ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाइटो छेड्ने हिमानी, ट्याटु खोप्ने ‘हिरोनी’


एबीसी न्यूज
बैशाख १०, २०७५ सोमबार   ३ : १३   बजे

वैशाख । फोटो पत्रकार राजेन्द्र मानन्धरको क्यामेराले ८ वर्ष अघि पूर्वयुवराज्ञी हिमानी शाहको ऐतिहासिक तस्बिर कैद गर्यो ।

दोलखाको नाम्दुमा खानेपानीका सामग्री वितरण गरेर अबरोध भएपछि तामाकोसीवासीले हिमानीका लागि बाटो खुलाइदिए । मन्द मुस्कानमा धन्यवाद दिन गाडीबाट ओर्लिँदा मानन्धरको क्यामेराले हिमानीको तस्बिर कैद गर्यो । तस्बिरमा हिमानीले नाइटो छेडेको (पियर्सिङ) गरेको पनि कैद भयो ।

सारीमा रहेकी हिमानीको उक्त तस्बिरको ठूलो चर्चा हुँदाहुँदै पनि कतिपयले यसलाई ‘नीजी इच्छा’ भनेर प्रतिक्रिया दिए ।

राष्ट्रिय मिडियामा नै उनको यो तस्बिरको चर्चापरिचर्चा भएपछि ससुरा तथा पूर्वराजा ज्ञानेन्द्र शाह रिसाएका थिए । त्यसपछि हिमानीले पियर्सिङ हटाइएको चर्चा पनि भयो । यस विषयमा उनले कुनै प्रतिक्रिया जनाइन् । खासगरी राजपरिवारमा विवादीत विषयमा मिडियामा बोल्ने चलन नरहेका कारणले पनि हिमानीको प्रतिक्रिया नआएको हो ।

८ वर्षको यो अन्तरालमा उनको यस्ता तस्बिर कतै सार्वजनिक भएनन् । जबकी, सार्वजनिक कार्यक्रममा उनको सहभागीता झन् बाक्लियो । सायद, हटाएको हुनुपर्छ ।

भीआइपीका पिर्यसिङ देखिँदा आम जनमानसमा फरक धारणा पैदा हुन्छ । भीआइपी सरल, स्वभाविक र विचरण गर्ने क्षमताका हुन्छन् भन्ने धारणा परिवर्तन यस्ता दृश्यहरूले गर्छन् ।

नाइटोको पिर्यसिङ साधारण भइसकेको छ । नेपालकै कतिपय सेलिब्रीटिका नाइटोका पिर्यसिङलाई साधारण रूपमा लिन थालिएको छ । तर, नेपाली हिरोइनहरूमा बढेको स्तनमा ट्याटु खोपाएर भाइरल बनाउने विषयको भने चर्चा हुन थालेको छ । कतिपयले त ढाडमा, तिघ्रामा, हातमा पनि ट्याटु खोपाएका छन् ।

नयाँ शक्ति नेपालकी नेत्री तथा अभिनेत्री करिश्मा मानन्धरले स्तनमा ट्याटु खोपाएकी छन् । प्रायः क्लिभेज देखिने हुँदा उनको ट्याटु प्रष्ट देखिन्छ । विभिन्न पार्टी र कार्यक्रमतिर पुग्दा उनी हल्का ट्याटु देखिने पहिरन लगाएर पुग्छिन् । लालीगुराँसको चित्र उनको स्तनमा खोपिएको छ ।

गएको १ अप्रिलमा प्रधानमन्त्री केपी शर्मा ओलीले लञ्चमा बोलाउँदा बालुवाटारमा ट्याटु देखाएर पुगेकी थिइन्, उनी । त्यसबेला भने ट्याटुको चर्चा चुलियो ।

आधुनिक पुस्ताकी चलेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी राणाले स्तनको तल्लो भागमा खोपाएको ट्याटुको कम चर्चा भएन । ट्याटु बनाउनेले नै उक्त तस्बिर सामाजिक सञ्जालमा राखेपछि भाइरल भयो । साम्राज्ञीले यस विषयमा प्रष्टीकरण समेत दिएकी थिइन् ।

अभिनेत्री सुष्मा कार्कीले पनि छातीमा ट्याटु खोपाएकी छन् । सुष्माले शान्तिको पिस, स्टार र गुलाबको फूललाई ट्याटुमा अंकित गरेकी छन् । पुरूषहरूको पहिलो नजर केटीहरूको छातीमा जाने भएकाले आफूले छातीमै ट्याटु बनाएको उनले बताउँदै आइरहेकी छन् । उनी छातीमा खोपिएको ट्याटु घरि–घरि देखाइरहन अप्ठेरो मान्दिनन् ।

