ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेटौडा–चतरा सडकको ट्रयाक खोल्ने विषयमा सिन्धुलीका सरोकारवाला नै अन्यौलमा


admin

सिन्धुली, ४ बैशाख । निर्माणधिन हेटौडा चतारा सडक अन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिकाको वडा नम्वर ४ देखि ६ सम्मको करिव ५ किलोमिटर सडकको ट्रयाक कताबाट खोल्ने भन्नेमा सरोकारवाला निकायहरु नै अन्यौलमा देखिएका छन ।

स्थानीय निवासी र सरोकारवाल विचको कुरा बाँझिदाँ हेटौडा—चतारा सम्मको ट्रयाक कताबाट जान्छ भन्नेमा स्थानीयहरु अन्यौलमा परेको छ । सडक विस्तार गर्ने क्रममा सिन्धुलीमा लामो समयदेखिको विवाद अझै हट्न सकेको छैन् ।

राजमार्ग निर्माणका अघि गरिएको नक्साङ्कनको झण्डै ५ किलो मिटर सडकको ट्रयाक खन्ने विषयमा विवाद हुदै आएको छ ।

राजमार्ग निर्माणका लागि शान्तिनगर चोकदेखि खट्टारसम्मको सडक खण्डको ट्रयाक अझै एकिन हुन सकेको छैन । नक्साङ्कन गरिएको स्थानबाट सडक विस्तार गर्दा धुराबजार, मिलनचोक, साङबाले, खट्टारका दर्जानौ भौतिक संरचना हटाउनु पर्ने, धेरै मानिस विस्तापित तथा सुकुम्बासी हुने भन्दै स्थानीयले विरोध जनाए पछि नक्साङ्कन गरिएको स्थानबाट नभई अन्यन्त्र बाटै विकल्प खोज्नु पर्ने उनीहरुको माग रहेको छ ।

यस विषयमा राजनैतिक दल, आयोजना प्रमुख, स्थानीय बासिन्दा तथा प्रशासनबीच बारम्बार बैठक बसे पनि उपयुक्त निकास निस्कन सकेको छैन् । तर हाल आएर राजनीतिक दल, संघ तथा प्रदेशका सांसद, प्रशासन तथा स्थानीय सरकारले नक्साङ्कन गरिएको स्थानभन्दा उत्तरबाट उपयुक्त स्थान छनौट गरी राजमार्ग निर्माणमा सहयोग गर्नेमा ऐक्यबद्धता जनाएका छन् ।

राजगर्मालाई सिन्धुलीमाडीको पुरानो बजार धुराबजार हटाउँदा सिन्धुलीमाडीको अस्तित्व नै कुरुप जस्तै हुने भन्दै विरोध व्यापक भएपछि राजमार्गको ट्रयाक परिवर्तन गर्न स्थानीय तह, राजनीतिक दल, सासंदहरु, स्थानीय प्रशासन लगायतले ट्रयाक परिवर्तनको लागि सम्वन्धित निकायसँग मौखिक र लिखित माग गरेपनि कुनै उत्तर नपाएपछि माग गर्ने देखि प्रभावित क्षेत्रका सवै नागरिक अन्यौलमा परेका छन ।

करोडौं मूल्यका भौतिक पूर्वाधार तथा सिन्धुलीका पुरानो पहिचानलाई जोगाउन भन्दै धरान—चतारा राजमार्गको ट्रयाक नक्साङ्कन गरिएको ठाउँबाट नभई साविक हाज्माको दुई नम्बर गेट हुँदै कुमाल फाँट भई खट्टार जोड्ने सहमति भएको छ । धेरै दवाव र विवादपछि राजमार्गको ट्रयाक परिवर्तन गर्ने भनिएको स्थानमा पनि अहिले फेरी स्थानीयले विरोध गरेका छन् ।

नक्साङ्कन भएको स्थानबाट नै राजमार्ग जानुपर्ने वा अन्य स्थानबाट विकल्प खोजिनु पर्ने उनीहरुको माग रहेको छ । यदि त्यसो नभई आफुहरुको जग्गाबाट राजमार्ग लैजान खोजे चलन चल्तिको मूल्यका आधारमा मुअब्जा पाउनु पर्नेमा सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराई सकेका छन् ।

सोही निर्णयलाई पुनःविचार गर्न आज विपी नगर आदर्श टोल विकास समितिले गरेको एक छलफल कार्यक्रममा सिन्धुली निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित संघीय सांसद हरिबोल गजुरेल र निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचि प्रदेश सांसद विनोदकुमार खड्कालाई आग्रह गरेका छन् ।

