ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चर्चामा रहेका १० कोरियन ब्यान्डहरु


admin

काठमाडौं, १० वैशाख । पछिल्लो समय दक्षिण कोरीयाली टेलिसिरियल र गीत संगितले अन्र्तराष्ट्रिय बजारमा राम्रो पकड बनाएको छ । सन् २०१२ मा गायक साईको ग्याङनाम स्टाईल बोलको गित युटुबमा भाईरल भएपछि कोरीयन संगीतले अन्र्तराष्ट्रिय सांगितिक बजारमा राम्रो उपस्थिती जनाउँदै आएको छ । अहिले चर्चामा रहेका १० कोरीयाली सांगितिक बोई ब्यान्डहरु यी हुन्-

1. बिटिएस (BTS)

2. वाना वान (Wanna One)

3. एक्स ओ (EXO)
4. बि टब (BTOB)
5. जेबिजे (JBJ)
6. सेभेन्टिन (SEVENTEEN)
7. सुपर जुनियर (Super Junior)
8. हाईलाइट (Highlight)
9. साईनी (SHINee)
10. इन्फिनेट (INFINITE)

10. इन्फिनेट(INFINITE)


उललिम इन्टरटेनमेन्टले सन् २०१० मा इन्फिनेट ब्यान्ड बनाएको थियो । यो ब्यान्डको सुरुवातमा सात जना सदस्य थिए । तर ब्यान्ड सदस्य होयाले ब्यान्ड छोडेपछि अहिले यसमा ६ जना सदस्य (सुनक्यू, सुनयोल, एल, सुनजुन, दोङउ, वोह्यून) छन् । उनीहरुले सन् २०१० मा ‘कम ब्याक अगेन’ बोलको गित बाट डेब्यू गरेका थिए । यो ब्यान्ड डान्स मुभको लागि प्रख्यात छ । उनीहरुको बी माईन, प्याराडाईज, बीटिडी लगायतका गित चर्चित छ ।

9. साईनी (SHINee)

साईनी, एस.एम इन्टरटेनमेन्टले निर्माण गरेको ब्यान्ड हो । सुरुवातमा पाँच सदस्य रहेको यो ब्यान्डमा मेन भोकलिष्ट जोनह्युनले सन् २०१७ मा ब्यान्ड छोडेपछि चार जना (ओनिउ, ताईमिन, मिन्हो, के) सदस्य छन् । उनीहरुले सन् २०१८ मा ‘रि प्ले’ बोलको गीतबाट डेब्यु गरेका थिए । यो गित त्यसबेला निकै चर्चित बनेको थियो, यसले उनीहरुलाई स्थापित गराईदियो । त्यसपछि क्रमस निस्केका जुलियट, लुसिफर बोलको गित पनि हिट बन्यो । यसले उनीहरुलाई डेब्यू गरेदेखि निरन्तर ३ वटा रिलिज गरिएको गितमा निरन्तर टप ३ मा पर्न सफल नयाँ आर्टिस्टको टाईटल मिलेको थियो । साईनीलाई विशेष गरी फेसन र कमप्लीकेटेड डान्स मुभको लागि चिनिन्छ ।

8. हाईलाइट (Highlight)

हाईलाइट पनि कोरियन चर्चित ब्यान्ड हो । हाईलाइट नामाकरण हुन अघि यो ब्यान्डलाई बिस्ट् अथवा बी.टु.एस.टी (BEAST/B2ST) नामले चिनिन्थ्यो । बिस्ट्लाई सन् २००९ मा क्युब इन्टरटेनमेन्टले निर्माण गरेको थियो । पछि सन् २०१६ मा गएर यस ब्यान्डका सदस्यहरु मिलेर आफ्नै एजेन्सी अराउन्ड अस इन्टरटेनमेन्ट(Around us entertainment) खोले र ब्यान्डको नाम हाईलाईट राखे । यसमा पाँच सदस्य छन् -डोजुन, जुनह्यून, योस्योप, गिवाङ, दोङउन । यो ब्यान्डका सबै सदस्यहरु भिन्न भिन्न एजेन्सीबाट आएका छन् , त्यसैले उनीहरुलाई यूनिक ब्यान्डको दर्जा दिईन्छ ।

7. सुपर जुनियर (Super Junior)

सुपर जुनियरलाई छोटकरीमा एस.जे अथवा एस.यू .जे.यू(SJ/SUJU) नामले चिनिन्छ । यो ब्यान्डलाई एस.एम इन्टरटेनमेन्टको प्रोड्युसर ली सोम्यानले निर्माण गरेका थिए । सुपर जुनियर चर्चाको शिखरमा हुँदा ब्यान्ड तेह्र सदस्यको थियो । अहिले यसमा सात सदस्य छन् -लीटुक, सीवन, हिचुल, इनह्युक, इसुङ, सिनदोङ, दोङहाई। जुनियरको ‘सरी सरी’ बोलको गीतले उनीहरुलाई अन्र्तराष्ट्रियस्तरमा परिचय दिलाएको थियो । करिअरको शिखरमा रहँदा सुपर जुनियर चार वर्षभन्दा बढि लगातार ‘बेष्ट सेलिङ के पप आर्टिस्ट’ बनेका थिए । अहिले यसका सदस्यहरु विभिन्न क्षेत्रमा छन् ।

6. सेभेन्टिन (SEVENTEEN)

