ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धर्मगुरु आसारामलाई जन्मकैदको सजाय


admin
बैशाख १२, २०७५ बुधबार  ३ : ४४ बजे

एजेन्सी, १२ वैशाख । भारतीय धर्मगुरु आसाराम बापूलाई जोधपुरको अदालतले नाबालिकालाई बलात्कार गरको मुद्धामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ ।

आसाराम बाहेक शिवा, शरतचन्द्र, शिल्पी र प्रकाश यो मुद्धामा अभियुक्त थिए । अदालतले शिल्पी र शरतचनद्रलाई २०-२० वर्षको कैद सजाय सुनाएको छ । सोही मुद्धाका अभियुक्तहरु प्रकाश र शिवालाई भने अदालतले रिहा गरेको छ ।

शरत छिन्दवाडा आश्रमका निर्देशक थिए जहाँ नाबालिका केटी पढ्ने गर्थिन् । शिल्पी छिन्दवाडा आश्रमकी वार्डन थिइन् । प्रकाश आसारामको आश्रमको कुक हुन् । त्यसैगरी शिवा आसारामका निजी सचिव हुन् ।

७७ बर्षका आसारामलाइ आरोप लागेको थियो की जोधपुर नजिकै बनाइएको आश्रममा बर्ष २०१३ मा उनले एक १६ बर्षे किशोरीलाई बलात्कार गरेका थिए । बाबा गुरमीत राम रहीमलाई सजाय सुनाउँदा हरियाणामा भएको जस्तै हिंसा हुन नदिनका लागि प्रहरी प्रशासन सचेत देखिएको छ ।

आशारामसँग जोडिएका तथ्यहरु

अप्रिल १९४१ मा हाल पाकिस्तानको सिंध इलाकाको बेरानी गाँउमा जन्मेका आसारामको असली नाम असुमल हरपलानी हो । सिंधी व्यापारी समुदायसँग सम्बन्धित आसारामको परिवार १९४७ मा भएको विभाजनपछि भारतको अहमदावादमा आएर बसेको थियो । ६० को दशकमा उनले लीलाशाहलाई आफ्नो आध्यात्मिक गुरू बनाए । लिला शाहले नै उनको नाम आसाराम राखेका थिए ।

१९७२ मा आसारामले अहमदावाददेखि १० किलोमिटर पर मुटेरा कस्बे भन्ने ठाउँमा साबरमती नदीको किनारमा आफ्नो पहिलो कुटी बनाए । यहीबाट सुरु भएको आसारामको आध्यात्मिक प्रोजेक्ट बिस्तारै–बिस्तारै गुजरातका अन्य शहर हुँदै देशका अलग–अलग राज्यमा फैलियो ।
सुरूमा गुजरातको ग्रामिक इलाकाबाट आउने गरीब, विपन्न र आदिवासी समूहलाई आफ्नो प्रवचन, घरेलु औषधी र भजन किर्तनको तिकडमबाजी बाट लोभ्याएका आसारामले पछि विस्तारै–विस्तारै शहरका मध्यम वर्गीय इलाकामा पनि आफ्नो प्रभाव जमाउन थाले ।

सुरूवाती बर्षहरूमा प्रवचन सकिएपछि प्रसादको नाममा वितरण गरिने निःशुल्क खानाले उनको भक्तहरूको संख्या तेज रुपमा बढाउन मद्यत ग-यो ।

आसारामको आधिकारीक वेबसाइटका अनुसार अहिले विश्वभर उनको चार करोड अनुयायी छन् । आफ्नो छोरा नारायण साईंको सहयोगमा उनले देश विदेशमा गरेर आफ्नो ४०० आश्रम स्थापना गर्न पनि सफल भए ।

भक्त र आश्रमको संख्या बढेसँगै आसाराम आर्थिक रुपले पनि सवल हुँदै गए । उनीसँग अहिले झण्डै १० हजार करोड रुपैंयाँको सम्पत्ति छ । जसको अनुसन्धान अहिले केन्द्रिय र गुजरात राज्यको कर विभागले गरिरहेको छ । यो जाँचमा आश्रम निर्माण गर्नका लागि गैरकानुनी तरिकाले जमीन हडपेको मुद्दा पनि सामेल छ ।

आसारामको राजनीतिक प्रभाव

आसारामको भक्तहरूको संख्या बढ्दै गएपछि नेताहरुले पनि उनीमार्फत ती व्यक्तिहरुमाथि भोटको राजनीति गर्ने प्रयास सुरु गरे । १९९० देखि २००० को दशकमा उनको भक्तको सूचीमा भारतका पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीसँगै भारतीय जनता पार्टी९भाजपा०का नेता लालकृष्ण आडवाणी र नितिन गडकरी जस्ता दिग्गज नेता सामेल भइसकेका थिए । यो सूचीमा दिग्विजय सिंह, कमल नाथ र मोतिलाल वोरा जस्ता काँग्रेस नेता पनि सामेल भए । साथै भाजपाको वर्तमान र पूर्वमुख्यमन्त्रीको एक लामो फेहरिस्त आसारामको दर्शनका लागि जाने गर्दथे । यो फेहरिस्तमा शिवराज चौहान, उमा भारती, रमण सिंह, प्रेमकुमार धूमल र बसुंधरा राजेको नाम अग्र पंक्तिमा आउँछ ।

यीनीहरु बाहेक २००० दशकको सुरुवाती बर्षमा आसारामको ‘दर्शन’ का लागि जाने सबैभन्दा महत्वपूर्ण नाम भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको छ ।
तर २००८ मा आसारामको मुटेरा आश्रममा २ बालबालिकाहरुको हत्याको मामिला आउनासाथ राजनीतिक दलका नेताहरुले उनीसँग दुरी बनाउन थाले ।

