ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाइटो छेड्ने हिमानी, ट्याटु खोप्ने ‘हिरोनी’


एबीसी न्यूज

वैशाख । फोटो पत्रकार राजेन्द्र मानन्धरको क्यामेराले ८ वर्ष अघि पूर्वयुवराज्ञी हिमानी शाहको ऐतिहासिक तस्बिर कैद गर्यो ।

दोलखाको नाम्दुमा खानेपानीका सामग्री वितरण गरेर अबरोध भएपछि तामाकोसीवासीले हिमानीका लागि बाटो खुलाइदिए । मन्द मुस्कानमा धन्यवाद दिन गाडीबाट ओर्लिँदा मानन्धरको क्यामेराले हिमानीको तस्बिर कैद गर्यो । तस्बिरमा हिमानीले नाइटो छेडेको (पियर्सिङ) गरेको पनि कैद भयो ।

सारीमा रहेकी हिमानीको उक्त तस्बिरको ठूलो चर्चा हुँदाहुँदै पनि कतिपयले यसलाई ‘नीजी इच्छा’ भनेर प्रतिक्रिया दिए ।

राष्ट्रिय मिडियामा नै उनको यो तस्बिरको चर्चापरिचर्चा भएपछि ससुरा तथा पूर्वराजा ज्ञानेन्द्र शाह रिसाएका थिए । त्यसपछि हिमानीले पियर्सिङ हटाइएको चर्चा पनि भयो । यस विषयमा उनले कुनै प्रतिक्रिया जनाइन् । खासगरी राजपरिवारमा विवादीत विषयमा मिडियामा बोल्ने चलन नरहेका कारणले पनि हिमानीको प्रतिक्रिया नआएको हो ।

८ वर्षको यो अन्तरालमा उनको यस्ता तस्बिर कतै सार्वजनिक भएनन् । जबकी, सार्वजनिक कार्यक्रममा उनको सहभागीता झन् बाक्लियो । सायद, हटाएको हुनुपर्छ ।

भीआइपीका पिर्यसिङ देखिँदा आम जनमानसमा फरक धारणा पैदा हुन्छ । भीआइपी सरल, स्वभाविक र विचरण गर्ने क्षमताका हुन्छन् भन्ने धारणा परिवर्तन यस्ता दृश्यहरूले गर्छन् ।

नाइटोको पिर्यसिङ साधारण भइसकेको छ । नेपालकै कतिपय सेलिब्रीटिका नाइटोका पिर्यसिङलाई साधारण रूपमा लिन थालिएको छ । तर, नेपाली हिरोइनहरूमा बढेको स्तनमा ट्याटु खोपाएर भाइरल बनाउने विषयको भने चर्चा हुन थालेको छ । कतिपयले त ढाडमा, तिघ्रामा, हातमा पनि ट्याटु खोपाएका छन् ।

नयाँ शक्ति नेपालकी नेत्री तथा अभिनेत्री करिश्मा मानन्धरले स्तनमा ट्याटु खोपाएकी छन् । प्रायः क्लिभेज देखिने हुँदा उनको ट्याटु प्रष्ट देखिन्छ । विभिन्न पार्टी र कार्यक्रमतिर पुग्दा उनी हल्का ट्याटु देखिने पहिरन लगाएर पुग्छिन् । लालीगुराँसको चित्र उनको स्तनमा खोपिएको छ ।

गएको १ अप्रिलमा प्रधानमन्त्री केपी शर्मा ओलीले लञ्चमा बोलाउँदा बालुवाटारमा ट्याटु देखाएर पुगेकी थिइन्, उनी । त्यसबेला भने ट्याटुको चर्चा चुलियो ।

आधुनिक पुस्ताकी चलेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी राणाले स्तनको तल्लो भागमा खोपाएको ट्याटुको कम चर्चा भएन । ट्याटु बनाउनेले नै उक्त तस्बिर सामाजिक सञ्जालमा राखेपछि भाइरल भयो । साम्राज्ञीले यस विषयमा प्रष्टीकरण समेत दिएकी थिइन् ।

अभिनेत्री सुष्मा कार्कीले पनि छातीमा ट्याटु खोपाएकी छन् । सुष्माले शान्तिको पिस, स्टार र गुलाबको फूललाई ट्याटुमा अंकित गरेकी छन् । पुरूषहरूको पहिलो नजर केटीहरूको छातीमा जाने भएकाले आफूले छातीमै ट्याटु बनाएको उनले बताउँदै आइरहेकी छन् । उनी छातीमा खोपिएको ट्याटु घरि–घरि देखाइरहन अप्ठेरो मान्दिनन् ।

