बिराटनगर, ४ बैशाख । मोरङ प्रहरीले पूर्व सांसद बाबुलाल पासवानलाई मंगलबार बिराटनगरबाट पक्राउ गरिएको छ ।
विप्लव माओवादीले आब्हान गरेको बन्दको विषयमा बुझ्न भन्दै उनलाई पक्राउ गरिएको जनाइएको छ ।
मोरङका प्रहरी उपरिक्षक अरुण विसीले पूर्व सांसद पासवनलाई नियन्त्रणमा लिएको पुष्टि गरे । पूर्व सांसद पासवनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । मंगलबार विहान पूर्व–पश्चिम राजमार्गस्थित गछिया सडक खण्डमा शंकास्पद बस्तु भेटिएपछि आंतक सृजना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्