ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होटल व्यवसायीहरुको बेवास्ता, तीन होटलले मात्र गरे ईआईए


abc

काठमाडौं, २ वैशाख । वातावरण विभागले २०५४ सालबाटै कानुन ल्याएर होटल सञ्चालन गर्दा अनिवार्य रुपमा ईआईए र वातावरणीय परीक्षण आईईई गराउनुपर्ने प्रावधान ल्याएको थियो । तर होटल व्यवसायीहरुले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।
नेपालका तीनवटा होटलले मात्र वातावरणीय प्रभाव मूल्याङ्कन  ईआईए गरेर सञ्चालन गरेको पाइएको छ । वातावरण विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ईआईए गर्नेहरुमा फाइभ स्टार डिलक्स होटल एन्ड रिक्रिएसन सेन्टर मुगु, कङ्गो भ्यू रिसोर्ट कङ्गोबारी चौरीखर्क सोलुखुम्बु र फारक्पा भिलेज रिसोर्ट चौरीखर्क सोलुखुम्बु छन् ।

वातावरण विभागले २०५४ सालबाटै कानुन ल्याएर होटल सञ्चालन गर्दा अनिवार्य रुपमा ईआईए र वातावरणीय परीक्षण (आईईई)गराउनुपर्ने प्रावधान ल्याएको थियो । तर होटल व्यवसायीहरुले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।

वातावरण विभागका वातावरण निरीक्षक भुवन शर्माले २०५४ अघि बनेका होटलले भने ईआईए र आईईई गराउनु नपर्ने बताएका छन् । ‘०५४ सालअघि बनेका होटलले नयाँ संरचना र नयाँ स्वरुप बनाउँदा भने अनिवार्य रुपमा आईईई र ईआईए गराउनुपर्छ,’ शर्माले भने, ‘नयाँ होटल आईईई र ईआईए प्रतिवेदन पास नभएसम्म सञ्चालन गर्न पाइँदैन ।’ तर नेपालका ९९ प्रतिशत होटलले आईईई र ईआईए पास गराएका छैनन् ।

वातावरण विभागले ऐनकानुन ल्याए पनि पर्याप्त मात्रामा जनशक्ति नभएकै कारण अनुगमन गर्न नसकिएको वातावरण निरीक्षक शर्माको भनाइ छ । ‘सुरुमा आवश्यक जनशक्ति थिएनन्, अनुगमन र निरीक्षण गर्न पाइएन, अब जनशक्ति पूरा छ, अनुगमनलाई कडाइका साथ अगाडि बढाउँछौँ,’ उनले भने । अनुमगनका क्रममा आईईई र ईआईए नगरेको पाइए सुरुमा स्पष्टीकरण सोध्ने, त्यति गर्दा पनि अटेर गरेमा १ लाख रुपैयाँसम्मको जरिवाना गर्ने र बन्द गर्नेसमेतको अधिकार आफूहरुसँग रहेको शर्माको भनाइ छ ।

पचास बेडदेखि १ सय बेडसम्मका होटलले आईईई गराउनुपर्ने र त्योभन्दा धेरै बेड भएका होटलले भने ईआईए नै गराउनुपर्ने उल्लेख गरिएको छ । कुनै पनि उद्योग सञ्चालन गर्नुअघि त्यस आसपासका स्थानीयहरुलाई अनिवार्य जानकारी र उनीहरुको स्वीकृति   लिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नागरिकता विधेयक प्रमाणीकरणसँगै संविधान ट्र्याकमा आयो : प्रचण्ड प्रधानमन्त्री

सीमा समस्या समाधानमा जमिनको लेनदेनको कुरा उठ्नु दुर्भाग्य – अध्यक्ष ओली

सम्बन्धित

नागरिकता विधेयक प्रमाणीकरणसँगै संविधान ट्र्याकमा आयो : प्रचण्ड प्रधानमन्त्री

सीमा समस्या समाधानमा जमिनको लेनदेनको कुरा उठ्नु दुर्भाग्य – अध्यक्ष ओली

‘भैंसी चढेर आएको’ भन्ने शब्दले संसदमा विवाद, रेकर्डबाट हटाइयो

एमालेलाई प्रधानमन्त्रीको प्रतिप्रश्न– अध्यादेशमा ७ वर्ष किन नराखेको त ?

प्रधानमन्त्रीको स्पष्टीकरण : बंगलादेश मोडल मेरो प्रस्ताव होइन

प्रतिनिधि सभा बैठक सुरु : LIVE

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...