ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बन्यो ४५ मिनेटअघि नै चट्याङको पूर्वसूचना दिने मोबाइल एप


एबीसी न्यूज
बैशाख २, २०७५ आईतबार  ८ : ०१ बजे


काठमाडौं, २ बैशाख । चट्याङ लागेर धेरैले अल्पायूमै ज्यान गुमाउने गरेका छन् । चट्याङ कहाँ कतिबेला आउँछ भन्ने जानकारी पनि हुँदैन तर, यसबारे पूर्वसूचना दिने मोबाइल एपको विकास भएको छ ।

छिमेकी जिल्ला भारतको कर्नाटक राज्यले चट्याङ र खतरनाक आँधीको पूर्वसूचना दिने मोबाइल एप ‘सिडिलु’ बनाएको हो जसले कुन स्थानमा चट्याङ पर्छ र ठूलो आँधी आउँछ भन्ने कुराको ४५ मिनेटअघि नै पूर्वजानकारी दिन्छ ।

कर्नाटकमा हरेक वर्ष चट्याङबाट ७० औसतमा ७० जनाको मृत्यु हुन्छ । सर्वसाधारण, भौतिक संरचना र चौपायालाई जोगाउने उद्देश्यले कर्नाटक राज्यको प्राकृतिक विपत निगरानी केन्द्र ९के।एस।एन।डी।एम।सी० र राजश्व विभागको पहलमा चट्याङबारे जानकारी दिन मोबाइल एप विकसित गरिएको हो ।

सिडिलु नामक मोबाइल एप गुगल प्लेस्टोर वा एप्पल स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ । स्मार्टफोन प्रयोगकर्ताले यो एपबाट ४५ मिनेट अघि नै चेतावनी प्राप्त गर्छन् ।

मोबाइलमा रातो रंग देखायो भने थाहा हुन्छ कि एक वर्ग मिटर वरिपरिको क्षेत्र चट्याङको जोखिम छ । रातो रंगले व्यक्ति रहेको १ वर्गमिटर वरिपरिको क्षेत्रमा चट्याङको सम्भावना ९० प्रतिशत छ भन्ने कुराको जानकारी दिन्छ ।

यसैगरी सुन्तला रंगले ५ वर्ग मिटर वरिपरिको क्षेत्रमा र पहेंलो रंगले १५ वर्ग मिटर क्षेत्रमा चट्याङको जोखिम रहेको संकेत दिन्छ । यदि हरियो रंग मोबाइलमा देखायो भने थाहा पाउनुपर्छ कुनै खतरा छैन ।

प्राकृतिक विपत निगरानी केन्द्रका निर्देशक श्रीनिवास रेड्डीका अनुसार अर्थ नेटवर्क्स नामक कम्पनीले यो एप बनाएको हो । यो एपले चट्याङलाई ट्र्याक गर्न राज्यका बिभिन्न १० स्थानमा सेन्सर जडान गरेको छ । यसको लागत प्रतिवर्ष ५० लाख भारु छ । यस्तो एप अफ्रिका र अमेरिकाका ९० देशमा प्रयोग भइरहेको छ । स्मार्ट फोन प्रयोग नगर्ने व्यक्तिहरुलाई भने म्यासेज मार्फत कुन स्थानमा चट्याङको जोखिम छ भन्ने कुराको जानकारी दिइन्छ । यस्तो टेक्स्ट म्यासेज कृषि, बागवानी, राजश्व, ग्रामिण विकास र गाउँ पन्चायत जस्ता सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पनि पठाइन्छ जसले ग्रामिणस्तरमा रहेर काम गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com