काठमाडौं, २ बैशाख । संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई दिने भनिएको स्वेच्छिक अवकाशको निर्णय स्थगित भएको बताउनु भएको छ । उहाले उक्त कार्यक्रम स्थगित भइसकेको हुदाँ कर्मचारीलाई काममा मन फर्काउन आग्रह समेत गर्नुभएको छ ।
उहाँले धेरै सेवा सुविधा पाइन्छ भन्ने आशामा स्वेच्छिक अवकाशका लागि निवेदन दिनेले अब काममा मन लगाउनुपर्ने बताउनुभएको छ । ‘अर्को निर्णय नभएसम्म स्वेच्छिक अवकाश दिने निर्णय स्थगित गरिएको छ ।
खटाइएको ठाउँमा जानै पर्छ । काम गर्नतिर मन फर्काउनुस् । नत्र अवकाशको बाटोमा जाने निर्णय गर्नुस्’ पण्डितले भन्नुभयो । १५ दिने सूचना निकालेर कर्मचारीलाई पुनःकाममा र्फकनका लागि आवेदन दिने मौका दिइने मन्त्री पण्डितले बताउनुभयो । निजामती कर्मचारीलाई तीन वटै तहमा व्यवस्थापन गरिने भन्दै उनले कुन पदमा, कुन ठाउँमा जाने हो पुनःआवेदन दिन सक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्