ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्डिकेट विरुद्ध थप कडा बन्दै सरकार, रुट खारेजी देखी नियन्त्रणमा लिने तयारी


एबीसी न्यूज

काठमाडौं, ४ वैशाख। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैशाख २० गते सार्वजनिक यातायात बन्द गर्ने र २६ गतेदेखि देशभर नै अनिश्चितकालीन यातायात बन्द गर्ने महासंघको तयारी छ । यता सरकारले व्यवसायीलाई अत्यावश्यक सेवामा कुनै हड्ताल नगर्न आग्रह गरेको छ । आग्रहलाई बेवास्ता गरेर सार्वजनिक यातायात बन्द गरे कडा कदम चाल्ने गृहमन्त्रालयले जनाएको छ ।

अत्यावश्य सेवाका हड्ताल गरिए सरकार हात बाँधेर नबस्ने गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले बताउनुभयो। ‘कानुनले दिएको अधिकार सरकारले प्रयोग गर्छ । समितिहरुले हड्तल सिर्जना गरेर यातायात बन्द गरे अन्य कम्पनी आउँछन्,’ उहाँले भन्नुभयो,’हड्ताल गर्ने सिन्डिकेटवालाई सरकारले थुन्छ ।’

सरकारले व्यवसायीको उक्त योजना विफल बनाउन अन्तिरिक गृहकार्य थालेको छ । अब यातायात बन्द गर्नेविरुद्ध सुरक्षाकर्मी परिचालित हुने सरकारले जनाएको छ । अत्यावश्यक सेवा अवरुद्ध गर्दै यातायात नचलाउनेहरुलाई पत्रmाउ गर्ने रणनीति गृह मन्त्रालयको छ । सँगै सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा निकायका चालकहरुको प्रयोग गरेर सेवा अवरुद्ध हुन नदिने गरी आन्तरिक छलफल भइरहेको गृह मन्त्रालय स्रोतले बतायो । गृह सचिव राईले सिन्डिकेटको पक्षमा सेवा अवरुद्ध हुँदा सरकारले कानुनअनुसार नै नागरिकलाई सेवा दिन अग्रसर हुने बताए । सेवा रोकेर हुने आन्दोलन निस्तेज पार्न सरकारले आवश्यकताका आधारमा कदम उठाउने उनको भनाइ छ ।

अत्यावश्यक सेवामा हड्ताल गर्नेलाई ६ महिनासम्म जेल सजायको व्यवस्था छ । यातायात व्यवस्था विभागले पनि सेवा रोक्ने सवारीको रुट खारेजी गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com