ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न प्रदान


admin

काठमाडौँ, ४ वैशाख । नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ ।

नेपालभर ५८ ग्यास उद्योग रहेपनि आठ उद्योगले मात्र गुणस्तर चिह्न लिएका छन् । गुणस्तर चिह्न लिने उद्योगमा मनोज ग्यास उद्योग बारा, नेपाल ग्यास उद्योग बालाजु, श्रीकृष्ण ग्यास उद्योग धादिङ, साइबाबा ग्यास उद्योग चितवन, मेट्रो काठमाडौँ ग्यास धादिङ, एनएल ग्यास उद्योग बारा, जानकी ग्यास उद्योग नवलपरासी र मारुती ग्यास सुनसरी रहेका छन् ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ग्यास उत्पादन र गुणस्तरसम्बन्धी आवश्यक कागजात पूरा गरेका ग्यास उद्योगलाई गुणस्तर चिह्न प्रदान गरिएको जानकारी दिनुभयो । विभागले गत पुसमा गुणस्तर चिह्न नलिएका ग्यास उद्योगमाथि निगरानी बढाएपछि गुणस्तर चिह्न लिने उद्योगको संख्यामा वृद्धि भएको महानिर्देशक पुडासैनी बताउनुहुन्छ ।

कोशी ग्यास र रिजल्को ग्यास मोरङ, श्रीराम ग्यास, ओम ग्यास, भानु ग्यास र गीता ग्यास धादिङ, जगदम्बा ग्यास, नेपाल ग्यास नारायणी र अम्बर ग्यास बारा, मनकामना ग्यास नेपालगञ्ज, सगरमाथा ग्यास, सूर्य ग्यास र चन्द्रेश्वरी ग्यास काभ्रे र पञ्च महालक्ष्मी ग्यास तथा त्रिशूल ग्यास रुपन्देही गुणस्तर चिह्न लिने अन्तिम चरणमा रहेका छन् ।

यसैगरी विभागले नोबेल ग्यास धनुषा, नमिते ग्यास, सिद्धार्थ ग्यास, काब्सन्स ग्यास र सत्यनारायण ग्यास धादिङ, गौरीशंकर ग्यास काभ्रे, सिद्धार्थ ग्यास र बुटवल ग्यास रुपन्देही, नारायणी ग्यास, उग्रचण्डी ग्यास, बाबा ग्यास चितवन, आरती ग्यास, राजधानी ग्यास नवलपरासी, एभरेष्ट ग्यास काठमाडौँ, गृहलक्ष्मी ग्यास र शक्ति ग्यास कास्कीलाई अनुगमन गरी गुणस्तर चिह्न लिन आग्रह गरेको छ ।

यसैगरी पाथिभरा ग्यास, पराजुली ग्यास, कन्काई ग्यास र मेची ग्यास झापा, त्रिवेणी ग्यास धादिङ, सुगम ग्यास र प्रिमा ग्यास सुनसरी, साहरा ग्यास मकवानपुर, भेरी ग्यास नेपालगञ्ज, सुपर ग्यास, लियो ग्यास बारा, रोयल ग्यास धनगढीलाई पनि गुणस्तर चिह्न लिन आग्रह गरेको छ । विभागले राप्ती ग्यास उद्योग दाङमा भने अहिलेसम्म अनुगमन गरेको छ्रैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसदबाट स्वत:निलम्बित भए बस्नेत

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सम्बन्धित

अमेरिका र चीनसँग व्यापार युद्ध निष्क्रिय पार्न १४५ % ट्यारिफलाई ३०% मा झार्न सहमत

शिक्षकका समस्या तीन दिनभित्र समाधान गर्न सरकारलाई सर्वोच्चको आदेश

एनआरएनएलाई सर्वोच्चको चेतावनी : अदालतको आदेश पालना गर्नुस्

अहिलेको व्यापार युद्ध यसअघिभन्दा कसरी फरक छ ?: न्यूयोर्क टाइम्स

खनाल आयोगले निष्कर्ष : नियमनकारी निकायहरू स्वार्थ–समूहको कब्जामा, १२ मुख्य बुँदा, समाधानका ५ कोण

चीनसँग गहिरिँदो व्यापारिक लडाइँले अमेरिकी किसानहरूलाई नयाँ खतरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com