ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

भूकम्प पछिको पुनर्निर्माण सकिन अझै साढे दुई वर्ष कुर्नुपर्ने


admin


काठमाडौं, ११ वैशाख ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले करिव साढे दुईबर्षभित्र पुनःनिर्माणका सबै कार्य पूरा हुने जनाएको छ ।

गोरखा भूकम्पको तेश्रो स्मृति दिवसको अबसरमा मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले प्राधिकारणको स्थापनाको पाँच वर्षभित्र पुनर्निर्माणका सबै कार्य पूरा हुने दाबी गर्नुभएको हो । आगामी असारमा प्राधिकरण स्थापना भएको साढे दुईबर्ष पुग्दैछ ।

पुनःनिर्माण कार्यमा खासै चुनौती नभएको अधिकृत भुसालको दाबी छ । तर, पनि भौतिक रुपमा जोखिममा रहेका वर्गका लागि २४ हजार घर निर्माण गर्नुपर्ने छ । पाँच हजार ५ सय घर निर्माणाधीन अवस्थामा रहेको उहाले बताउनुभयो । स्थानीय तह गठन भएपछि पुनःनिर्माणको कार्य गर्न सजिलो भएको बताउँदै प्रमुख कार्यकारी अधिकृत भुुसालले स्थानीय गाउँपालिका प्रतिनिधिहरु खास गरेर गाउँपालिका महासंघसँग अन्तरक्रिया गरेर काम अगाडि बढाइएको जानकारी दिनुभयो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसालले पुनःनिर्माणमा सघाइरहेका दातृ निकायलाई धन्यवाद दिँदै सम्बन्धित सबै निकायलाई प्राधिकरणसँग समन्वय गरेर पुनःनिर्माणमा लाग्न आग्रह गर्नुभयो ।

भूकम्पपछिको पुनःनिर्माणका लागि कूल रकम रु सात खर्ब छ अर्ब आवश्यक पर्ने भनिए पनि हालसम्म करीब एक खर्ब २० अर्ब मात्र खर्च भएको छ ।

भूकम्पबाट क्षतिग्रस्त सात लाख ६७ हजार ७ सय ५ निजी घर लाभग्राहीको सेवा सूचीमा रहेको र त्यसमध्ये हालसम्म एक लाख १९ हजार २३३ घर निर्माण सम्पन्न भइसकेको पुननिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले बताउनुभयो । कार्कीले धरहरा पुननिर्माणको कार्य सुरु भईसकेको जानकारी दिदै अन्य सम्पदा निर्माणमा देखिएका समस्या पनि समाधान गर्न प्राधिकरण तयार रहेको बताउनुभयो । उहाले प्राधिकरणलाई आवश्यक पर्ने बजेट निकासका लागी पनि समस्या देखा परेको गुनासो गर्नुभयो ।

पुनर्निर्माणका क्रममा हालसम्म तीन लाख ६८ हजार ७ सय ६१ लाभग्राहीले दोस्रो किस्ता लिइसकेको र एक लाख २३ हजार ५३७ लाभग्राही तेस्रो किस्ताको रकम लिने प्रक्रियामा रहेको बताइन्छ । भूकम्पपछिको आवश्यकता आकलन प्रतिवेदन अनुसार भूकम्पबाट चार लाख ९८ हजार ८५२, निजी घर र दुई हजार ६५६ सरकारी भवन पूर्ण रुपमा क्षति भएका थिए । त्यस्तै, दुई लाख ५६ हजार ६९७ निजी घर र तीन हजार ६२२ सरकारी भवन आंशिक रुपमा क्षति भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गुडिरहेको एम्बुलेन्सबाट सात जना कोरोना संक्रमित भागे

महेन्द्रनगर , ९ बैशाख । कैलालीमा आइसोलेसन सेन्टरमा लैजाने क्रममा कोरोना पोजेटिभ सात जना एम्बुलेन्सबाटै भागेका छन्। बिहीबार गौरीफण्टा हुँदै नेपाल आएका सात जना भारतीय

राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते, दल दर्ताको लागि वैशाख १४ गतेसम्मको म्याद

काठमाडौँ, ९ बैशाख।   निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई कारवाही गरेपछि रिक्त रहेको स्थानमा जेठ ६ गते उपनिर्वाचन गर्ने भएको छ

अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक

काठमाडौँ, ९ बैशाख।   कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक लगाइएको छ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका

सम्बन्धित

गुडिरहेको एम्बुलेन्सबाट सात जना कोरोना संक्रमित भागे

राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते, दल दर्ताको लागि वैशाख १४ गतेसम्मको म्याद

अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक

थोरै आशावादी थिएँ तर आज तिक्ततापूर्ण कुराकानी भयो – नेता नेपाल

नेपालमा थप २४२८ जना कोरोना संक्रमित, पाँचजनाको मृत्‍यु (कुन जिल्लामा कति सूचिसहित)

सर्वोच्चमा माधव नेपालसहित चार नेताको रिट दर्ता, आइतबार पेसी (रिटको पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com