ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल-भारत र बंगलादेशबीच बस सेवा शुरु


एबीसी न्यूज

वैशाख १०, काठमाडौं । तीन देशका ३० जना सरकारी अधिकारीहरुलाई लिएर दुईवटा गाडी बंगलादेशको ढाकाबाट काठमाडौंतर्फ आउदै छन् ।
बंगलादेश, भुटान, इण्डिया नेपाल (बिबिआइएन) यातायात सम्झौता अनुरुप सोमवार विहानबाट त्रिदेशीय अन्तर्राष्ट्रिय बस सेवाको परीक्षण सवारी शुरु भएको हो । चार देशबीच सम्झौता भएका तीन वर्षपछि रुट परीक्षण शुरु भएको हो ।

दक्षिण एशियाली मुलुकहरु बंगलादेश, भुटान, भारत र नेपाललाई यातायात कनेक्टिभिटीबाट जोड्न रुट सर्भे तथा सवारी परीक्षणका सिलसिलामा दुईवटा बस ढाकाबाट अघि बढेको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (उपसचिव) बिनोद भट्टराईले जानकारी दिए । उनी सहित बिभिन्न मन्त्रालयका ६ जना नेपाली अधिकारीहरु ती बसमा सवार छन्।

ढाकाबाट अघि बढेका बस सोमवार साँझ बंगलादेश र भारतको सिमावर्ती रंगपुर शहरमा रहनेछन् । मंगलवार रंगपुरबाट अघि बढ्दै भारतको सिलिगुडीमा पुग्नेछन् भने बुधवार नेपालको भरपुरमा पुग्नेछन् । विहीवार तीन देशका ३० पाहुना सहित भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले काभ्रेको धुलिखेलम स्वागत गर्ने कार्यक्रम छ ।

बिबिआइन मोटर भेहिकल सम्झौता २०१५ मा भएको थियो । जसमध्ये भुटानको माथिल्लो सदनले सो सम्झौता अनुमोदन गरिनसकेका कारण रुट सर्भे तथा परीक्षणका क्रममा भुटान सहभागी छैन । नेपालको मन्त्रिपरिषदले लेटर अफ एक्सचेन्ज अनुमोदन गरेपछि सम्भवतः ६ महिनाभित्रमा नियमित चारदेशीय बस सेवा संचालन हुनेछ ।

सर्वसाधारण यात्रुका लागि बसमा वाइफाइ लगायतका सबै अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपका सुबिधाहरु उपलव्ध हुनेछन् । बसको रुट ढाका–बंगलाबन्धु–सिलिगुडी, काँकडभिट्टा हुँदै काठमाडौं सम्मको हुने छ ।
काठमाडौंमा सम्पन्न अठारौं सार्क सम्मेलनमा भारतले सार्क मुलुकलाई एक अर्कासँग यातायात सम्पर्कबाट जोड्न सार्कका आठै मुलुकमा बस चलाउने प्रस्ताव राखेको थियो । तर पाकिस्तानले अश्वीकार गरेपछि नेपाल,भुटान,भारत र बंगलादेशीबीच यातायात सम्झौता भएको हो ।
यो रुटमा नियमित बस सेवा सन्चालन भएपछि नेपालबाट पूर्व भारत हुँदै ढाका र भुटान जान हवाइमार्गको आवश्यकता पर्ने छैन ।           बस भाडा लगायतका अन्य विषयमा भने निर्णय हुन बाँकी छ । शुरुमा दुई तीनवटा बसबाट सेवा प्रारम्भ हुनेछ । चारवटै देशले बराबरी संख्यामा बस सन्चालन गर्नेछन् ।

भौतिक पुर्वाधार तथा यातयात मन्त्रालयका सहसचिव केशव शर्माका अनुसार यो पहिलो प्राविधिक परीक्षण हो । ‘ट्रायल रन’ का आधारमा रुट परीक्षण हुनेछ । त्यससपछि भन्सार, अध्यागमन लगायतका प्रक्रिया पूरा गरेर नियमित बस सन्चालन गर्न ६ महिनाजति लाग्न सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com