अभिनेत्री शुभेच्छा थापाले पनि छातीमा नेपालको झण्डाको ट्याटु खोपेकी छन् । उनले दुई वटा झण्डा भएको ट्याटु खोपेकी छन् । आफूलाई सेक्सी देखाउनका लागि उनले ट्याटु खोपाएको बताइन्छ ।

अभिनेता भुवन केसीसँग बस्दै आएकी अभिनेत्री जिया केसीले पनि स्तनमा ट्याटु खोपाएकी छन् । फोटोसुटका क्रममा उनले ट्याटुलाई खुलेर एक्सपोज गर्ने गरेकी छन् ।

गायिका पछिल्लो समय बोल्ड अन्तरवार्ता र फोटोसुटका कारण लोकदोहोरी गायिका लक्ष्मी आचार्य चर्चामा छिन् । उनले पनि स्तनमा ‘ऊँ’को ट्याटु खोपाएकी छन् । आफूलाई सेक्सी देखाउन र अरूको ध्यान खिँच्न यस्तो ट्याटु बनाएको बताउने उनी गायनभन्दा पनि हट फोटोसुट र युट्युब इन्टरभ्युका कारण चर्चामा छिन् ।

स्तनबाहेकका ठाउँमा ट्याटु खोप्ने र पिर्यसिङ गर्नमा धेरै अभिनेत्री अगाडी छन् । प्रियंका कार्कीले ढाडमा ट्याटु खोपाएकी छन् । उनको ट्याटु हरेक पहिरनमा प्रष्ट देखिन्छ । प्रायः उनी ढाड खुलेको पहिरन लगाउँछिन् ।

पिर्यसिङ र ट्याटु किन खोपिन्छ ?

गोप्य अंगमा ट्याटु खोप्ने र पिर्यसिङ गर्न रूचाउनेहरूले आफुलाई ‘सेक्सी र बोल्ड’ देखाउने प्रयास हो । मनोविज्ञ करूणा कुँवरका अनुसार कतिपयले स्तनमा ट्याटु खोप्छन् र आधा ट्याटु देखिने गरी ‘ओपन ड्रेस’ लगाउँछन् । गोप्य भागमा ट्याटु खोपेर देखाउन खोज्नेहरूको मानसिकता यौनिकतासँग लुकेको हुन्छ ।

‘मेरो यौनिकता यसरी देखाउने ?’ भन्ने भावना उसमा हुन सक्छ । कतिपयले सुन्दर फूलको ट्याटु स्तनमा खोपेर आफ्नो यौनिकता चित्रित गर्न खोजिरहेका हुन्छन्’, उनी भन्छिन् । यसको सकारात्मक परिभाषा– मान्छेको ध्यान आफूतिर खिच्ने कलात्मक प्रयोग हो ।

ट्याटु एउटा लत पनि रहेको उनी बताउँछिन् । ‘सियोले घोपिरहँदाको आवाजले उनीहरूलाई आनन्द महसुस गराउँदो रहेछ । खोपाइको एडिक्सन, आवाजको एडिक्सनमा परेपछि उनीहरू पटकपटक खोपाउने रहेछन्’, उनले भनिन्,‘अध्ययनका क्रममा मैले बुझेको यहि हो ।’

‘मैले दुई जना विदेशी केटी भेटेकी थिएँ । उनीहरू दुवैले एउटै सिम्बोल भएको ट्याटु शरीरको एकै भागमा खोपाएको पाएँ । उनीहरू बेस्ट फ्रेन्ड रहेछन् । घुम्न जाँदाको सुन्दर क्षण बिर्सन दिनुहुँदैन भनेर त्यसरी खोपाएका रहेछन् ताकि ट्याटु देख्नासाथ मित्रताको सम्झना होस्’, उनले आफ्नो अध्ययनको निचोडहरू सुनाइन् ।

विशेषगरी महिलाहरूले शरीरको गोप्य भागमा ट्याटु खोपाउने गर्छन् । आफूलाई ‘आइ एम भेरी सेक्सी’, ‘आइ एम नाइस एन्ड ब्युटीफुल’ भनेर चित्रण गर्न खोजिरहेको पनि हुनसक्छ ।

ट्याटु र पियर्सिङ आजको पुस्ताको फेसन पनि बनेको छ । आम साधारणको ठूलो जमातले यसलाई स्वीकार गरिसकेको छ । यद्यपि यी सबैका प्रेरणा र आधारका स्रोत भनेका भीआइपी र सेलिब्रीटि नै हुन् । यसैले ‘नाइटो छेड्ने हिमानी र ट्याटु खोप्ने ‘हिरोनी’को प्रभाव जता ततै बढ्न थालेको छ । दैनिक नेपाल बाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलको कडा आलोचना

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group