ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ जेष्ठ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको योग्यता तोकियो


admin
श्रावण २०, २०७४ शुक्रबार   ९ : ४६   बजे

काठमाडौँ, १९ साउन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव तोकेको छ ।

राष्ट्र बैंकले आज परिपत्र जारी गर्दैे बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था लागू गरिएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभवसम्बन्धी विनियमावली, २०७४ लागू गरेको प्रवक्ता नारायण पौडेलले जानकारी दिनुभयो ।

विनियमावलीमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको सञ्चालकमा नियुक्त हुन विदेशी वा स्वदेशी बैंक तथा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै स्नातक उपाधि हासिल गरी विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा तीन वर्ष कार्यानुभव हुनुपर्ने व्यवस्था गरिएको छ । व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाषिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानूनमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्ति सञ्चालकमा नियुक्त हुन सक्ने व्यवस्थासमेत गरिएको छ ।

यसैगरी वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको कार्यकारी प्रमुखमा नियुक्त हुन व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन वा कानूनमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन वा कानूनमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिका पदमा कम्तीमा दश वर्षको कार्यानुभव हासिल गरेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको कार्यकारी प्रमुखमा नियुक्त हुन सक्ने व्यवस्था गरिएको छ ।

यो व्यवस्था ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा लागू हुनेछन् । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

वायुसेवा निगमका सञ्चालक सदस्य छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group