चितवन , ११ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख १४ गते पार्टी एकीकरणको मिति सार्वजनिक गरिने बताउनु भएको छ ।
अध्यक्ष प्रचण्डले मजदुर दिवसका दिनमा पार्टी एकता हुने संकेत कुराको संकेत समेत गर्नुभयो । उहाँले पार्टी एकीकरणमा कुनै जटिलता नभएको भन्दै दुई अध्यक्षको व्यस्तताले गर्दा एकीकरणमा ढिलाइ भएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो , ‘एकीकरणमा कुनै जटिलता छैन, दुई अध्यक्षले प्रशस्त समय निकाल्यौं भने छिट्टै टुंगोमा पुग्छौं ।’ अध्यक्ष प्रचण्डले हतारमा एकता गरेर फुर्सदमा पछुताउनुभन्दा समय छदा नै सोचेर अघि बढ्नु राम्रो हुने र वैशाख महिनाभित्रै एकीकरण हुने दाबी अध्यक्ष प्रचण्डको छ ।
अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा सन्तुलन ल्याउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्