ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वका १० खतरनाक ग्याङहरु


admin

काठमाडौं , ४ बैशाख । सामान्यतया ग्याङ शब्दले समूह भन्ने बुझाउँछ । विचार, रहर, रुची, ईच्छा समान भएको व्यक्तिको हुल नै ग्याङ हो । मानिसहरु सबैको आफ्नै ग्याङ हुन्छ, कस्तो उदेश्य प्राप्तीको लागि राम्रो वा नराम्रो भन्ने कुरा आफूमा भर पर्ने विषय हो । अझ किशोर र यूवाअवस्थामा त ग्याङले विशेष अर्थ राख्छ । कलेज, टोलछिमेकमा ग्याङ बनाएर हिड्नुको सानै बेग्लै हुन्छ कुनै एक समयमा । ग्याङमा हिडेर आफुलाई पृथक सम्झिने पनि छन् यहि मानिसको भिडमा । तर यसरी नै रहरको भरमा सुरु भएको कयौं यस्ता सानो समूहहरु पछि थाहै नपाई अपराधिक दुनियाँमा फसेका छन् । अपराधिक दुनियाँको खुंखार १० ग्याङहरुको यहाँ चर्चा गरिएको छ-

10। कोसा नोस्ट्रा


‘कोसा नोस्ट्रा’ इटालियन शब्द हो, जसको अंग्रेजीमा ‘हाम्रो वस्तु’ भन्ने अर्थ लाग्छ । कोसा नोस्ट्रको सुरुवात अमेरिकाको न्यूयोर्कमा इटालीयनको आप्रवासन संगै सूरु भएको थियो । यो ग्याङलाई संसारकै एक चर्चित सिलीकन माफियामा गनिन्छ । यसले विशेष गरी लागु औषध ट्राफिकीङ गर्दै आएको छ। यो ग्याङभित्र लगभग २५ हजार सदस्यहरु छन् र विश्वभरमा यसका २ लाख ५० हजारको अन्तर्राष्ट्रिय संगठित अपराध समूह छन्।

9। क्रिप्स


क्रिप्स एक अफ्रिकन-अमेरिकन गिरोह हो, जुन १९६९ मा लस एन्जलसको क्यालिफोर्नियानियामा स्थापना भएको थियो। बोलीचालीको भाषामा भन्दा टोले गुण्डाबाट ग्याङ सूरु गरेको यो गिरोह अहिले संसारको सबैभन्दा ठूलो अपराधीक समूह बनेको छ। यीनीहरूको ट्रेड मार्क निलो लुगा र नीलो स्कार्फ हो। यस गिरोहमा ३० हजार देखि ३५ हजार सदस्य रहेको मानिन्छ । क्रिप्सलाई अमेरिकी अर्को अपराधिक समूह ब्लड ग्याङका मुख्य प्रतिद्वन्दीको रुपमा चिनिन्छ । यो गिरोह हत्या, लुटपाट र लागू औषधी व्यापारमा संलग्न छ।

8। वा चिंग


वा चिंग चिनियाँ अपराधिक समूह हो । वा चिंगलाई ‘डब सी’ को उपनामले पनि चिनिन्छ। यो गिरोह अमेरिकाको सान फ्रान्सिस्कोमा १९६० को दशकतिर स्थापना भएको थियो । वा चिंगमा भर्ती गर्दा विशेषगरि किशोर र यूवाहरुलाई टार्गेट बनाईन्छ । त्यसकारण यस ग्याङको सदस्यहरु प्राय सबै यूवा छन् । यीनीहरूको मुख्य व्यावसाय लस एन्जल र पूर्वी एशियामा वित्तीय अपराधहरू वरिपरि केन्द्रित छ।

7। याकुजा

याकूजा परम्परागत जापानी अपराधिक गिरोह हो । यस गिरोहको सदस्यको लागि कडा नियम बनाईएको छ । याकुजाका सदस्यहरूले आफ्नो बफादारिता पेश गर्न आफ्ना परिवारसँग सबै सम्बन्धहरूलाई तोड्नु पर्छ। उनीहरूका संसारमा १ लाख २ हजार सदस्यहरू रहेको आकंलन गरिएको छ।

6। ब्लड

यो पनि अमेरिकी अपराधिक गिरोह हो । सन् १९७२ मा ब्लड ग्याङ अमेरिकाको लस एन्जल्समा एक
क्लबको रुपमा स्थापना भएको थियो । रातो रङको लुगा र स्र्काफ यो ग्याङको ट्रेड मार्क हो । यो ग्याङलाई क्रिप्सको सबैभन्दा ठूलो प्रतिद्वंद्वीको रुपमा चिनिन्छ।

