ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकताको अन्तिम तयारीमा अध्यक्षद्धय


एबीसी न्यूज
बैशाख ११, २०७५ मंगलबार  १ : ५२ बजे


काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका विषयमा गम्भिर छलफल भएको छ।

करिब–करिब एकताका लागि सबै सहमति गरिसकेका दुई अध्यक्षको भेट नेता व्यवस्थापन र एकीकरण घोषणाको मिति र तयारीका विषयमा केन्द्रित भएको स्रोतले बताएको छ ।

२२ अप्रिल लेलिन जन्मजयन्ती तथा कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन एकीकरण हुन सकेन । दुवै अध्यक्षले लेलिन जयन्तीका दिन भएको विवादको टुंगो लगाउँदै सरप्राइज दिन ५ मे अर्थात मार्क्स जन्मजयन्तीको दिन एकता सहमति हुन सक्ने स्रोतले बताएको छ ।

एकता संयोजन समितिले अध्यक्षको हैसियतका विषयमा सहमति गर्न ‘अध्यक्षहरू’लाई नै जिम्मा लगाएर घोषणाको मिति तय गर्ने पनि जिम्मेबारी दिएका थिए । एकीकरण घोषणा मितिको सहमतिमा अध्यक्षद्वय पुगेका छन् ।

एकता संयोजन समितिले तयार पारेको दुई कार्यदल मध्ये एकका संयोजक नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलका अनुसार अब केही विषयमा पनि विवाद छैन । ‘सबै विवाद मिलिसक्यो, पार्टी एकता घोषणा हुनमात्र बाँकी हो । उपयुक्त समयको लेखाजोखा भइरहेको छ’, उनले चितवनमा भनेका थिए ।

लेलिन जयन्तीका दिन व्यानर र नामका विषयमा माओवादीले आपत्ति जनाएउँदा लामो समय कार्यक्रम सञ्चालन हुन सकेको थिएन । तर दुई अध्यक्षले मात्र सम्बोधन गरेको कार्यक्रममा प्रचण्डले ‘ओली र प्रचण्डले नचाहे पनि एकता भएरै छाड्ने’ बताउँदै कसैले थाहा नपाएको समयमा एकीकरण घोषणा हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

सरकारलाई प्रचण्डले भने– संख्याको दम्भमा विधि मिच्ने काम नहोस्

सम्बन्धित

संसदमा हर्कराज राईको प्रश्नः के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ?

थाइल्याण्डद्वारा कम्बोडियासँगको सामुन्द्रिक सम्झौता खारेज; अब ‘युनक्लस’ ढाँचाअनुसार वार्ता अघि बढाइने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

सुकुम्बासीमाथि ‘डोजर आतंक’ नसच्चिए प्रतिकार गर्ने कांग्रेसको चेतावनी

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com