ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईसीसीले असहमति जनाएका बुँदालाई हटाएर क्यानकाे विधान जस्ताको त्यस्तै पारित


एबीसी न्यूज

काठमाडौं, ६ वैशाख – बिहीबार काठमाडौंमा भएको साधारणसभाले संशोधित विधान जस्तोको त्यस्तै पारित गरेको छ । साधारणसभाका अधिकांश प्रतिनिधिले आईसीसीले भनेअनुसारकै विधान पेश भएकोले यसैलाई पारित गर्नुपर्ने धारणा राखेपछि बिहीबार नै विधान पारित  गरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले असहमति जनाएका बुँदालाई हटाएर तयार पारिएको नयाँ विधानलाई साधारणसभाले पारित भएपछि क्यान निलम्बन फुकुवा हुने सम्भावना पनि बढेको छ ।

यसअघिको विधानमा रहेको पुरानो कार्यसमितिका १७ जना र राखेपका ७ जनाले निर्शत भोट हाल्न पाउने  र उनीहरु उम्मेदवार पनि हुन पाउने व्यवस्था रहेकोमा अब पुरानो कार्यसमितिका १७ र राखेपका ७ जनाले मताधिकार र उम्मेदवार बन्न तल्लो तहदेखि नै प्रक्रिया पूरा गर्नुपर्ने  व्यवस्थासहितको विधान पारित भएको छ  ।

यस्तै क्यानको चुनाव अनुगमनको लागि पहिले ७ सदस्यीय अनुगमन टोली बनाउने उल्लेख भएकोमा नयाँ विधानमा आईसीसीका ३ जना, राखेपका १ जना र निर्वाचित भनिएको क्यानका १ जना रहने गरी ५ सदस्यीय समिति बनाउने उल्लेख छ । चुनावको लागि बन्ने ५ सदस्यीय समितिले जिल्लामा भैसकेको चुनावको पनि अध्ययन गर्ने र समस्या रहेका जिल्लामा समाधानको पहल गर्नेछ ।

यस्तै, मस्यौदामा नयाँ साधारण सदस्यको योग्यता, प्रदेशमा क्रिकेट संघको गठन, सदस्यता शुल्कलगायतका कुरा पनि आईसीसीले भने जस्तै गरी राखिएको छ ।विधान पारित भएसँगै नेपाली क्रिकेटमाथिको निलम्बन हट्ने सम्भावना बढेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो ।

साधारणसभाले सहमति बमोजिम विधान पारित गरेमा आईसीसीले आउँदो जुन महिनामा हुने वार्षिक साधारणसभामा क्यानको निलम्बन फुकुवा गर्ने प्रस्ताव लैजाने बताइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com