ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

क्यासिनोले राजश्व तिर्न अटेर, पुरानो वक्यौता रकम नै अर्ब माथि


admin

काठमाडौँ, ९ वैशाख । तारे होटलमा सञ्चालित पाँचवटा क्यासिनो (जुवाघर) ले सरकारलाई रु १४ करोड राजश्व तिर्न अटेर गरेका छन् ।

क्यासिनो अनुमति दस्तुरबापतको रु १४ करोड रकम नबुझाएको महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याएको छ ।

क्यासिनो नियमावली, २०७० अनुसार अनुमतिपत्रको अवधि एक आर्थिक वर्षको हुने र सो अवधि समाप्त हुनुभन्दा एक महिना अगावै नवीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था रहेको छ ।

क्यासिनो सञ्चालनका लागि रु दुई करोड इजाजत दस्तुर लाग्छ । आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेल (मिनी क्यासिनो) को हकमा रु एक करोड इजाजत दस्तुर लाग्छ ।

उक्त व्यवस्थाअनुसार अनुमतिपत्र प्राप्त गर्नेले आव २०७४÷७५ को लागि २०७३÷७४ मै अनुमितपत्र दस्तुरको ५० प्रतिशतले हुने रकम बुझाई नवीकरण गर्नुपर्ने देखिए पनि पाँच कम्पनीले रु १४ करोड दस्तुर नै बुझाएका छैनन् भने ६ कम्पनीले रु सात करोड नवीकरणबापतको राजस्व दाखिला नगरी क्यासिनो सञ्चालन गरिरहेका छन् ।

पर्यटन विभागका अनुसार होटल याक एण्ड यतिको क्यासिनो बिल्ट, ¥याडिसन होटलको क्यासिनो -याड, क्यासिनो रक इन्टरनेश्नल, ह्पाप्पी आवर (मिनी क्यासिनो) र सेन्ट्रल मिडिया प्रालिले इजाजत दस्तुर नबुझाएका हुन् । यी क्यासिनो दुई वर्षदेखि अदालतको आदेशमा सञ्चालनमा छन् ।
अनुमति लिएका छ कम्पनीले नवीकरण नगरी क्यासिनो चलाइआएको महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको छ । अनुमति लिएका क्यासिनोमा सोल्टी होटलको ‘माजोङ क्यासिनो’, सांग्रिलाको ‘एसएचएल सर्भिसेज’, ह्यात होटलको ‘प्राइड’, अन्नपूर्ण होटलको ‘क्यासिनो प्यालेस’, भैरहवाको टाइगरटप होटल, बाराको ‘फोर क्वीन क्यासिनो’ र सेन्ट्रल मिडिया सर्भिसेज प्रालि रहेका छन् ।

विसं २०७० भन्दाअघि क्यासिनो जिल्ला प्रशासनमा दर्ता हुन्थे । यस साल बनेको क्यासिनो विनियमावलीले भने पर्यटन विभागबाट अनुमति लिनुपर्ने बाध्यकारी व्यवस्था ग¥यो । उक्त विनियमावलीअनुसार अनुमति लिने ठूलाले रु दुई करोड र मिनी क्यासिनोले रु एक करोड रुपैयाँ तिर्नुपर्छ ।

आर्थिक विधेयक २०७४ र २०७५ मा ठूला क्यासिनोले वार्षिक रु तीन करोड र मिनीले रु ७५ लाख तिर्नुपर्ने उल्लेख छ ।

एकै अनुमतिपत्रबाट चार क्यासिनो सञ्चालन 

नियमविपरीत क्यासिनो कम्पनीले एकै अनुमतिपत्रबाट चार स्थानमा क्यासिनो सञ्चालन गरेको पाइएको छ । आर्थिक ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार आधुनिक मेसिन वा उपकरणको माध्यमबाट खेलाइने खेल (क्यासिनो) का लागि एक अनुमतिपत्रबाट एक स्थानमा मात्र खेलाउन सकिने व्यवस्था छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा एक कम्पनीले महेन्द्रनगर, वीरगन्ज, विराटनगर र काठमाडौँ गरी चार स्थानमा क्यासिनो सञ्चालन गरे पनि नवीकरण दस्तुर एक स्थानको रु ५० लाखमात्र दाखिला गरेको हुँदा नपुग रु १ करोड ५० लाखसमेत रु २२ करोड ५० लाख असुल हुनुपर्दछ भनिएको छ । रक इन्टरनेश्नल र ह्याप्पि आवर (मिनि क्यासिनो) ले एकै कम्पनीबाट चार स्थानमा क्यासिनो सञ्चालन गर्दै आएका छन् ।