ब्लड गिरोहलाई कार्य संचालनको लागि विभिन्न शाखामा विभाजन गरिएको छ, र यसको शाखाले आफ्नै तरिका अनुरुप मानिसलाई भर्ती गर्ने लगायतको काम संचालन गर्छ । यसका सदस्यले विभिन्न संकेतकहरू जस्तै रंग, कपडा, ट्याटुहरू, गहना, भाषा र हातको चिन्हहरूबाट आफु कुन समुहभित्रको हो भनेर चिनाउँछन् ।

5। एटिन्थ् स्ट्रीट ग्याङ


एम एटिन (M 18) को उपनामबाट चिनिने एटिन्थ् स्ट्रीट ग्याङ्ग लस एन्जलस क्यालिफोर्नियामा स्थापना भएको थियो । एम एटिनको १२० शहरहरुमा ६५ हजार बढी सदस्य रहेको आकलन गरिन्छ । यीनीहरूको ब्लड्स, एमएस थर्टिन र क्रिप्ससंग दुस्मनी छ र समुहप्रति बफादारिता पेश गर्न आफ्नै गिरोहको साथिलाई लगातार १८ सेकेन्ड क्रुरताका साथ कुट्नु पर्ने लगायतको क्रूर नियमहरू छ।

4। लस जिटास

यो मेक्सिकन अपराधिक समूह हो । ड्रग ट्राफिकिङको लागि संसारको सबैभन्दा शक्तिशाली संगठनको रुपमा यो गिरोहलाई लिईन्छ । मेक्सिकोको ११ भन्दा बढी प्रदेशमा यसको संगठन फैलीएको छ । सांगठनिक हिसाबले मेक्सिकोमा मजबुत रहेको यो गिरोहले देशको धेरै क्षेत्रमा फैलिएर लागु औषध उत्पादन गर्दै आएको छ । यीनीहरूले प्राय सबै कारोबार मेक्सिको बाटै गर्ने गर्छन् तर संयुक्त राज्य अमेरिकालाई पनि आधार बनाएर कारोबार गर्ने गरेको तथ्य पाईएको छ ।

3। आर्यन ब्रदरहुड


आर्यन ब्रदरहुडलाई ब्रांड, एबी, वान-टु लगायतको उपनामले पनि चिनिन्छ । यसको सदस्यता लिदाँ सुरुमा नै सदस्यता लिन चाहने व्यक्तिलाई सुपारी दिएर मानिसको हत्या गर्न लगाईन्छ । संयुक्त राज्य अमेरिकामा यो गिरोह कैदी हत्याको लागि जिम्मेवार मानिन्छन्। यो गिरोहको जेलभित्र र बाहिर गरेर अमेरिकामा २० हजार सदस्य रहेको छ।

2। ल्याटिन किङ


ल्याटिन किङको संगठनलाई संसारकै सबैभन्दा व्यवस्थित मजबुत संगठनको रुपमा लिईन्छ। १९४० को दशकमा लैटिन किंग्स स्ट्रीट ग्याङ्गको रुपमा शिकागोमा गठन भएको थियो। ग्याङको पहिलो सदस्यहरूमा प्राय पुर्टो रिकन नागरिकहरु बढी थिए। तर अहिले यसमा मेक्सिकनहरुको संख्या सबैभन्दा बढी छ । यो गिरोह अन्य संगठनजस्तो हिंसात्मक गतिविधिहरुमा सहभागी नभए पनि जाली नोट छाप्ने र कन्ट्रायाक किलिङ लगायतका गतिविधीमा संलग्न छ ।

1। मारा साल्भाट्रयूचा (एमएस १३ )


एमएस थर्टिन उपनामले चिनिने यो गिरोहको स्थापना अमेरिकाको क्यालिफोर्नियामा भएको थियो । आज यीनीहरुको सदस्य संख्या ७० हजार भन्दा धेरै छ। यो गिरोह लागू औषधि कारोबार, हतियार बिक्री, चोरी, हत्या, मानव तस्करी लगायतको सबै अपराधिक घटनामा संलग्न छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

चीनमा बनेको पाकिस्तानी जेटले भारतीय लडाकु विमान खसालेपछि विश्वभरि रक्षा उद्योगमा चिन्ता

सम्बन्धित

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

मैले मेरो स्मार्टफोन छाडेर ’पुरानै फोन’ चलाउन लागें, तपाईंले पनि त्यसै गर्ने कि ?

गायिका सुमन गुरुङ र गायक रिकेश गुरुङको नयाँ गीत बजारमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com