स्थानीयबासीले सो क्षेत्रमा हाल भुकम्प पीडितहरुले ७ धुर, १० धुर र १ कठ्ठा जग्गा किनेर घर बनाएको र आफुहरुलाई सुकुम्बासी नबनाउन आग्रह गरेका छन् । थोरै जग्गाबाट आफुहरुले गाँस, बास तथा जीवन निर्वाहको जोहो गरेकाले आफुहरुको पेटमा लात हान्ने काम रोक्न स्थानीय बुद्धिमान विकले सांसदसँग आग्रह गरे ।

स्थानीयको गुनासाको संवोधन गर्दै पुर्व कृषि मन्त्रि तथा सांसद हरिबोल गजुरेलले धरान—चतारा राजमार्गको विस्तारका क्रममा सिन्धुलीको अनाआवश्यक विवदाले आफु लगाएत सिन्धुलीबाट निर्वाचित सांसदहरु लज्जित हुनु परेको बताए । उनले भने “घरमा धारा चाहिन्छ, घर नजिकै विजुलीको पोल चाहिन्छ, ढल चाहिन्छ र घरको ढोका बाट निक्लने वित्तिकै गोडा उचाल्ना साथ गाडी चाहिने तर आफ्नो जग्गाको एक चिम्टि माटो पनि छुन नहुने भन्ने मानसिक्ता आज देखि छाड्नुस ।” साथै जनता पिछडिएको हुदा नेता पछि पर्ने र जनताको पछि लाग्ने नेता नहुने, जनतालाई नेतृत्व गर्ने मात्र नेता हुने भन्दै सिन्धुली र सिन्धुलीका नागरिकको हित र विकासमा आफु सदैव सकरात्मक तवरले लाग्ने छु उनले भने ।

आफुले सिन्धुलीको नक्साङकन भएको स्थान मध्ये धुरा बजार देखि खट्टार सम्मको स्थानबाट राजमार्ग विस्तार नगर्ने भनी हस्ताक्षर गरि सकेकाले यस कदमबाट पछि नहट्ने पनि बताए । यस फाट खोतियोग्य जमिन विनास नगर्न आग्रह गर्ने तर दिन प्रतिदिन अव्यवस्थित तवरले घर उमार्ने परिपाटि ठिक नभएको उनको भनाई छ ।
राजमार्ग विस्तार गर्ने क्रममा अवरोध नगर्न आग्रह गर्दै आफुहरुले यस स्थानमा आधुनिक शहरीकरणको अवधारणा र राजमार्गको विस्तार सहितको योजना बनाएकाले कसैको जग्गा पनि नहराउने, घर भत्काउनु पर्ने भएमा उचित क्षति पुर्ती दिने पक्षमा दिन प्रतिदिन वकालत गर्दै हिडेको स्पष्ट पारे ।

यसकालागि कति क्षेत्राधिकार राख्ने वा कति क्षेत्रफललाई शहरी करण गर्ने भन्ने विषयमा गम्भिर भई निर्णय गर्न पनि उनले आग्रह गरे । धरान—चतारा राजमार्ग विस्तारै पुर्व देखि पश्चिम सम्म जोड्ने राजमार्ग हुने भएकाले पुर्व र पश्चिमको केन्द्रविन्धु यहाँ भई व्यापारिक केन्द्रको सिटि हुने भएकाले आजै देखि आफुलाई सघाउन आग्रह गरे ।

प्रदेश सांसद विनोदकुमार खड्काले आत्तिएर नास हुने भो भनी विरोध र धर्ना जुलुस गर्नु पर्ने अवस्था नभएको बताए । यस क्षेत्रको विकासका लागि आफुहरु अहोरात्र लागि पर्ने तर तपाईहरु विरोध गर्ने हुदा कसरी विकास हुन्छ तपाई आफै भन्नुहोस उनले भन्नुभयो । शहरीकरण गर्दा तपाईहरुको हित हुने भएकाले सरकार आफैले योजना बनाउने छ कम क्षतीमा बढी लाभ हुने हेतुले यस्तो निर्णय भएको भन्दै अस्त व्यस्तको शहरीकरणले देखिएका समस्या हल गर्न आफु लागेको उनले बताए । समयमा उचित ध्यान नदिने पछि पछुताउने परिपाटी रहेको भन्दै धरान—चतारा राजमार्ग र शहरीकरणको अवधाराणाले यहाँको मुहार फेर्ने भएकाले आफुहरुलाई भाग्यमानी ठानी राजमार्गको निर्माणमा अवरोध नगर्न उहाँले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com