क्यासिनो सञ्चालन गर्न अनुमति प्राप्त गर्नेले रोयल्टी रकम आर्थिक वर्ष प्रारम्भ भएको मितिले दुई महिनाभित्र बुझाउनुपर्छ । वार्षिक पन्ध्र प्रतिशतका दरले शुल्क र सो म्याद नाघेको मितिले तीन महिनासम्म नबुझाए पन्ध्र प्रतिशतका दरले थप शुल्कसमेत लगाई रोयल्टी रकम असुल गर्नुपर्नेमा रोयल्टी नबुझाउने तीन कम्पनीबाट रु सात करोड २५ लाख थप शुल्कसमेत असुल्नुपर्ने प्रतिवेदनले औंल्याएको छ ।

एक अर्ब ३२ करोड बक्यौता उठ्न बाँकी 

झण्डै एक दर्जन क्यासिनोले राजश्वबापतको पुरानो रु एक अर्ब ३२ करोड बक्यौता रकम सरकारलाई तिरेका छैनन् ।

सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएकै भरमा ती क्यासिनो सञ्चालनमा रहँदा राजश्व जोखिममा परेको हो । पुरानो बक्यौता उठाउने जिम्मा कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई दिइएको छ ।

अनुमति लिएका क्यासिनोले भने नियमित रुपमा सरकारलाई राजश्व तिर्दै आएका छन् तर, अदालतको आदेशबाट चलेका क्यासिनोले राजश्व तिर्न अटेर गर्दै आएका छन् ।

पर्यटन विभागका अनुसार क्यासिनो बक्यौता निर्धारण समितिले कुन क्यासिनोबाट कति राजश्व तिर्नुपर्ने हो भन्ने निर्धारण गरेपछि थप प्रक्रिया अघि बढाइनेछ ।

यता, व्यवसायीले भने अदालतको आदेशमा चल्नुपरेको र अनुमति नपाएको अवस्थामा राजश्व बुझाउन समस्या भएको बताउने गरेका छन् । क्यासिनो व्यवसायी संघका अध्यक्ष किशोर सिलवालले सबै क्यासिनो नियम बमोजिम सञ्चालनमा रहेको र राजश्व तिर्नमा कुनै अटेर नगरेको बताउनुभयो ।

अदालती प्रक्रिया नटुङ्गिएसम्म आवश्यक कारबाही अघि बढाउन अप्ठ्यारो परेको विभागका महानिर्देशक दिनेश भट्टराईले बताउनुभयो । विभागले अदालती आदेशमा चल्ने क्यासिनोलाई राजश्व तिर्न ३५ दिने सूचना जारी गरेपनि समयावधि सकिएको लामो समयसम्म पनि क्यासिनोले रकम तिर्न चासो देखाएका छैनन् ।

संस्कृति तथा पर्यटन मन्त्रालयले क्यासिनोको बक्यौता रकम असुल गर्न विभिन्न प्रयास गरे पनि व्यवसायीले बक्यौता तिर्नआएका छैनन् । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा मन्त्रालयका एक उच्च अधिकारीले क्यासिनोको पुरानो बक्यौता रु एक अर्ब ३२ करोड रकम उठाउने जिम्मा कौशितोषा खानालाई दिइएको तर उसबाट खासै पहल नभएको बताए ।

रकम नतिरेबापत पासवर्ड रोक्ने, सम्पत्ति लिलाम गर्ने तथा बैंक खाता रोक्क गर्नेजस्ता कारबाही अघि बढाउनुपर्नेमा कुनै प्रक्रिया अघि नबढाइएकामा मन्त्रालयको आपत्ति छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ

गलकोट, ३ वैशाख  :बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा¥यो । घटनाको प्रकृति हेर्दा

हराएको ३७ वर्षपछि फकिएको मूर्ति हस्तान्तरण

काठमाडौँ, ३ वैशाख :ललितपुर महानगरपालिका–१६ स्थित नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि फेला परेको छ । संयुक्त राज्य अमेरिकामा फेला परेको मूर्ति बिहीबार पुरातत्व

मौलिक सिर्जनाबाट मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्र्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ, २ वैशाख: राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा विकसित कलाको सिद्धान्त र प्रवृत्तिको अध्ययन गरी मौलिक सिर्जनाका माध्यमबाट देशको प्रतिष्ठा अभिवृद्धि गर्नेतर्फ कलाकार अग्रसर हुनुपर्ने बताउनुभएको

सम्बन्धित

नेप्से नयाँ उचाइमा,१७.२० विन्दुले उकालो

८ महिनाको अवधिमा प्रत्येक नेपालीको टाउकोमा ५ हजार रुपैयाँ ऋण थपियो

हराएका प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

‘फास्ट ट्र्याक’को एउटा ठेक्का रद्द गर्न निर्देशन

हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा

भारत सरकारको सहयोगमा तराईमा निर्माण भएका १३ ओटा सडक नेपाललाई हस्तान्तरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com