहेको छ ।

रुसका सैन्य अधिकारीहरुले बताए अनुसार क्रेम्लिनले बिना शुल्क सिरियाली राष्ट्रपति बसर अल अस्सदलाई हवाइ प्रतिरक्षात्मक मिसाइलहरु दिनेछन् जसपछि सिरियामा हमला गरे इजरायलले निकै भयानक परिणाम भोग्नुपर्ने हुन्छ ।

रुसले सिरियालाई प्रदान गर्ने भनेको एस–३०० को पीएमयु–२ भर्जन को प्रतिरक्षात्मक प्रणालीले लामो दुरी र धेरै उचाइका हवाइ मिसाइलबाट समेत सुरक्षा दिन सक्ने बताइएको छ ।

सिरियाली क्षेत्रमा यसअघि इजरायलको वायुसेना हावी रहँदै आएकाले रुसको सो कदमपछि मध्य पूर्वमा सेनाशक्तिको सन्तुलन बदल्निे अनुमान गरिएको छ ।

हालै मात्र रुसका विदेश मन्त्री सेर्गी लेम्भरोभले यसबारे क्रेम्लिनले अन्तिम निर्णय नलिइसकेपनि पश्चिमी मुलुकहरुको आक्रामक प्रतिक्रियाको जवाफ दिनैपर्ने भएमा रुसले सिरियालाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताएका छन् । चीन भ्रमणका क्रममा रहेका लेभ्रोभले यस्तो कदम उठाएमा रुसले खुलेआम घोषणा गर्ने बताएका छन् ।

यसअघि २०१३ मा पनि राष्ट्रपति पुटिन सिरियामा मिसाइल पठाउन तयार भइसकेका थिए तर इजरायलको दबाबका कारण उनले आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो ।

अहिले भने सिरियामा अमेरिका र बेलायतको हमला र साथै इजरायलको लगातार धम्कीपछि क्रेम्लिनले फेरि सिरियाली सेनाको मद्दतका लागि मिसाइल पठाउने तयारी गरिरहेको खबर बाहिर आएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com