२००८ को मुटेरा आश्रम काण्ड

५ जुलाई २००८ मा आसारामको मुटेरा आश्रमको बाहिर १० बर्षीय अभिषेक वाघेला र ११ बर्षीय दीपेश वाघेलाको अर्ध जलेको अवस्थामा फेला परे । अहमदावादका यी दुई दाजुभाइको केही दिनअघि मात्र उनका अविभावले आसारामको ‘गुरुकुल’ नामक स्कुलमा भर्ना गरेका थिए । यो मामिलाको जाँचका लागि तत्कालीन राज्य सरकारले डीके त्रिवेदी आयोग गठन ग¥यो । तर, त्यो आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन । यसबीचमा २०१२ मा राज्य पुलिसले मुटेरा आश्रमका ७ कर्मचारीउपर गैर–न्यायीक हत्याको आरोप दर्ता ग-यो । अहमदावादको न्यायलयमा यसको सुनुवाई अहिले पनि जारी छ ।

के हो जोधपुर मामिला ?

अगष्ट २०१३ मा आसारामविरुद्व बलात्कारको मामिला दर्ता गर्ने शाहजहाँपुर निवासी पीडितको परिवार घटनाभन्दा पहिला उनको कट्टर भक्त थिए । पीडितका बाबुले आफ्नै खर्चमा शाहजहाँपुरमा आसारामको आश्रम बनाएका थिए । ‘संस्कारवान शिक्षा’को आशामा उनले आफ्ना दुई बच्चा आसारामको छिंदवाडास्थित गुरुकुलमा पढाउनका लागि पठाए ।

७ अगष्ट २०१३ मा पीडितको बाबुलाई छिंदवाडा गुरुकुलबाट एउटा फोन आयो । फोनमा उनलाई उनकी १६ बर्षीया छोरी विरामी छिन भनेर खबर दिइएको थियो । दोस्रो दिन जब पीडितका आमाबाबु छिंदवाडा गुरूकुल पुगे तब उनीहरुलाई छोरीमाथि भूत–प्रेत सवार भएको र त्यसलाई आसारामले नै ठिक गर्छन् भनेर भनियो ।

१४ अगष्टमा पीडितको परिवार आसारामलाई भेट्न जोधपुर आश्रम पुगे । दायर मुद्दाको ‘चार्ज सिट’ अनुसार आसारामले १५ अगष्टको रात १६ बर्षीय बालिकालाई निको पार्ने नाममा आफ्नो कुटीमा बोलाएर बालात्कार गरे । पीडित परिवारलाई त्यो घटना उनीहरुको भगवान भक्षकमा बदलिएको दिन थियो । घटनापछि पछिल्लो पाँच बर्ष उनीहरुले आफ्नो घरमा नजरबन्दक जस्तै भएर बस्नु परेको छ । परिवारका मुताविक बालिकाको अविभावकलाई आर्थिक प्रलोभन दिनेदेखि ज्यान मार्ने सम्ममा धम्कीहरू दिइएको छ । तर, पनि उनीहरुले आफूभन्दा कयौं गुणा शक्तिशाली आसारामविरुद्व आफ्नो न्यायीक लडाईँमा डटिरहेका छन् ।

साक्षीहरुको हत्या र हत्या प्रयास

२८ फेब्रुवरी २०१४ को विहान आसाराम र उनको छोरा नारायण साईंमाथि बलात्कारको आरोप लगाउने सूरत निवासी दुई बहिनी मध्येका एकका पतिलाई सूरत शहरमा ज्यान मार्ने उदेश्यले हमला भयो ।

१५ दिनभित्र दोस्रो हमला राकेश पटेल नामका आसारामको भिडियोग्राफरमाथि भयो । दोस्रो हमलाको केही दिनपछि नै दिनेश भगनानी नामक तेस्रो साक्षीमाथि सूरतको कपडा बजारमा तेजाब फ्याँकियो । यी तीनै साक्षी ज्यान मार्ने गरि आक्रमण हुँदा पनि बाँचे ।

यसपछि २३ मे २०१४ मा आसारामको निजी सचिवको रुपमा काम गरिसकेकी अमृता प्रजापति माथि चौथो आक्रमण भयो । गोली लागेकी अमृताको १७ दिनपछि मृत्यु भयो । त्यसपछि अर्को निशाना आसाराम मामिलामा १८७ समाचार लेखेका शाहजहाँपुरका पत्रकार नरेन्द्र यादवमाथि लगाइयो ।

जनवरी २०१५ मा अर्का साक्षी अखिल गुप्तालाई मुजफ्फरनगरमा गोली हानेर हत्या गरियो । ठिक एक महिनापछि आसारामको सचिवको रुपमा काम गरिसकेका राहुल सचानमाथि जोधपुर अदालतका बयान दिए लगत्तै अदालत परिसरमै आक्रमण भयो । राहुल त्यो घटनामा त बाँचे तर २५ नोभेम्बर २०१५ देखि अहिलेसम्म बेपत्ता छन् ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

सम्बन्धित

राजा चार्ल्सको ठट्टा र शिष्टताभित्र ट्रम्पलाई केही सुक्ष्म जवाफहरू : न्यूयोर्कटाइम्स

पनामामाथि चिनियाँ दबाबको विरुद्ध अमेरिका र पाँच ल्याटिन अमेरिकी राष्ट्रहरूको साझा मोर्चा

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

इरान ध्वस्त हुने अवस्था नजिक पुगेको ट्रम्पको दाबी, इरानले राखेका ३ सर्त अस्वीकार

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

डिस्पोजेबल ओलिगार्कहरू: धनी सम्भ्रान्तहरू किन अधिनायकवादीसँगको सम्झौताप्रति पछुताउँछन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com