अभिनेत्री शुभेच्छा थापाले पनि छातीमा नेपालको झण्डाको ट्याटु खोपेकी छन् । उनले दुई वटा झण्डा भएको ट्याटु खोपेकी छन् । आफूलाई सेक्सी देखाउनका लागि उनले ट्याटु खोपाएको बताइन्छ ।

अभिनेता भुवन केसीसँग बस्दै आएकी अभिनेत्री जिया केसीले पनि स्तनमा ट्याटु खोपाएकी छन् । फोटोसुटका क्रममा उनले ट्याटुलाई खुलेर एक्सपोज गर्ने गरेकी छन् ।

गायिका पछिल्लो समय बोल्ड अन्तरवार्ता र फोटोसुटका कारण लोकदोहोरी गायिका लक्ष्मी आचार्य चर्चामा छिन् । उनले पनि स्तनमा ‘ऊँ’को ट्याटु खोपाएकी छन् । आफूलाई सेक्सी देखाउन र अरूको ध्यान खिँच्न यस्तो ट्याटु बनाएको बताउने उनी गायनभन्दा पनि हट फोटोसुट र युट्युब इन्टरभ्युका कारण चर्चामा छिन् ।

स्तनबाहेकका ठाउँमा ट्याटु खोप्ने र पिर्यसिङ गर्नमा धेरै अभिनेत्री अगाडी छन् । प्रियंका कार्कीले ढाडमा ट्याटु खोपाएकी छन् । उनको ट्याटु हरेक पहिरनमा प्रष्ट देखिन्छ । प्रायः उनी ढाड खुलेको पहिरन लगाउँछिन् ।

पिर्यसिङ र ट्याटु किन खोपिन्छ ?

गोप्य अंगमा ट्याटु खोप्ने र पिर्यसिङ गर्न रूचाउनेहरूले आफुलाई ‘सेक्सी र बोल्ड’ देखाउने प्रयास हो । मनोविज्ञ करूणा कुँवरका अनुसार कतिपयले स्तनमा ट्याटु खोप्छन् र आधा ट्याटु देखिने गरी ‘ओपन ड्रेस’ लगाउँछन् । गोप्य भागमा ट्याटु खोपेर देखाउन खोज्नेहरूको मानसिकता यौनिकतासँग लुकेको हुन्छ ।

‘मेरो यौनिकता यसरी देखाउने ?’ भन्ने भावना उसमा हुन सक्छ । कतिपयले सुन्दर फूलको ट्याटु स्तनमा खोपेर आफ्नो यौनिकता चित्रित गर्न खोजिरहेका हुन्छन्’, उनी भन्छिन् । यसको सकारात्मक परिभाषा– मान्छेको ध्यान आफूतिर खिच्ने कलात्मक प्रयोग हो ।

ट्याटु एउटा लत पनि रहेको उनी बताउँछिन् । ‘सियोले घोपिरहँदाको आवाजले उनीहरूलाई आनन्द महसुस गराउँदो रहेछ । खोपाइको एडिक्सन, आवाजको एडिक्सनमा परेपछि उनीहरू पटकपटक खोपाउने रहेछन्’, उनले भनिन्,‘अध्ययनका क्रममा मैले बुझेको यहि हो ।’

‘मैले दुई जना विदेशी केटी भेटेकी थिएँ । उनीहरू दुवैले एउटै सिम्बोल भएको ट्याटु शरीरको एकै भागमा खोपाएको पाएँ । उनीहरू बेस्ट फ्रेन्ड रहेछन् । घुम्न जाँदाको सुन्दर क्षण बिर्सन दिनुहुँदैन भनेर त्यसरी खोपाएका रहेछन् ताकि ट्याटु देख्नासाथ मित्रताको सम्झना होस्’, उनले आफ्नो अध्ययनको निचोडहरू सुनाइन् ।

विशेषगरी महिलाहरूले शरीरको गोप्य भागमा ट्याटु खोपाउने गर्छन् । आफूलाई ‘आइ एम भेरी सेक्सी’, ‘आइ एम नाइस एन्ड ब्युटीफुल’ भनेर चित्रण गर्न खोजिरहेको पनि हुनसक्छ ।

ट्याटु र पियर्सिङ आजको पुस्ताको फेसन पनि बनेको छ । आम साधारणको ठूलो जमातले यसलाई स्वीकार गरिसकेको छ । यद्यपि यी सबैका प्रेरणा र आधारका स्रोत भनेका भीआइपी र सेलिब्रीटि नै हुन् । यसैले ‘नाइटो छेड्ने हिमानी र ट्याटु खोप्ने ‘हिरोनी’को प्रभाव जता ततै बढ्न थालेको छ । दैनिक नेपाल बाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com