सेभेन्टिन ब्यान्डमा तेह्र जना सदस्य छन् -जिओनहान, जोसह्वा, जुन, डि.के, मिनग्यू, दि.एट, सूनक्वान, होस्ही, वोनवो, वोजी, एस.कूप, र्भनन्, डिनो । सुरुवातमा यसका सोह्र सदस्य थिए । सेभेन्टिनले ब्यान्डका सदस्यले ब्यान्डमा आबद्ध हुँदाखेरीको उमेरलाई इंकित गर्छ । यसका सदस्यलाई तीन समुहमा वर्गिकरण गरिएको छ- हिपअप, भोकल र डान्स । ब्यान्डका सदस्यले आफ्नै समुह अनुसार आफ्नो पर्फमेन्स् दिन्छन् । उनीहरुको कोरियोग्राफी, भोकल लगायतका विषयहरु आफैले संयोजन गर्छन् ।

5. जेबिजे (JBJ)

जेबिजे ‘जस्ट बी जोयफुल’को छोटकरी रुप हो । फ्याब इन्टरटेनमेन्टले निर्माण गरेको यो ब्यान्डमा ६ सदस्य छन् -ताई ह्यून, केन्ता, किम साङ ग्युन, किम योङ गुक, क्वोनह्यून विन, किम दोन हान । यसका सबै सदस्यहरु सन् २०१७ मा टेलिभिजनमा प्रसारण भएको रियालीटी कार्यक्रम प्रोड्युस 101 सिजन 2 का प्रतिस्पर्धीहरु हुन् । यो कार्यक्रममार्फत ५१ भिन्न इन्टरटेनमेन्ट एजेन्सीका १०१ प्रतिस्पर्धीहरुमार्फत ११ जना ब्यान्ड सदस्य चुनिन्छ । ब्यान्ड सदस्य, ब्यान्डको कन्सेप्ट र ब्यान्डको नाम पनि दर्शकले नै छनौट गर्छन् । त्यसै अनुरुप प्रशंसकहरुले ब्यान्ड बनाउन आग्रह गरेपछि उनीहरुलाई समेटेर ब्यान्ड बनाईएको हो । सन् २०१७ मा उनीहरुको ‘फेन्टासी’ नामको गीत सार्वजनिक भएको थियो ।

4. बि टब (BTOB)

बिटबको पूरा अर्थ हुन्छ ‘वर्न टु विट’ । यसलाई पनि क्यूब इन्टरटेनमेन्टले सन् २०१२ मा निर्माण गरेको थियो । यसका सात सदस्यहरु छन- स्ओ यून वाङ, योक सुन जाई, ली चाङ सुव, ली मिन ह्यूक, पेनिल सिन, इम ह्यून सिक, जुङ इल ह्यून । बिटबले डेब्यू गरेयता सिंगर अफ दी इयर, ब्यालेड अर्वाड, वेष्ट भोकल ग्रुप अर्वाड लगायतका थुप्रै अर्वाडहरु पाएका छन् ।

3. एक्स-ओ (EXO)

एक्स-ओ लाई एस.एम इन्टरटेनमेन्टले निर्माण गरेको हो । यो ब्यान्ड सन् २०११ मा स्थापना भएको हो । सन् २०१२ मा एक्स-ओले बाह्र सदस्यका साथ डेब्यू गरेका थियो । एक्स-ओका बाह्र सदस्यलाई दुई समुहमा वर्गिकरण गरिएको थियो- एक्स-ओ एम (EXO M) र एक्स-ओ के (EXO K)। एक्स-ओ लाई फोब्र्स म्यागेजिनले सन् २०१४ र २०१५ मा मोस्ट इन्फ्लुएन्टल सेलिब्रेटिको लिष्टमा राखेको थियो । अहिले यसमा नौ जना सदस्य छन् -बेकह्यून् , सूहो, ले, चेन, च्यानयोल, सीहुन, डि.ओ, काई , सिउमिन ।

2. वाना वान (Wanna One)

वाना वान पनि कार्यक्रम प्रोड्यूस 101 सिजन 2 का प्रतिस्पर्धीहरुलाई सहभागी गराएर बनाईएको ब्यान्ड हो । वानावान सो कार्यक्रममा सहभागी जनाउँदै देखि डान्स र इलेक्ट्रो म्युजिकको लागि चर्चित थियो । अहिले यो ब्यान्ड टुटिसकेको छ र यसका सदस्यहरु सोलो करियर बनाउन अघि बढेका छन् । यसमा एघार जना ब्यान्ड सदस्य थिए ।

1. बिटिएस (BTS)

अहिले सबैभन्दा चर्चामा रहेको ब्यान्ड हो बिटिएस । बिटिएसको गत वर्ष सार्वजनिक भएको गित ‘डिएनए’ ले सर्वाधिक चर्चा पाएको थियो । यस्तै बिटिएस सन् २०१७ मा ट्वीटरमा सर्वाधिक रि-ट्वीट र लाईक गरिएको सेलिब्रेटि बन्यो । गत वर्ष नै अमेरिकन म्युजिक अर्वाडमा बिटिएसले प्रस्तुति दियो भने बिलवोर्ड म्यूजिक अर्वाड पनि पायो । बिटिएस ट्वीटरमा फलोअरको संख्या १० मिलीयन पुग्ने पहिलो कोरियन ब्यान्ड बन्यो । बिटिएसमा सात जना सदस्यहरु छन्- आर.एम, जे होप, जिमिन, भी, जीन, सुगा र जूनकुक । बिटिएसको पूरा रुप हो ‘व्याङट्याङ बोईज्’, कोरियाली भाषामा यो शब्दको अर्थ हुन्छ ‘गोलीलाई रोक्न सक्ने केटाहरुको स्काउट ‘। यससंगै बिटिएसले अंग्रेजीमा ‘वियोन्ड दी सिन’ लाई पनि इंकित गर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com