ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमानस्थलको रनवेमा कालोपत्रे गर्ने काम सम्पन्न, २१ वर्षपछि नियमित उडान हुने


abc

सप्तरी, ३ बैशाख । राजविराज विमानस्थल उद्घाटन भएको झण्डै ६ दशकपछि नियमित उडान भर्ने अवस्थामा तयारी भएको छ । रनवे कालोपत्रे नभएकै कारण विगतमा धेरै पटक बन्द अनि सूचारु हुने गरेको राजविराज विमानस्थलको रनवेमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ ।
झण्डै १६ महिना पश्चात् विमानस्थलको रनवे कालोपत्रे सम्पन्न पश्चात बाँकी रहेको कम्पाउण्ड घेरवार, कार्यालय मर्मत, रंगरोहन लगायतका काम समेत अन्तिम चरणमा पुगेको छ । यी कामहरु सम्पन्न पश्चात् नेपाल नागरिक उडड्यन प्राधिकरणले अनुगमन गरेपछि बैशाख मसान्तसम्ममा टेस्ट उडान गर्ने तयारी भइरहेको प्राधिकरणका प्रोजेक्ट इन्जिनियर रामएकवाल महतोले जानकारी दिएका छन् ।
विमानस्थलका लागि जग्गा दान गरेका जग्गादाताका छोरा माहामाया प्रसाद सिंहले सप्तरीवासीले देखेको सपना अब साकार हुने भन्दै सरकारलाई धन्यवाद समेत दिएका छन् । उनका बुबा स्व. रुद्र नारायण सिंहले विमानस्थलका लागि ५५ मध्ये ४८ विगहा जग्गा दान दिएका थिए ।
नेपाल नागरिक उडड्यन प्राधिकरण मार्फत रमण कान्छाराम देव एण्ड शेयर जेभी कन्स्ट्रक्सनले २०७३ असोज १६ गते विमानस्थलको रनवे निर्माण गर्ने काम पाएको थियो । उक्त कन्स्ट्रक्सनले विमानस्थलको एक हजार ५ सय मिटर लम्बाई र ३० मिटर चौडाई धावनमार्गको कालोपत्रेका लागि ३० करोड ३० लाख ७४ हजार ५ सय २८ रुँपैया ३४ पैसामा सम्झौता गरेको थियो । सम्झौता भए बमोजिम २०७४ साल मंसिर मसान्तसम्ममा रनवेको सम्पूर्ण कार्य पुरा गरिसक्नु पर्नेमा उक्त कन्स्ट्रक्सनले ४ महिना ढिलो काम सम्पन्न गरेको छ ।
तत्कालिन जिल्ला विकास समिति सप्तरीको कार्यालय मार्फत २ करोडको लागतमा काँडे तारबाट विमानस्थल क्षेत्रको घेरवारको कार्य समेत सम्पन्न भइसकेको छ । हाल विमानस्थलमा रहेको विभिन्न सानातिना पानी निकासीका लागि कल्भर्ट, मूल ढोका अगाडी कालोपत्रे, रंगरोहन तथा मर्मतका कामहरु समेत अन्तिम चरणमा पुगेको छ ।
राजविराज नगरपालिकाबाट ४ किलो मिटर दक्षिणमा पर्ने विष्णुपुर गाउँपालिकामा अवस्थित ५५ विगहा क्षेत्र ओगटेको राजविराज विमानस्थल धावन मार्ग कै कारण वर्षा याममा पटक पटक बन्द हृुँदै आएको थियो । वि.स. २०१६ सालमा तत्कालिन मन्त्रि गणेशमान सिंहद्वारा उद्घाटन गरिएको यस विमानस्थलबाट २०५२ साल बैशाखबाट विमान उडान सेवा रद्द गरिएको थियो । विमानस्थल कालो पत्रे नहुनाले विगत २१ वर्षमा पटक पटक विमान सेवा संचालन र रद्द हुँदै आएको हो ।
अन्तिम पटक बि.स. २०६५ सालमा परिक्षणकालका लागि तारा एयरले केही दिन विमान संचालन गरेको थियो भने यात्रुको अभाव देखाउँदै सो एयरले विमान सेवा पुनः बन्द गरेको थियो । विगतमा विमानस्थलबाट नेपाल वायूसेवा निगम हप्ताको २ पटक आईतबार र शुक्रबार काठमाडांै र एक पटक आईतबार लामीडाँढा उडान गर्दै आएको थियो ।
प्रदेश नं. २ मा जनकपुर, सिमराहा र राजविराज गरि तीन विमानस्थल रहेकोमा राजविराज विमानस्थलबाट नियमित उडान संचालनमा आएपछि सप्तरीसहित प्रदेश नं. १ का पहाडी जिल्लाका बासिन्दाका लागि विमान चढ्न सहज हुने तथा प्रदेश नं. २ को चौतर्फि विकासमा टेवा पुग्ने स्थानीयवासीको आशावादी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज एकैदिन मनाइँदै रक्षाबन्धन र जनैपूर्णिमा

  काठमाडौँ – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

नेकपा एमाले सचिवालयको ११ औँ बैठकका निर्णय यस्ता छन्

काठमाडौं, २६ साउन ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी चुनावको घोषणा पत्र मस्यौदा समिति गठन गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको

अध्यक्ष ओलीको नेतृत्वमा एमालेको निर्वाचन परिचालन कमिटी गठन

काठमाडौं, २६ साउन । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुनाव परिचालन कमिटी गठन गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीका सबै

सम्बन्धित

लगानी बोर्ड बैठक : पश्चिम सेतीको समझदारीपत्र स्वीकृत

‘अर्थमन्त्री शर्माको मातहतमा कुनै कर्मचारी बस्न चाँहदैनन्’

भारतले नेपाल पठाउने इन्धनमा भारी मात्रामा मूल्य घटायो

चीनलाई टक्कर दिन अमेरिकाले नेपाल सरकारसँगै नीजि क्षेत्रसँग सहकार्य गर्ने तयारी

चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीको छापा

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...