काठमाडौं, १२ वैशाख । ३३ किलो सुन प्रकरणबारे बयान दिन मंगलबार गृह मन्त्रालय गएका नेपाल प्रहरीका डिएसपी सञ्जय राउत मन्त्रालयबाटै फरार भएका छन् ।
बयान जारी रहेकै बेला बीचैमा डिएसपी राउत बहाना बनाएर बाहिर निस्केलगत्तै भागेका थिए । उनी भागेको थाहा पाएपछि पक्राउ गर्न प्रहरी खटाइएको छ । राउत गेटमा बसेका सुरक्षाकर्मीलाई छक्याउँदै गृह मन्त्रालय पछाडिबाट पद्यमोदय मोड निस्कने गेटबाट भागेको गृहका उच्च अधिकारीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालमा इटहरीका कार्यरत राउतको ३३ केजी सुन प्रकरणमा शंकास्पद भुमिका देखिएपछि बयानमा बोलाइएको थियो । मोरङ उर्लाबारीका गोरे भनिने चुणामणि उप्रेतीले तस्करी गरेर ल्याएको सुन लुकाएको आरोपमा यातना दिने क्रममा मोरङ उर्लाबारीकै सनम शाक्यको मृत्यु भएको थियो । केजी सुन प्रकरणमा शंकास्पद भुमिका देखिएपछि बयानमा बोलाइएको थियो । यो समाचार तयार पार्दासम्म राउत पक्राउ परेका छैनन ।
प्रतिक्रिया दिनुहोस्