ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पालाई सडक सञ्जालमा जोड्न २० करोड बजेट


admin
चैत्र ३०, २०७४ शुक्रबार  ८ : १६ बजे

डोल्पा, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले भरिएको डोल्पाकोे विकासका लागि सबैभन्दा पहिला राष्ट्रिय सडक सञ्जालमा जोडिनुपर्ने बताउनुभएको छ ।

नयाँ वर्षसँगै शुरु हुन लागेको ‘कर्णाली रारा पर्यटन वर्ष’को उद्घाटनका लागि मुगु जाने क्रममा डोल्पा आइपुग्नुभएका प्रधानमन्त्री ओलीले डोल्पालाई चालु आवभित्रै सडक सञ्जालमा छिटोभन्दा छिटो जोड्नका लागि रु २० करोड उपलब्ध गराइने जानकारी दिनुभयो । यार्सागुम्बा, पाँचऔँलेलगायत बहुमूल्य जडीबुटीको स्वदेशमै स्थायी उत्पादन प्रशोधन र खेती गर्न सके डोल्पाले अझ आर्थिक फाइदा लिन सक्ने बताउँदै उहाँले हावापानी सुहाउँदो बेमौसमी तरकारी खेती, स्याउ, ओखर अङ्गुरलगायतको बहुआयमिक फाइदाजनक खेतीबाट यहाँको जीवनस्तर माथि उठाउन सकिनेमा जोड दिनुभयो ।

असुरक्षित ठाउँमा बसेका जनतालाई एकीकृत बस्तीका रुपमा विकास गरी सुरक्षित स्थानमा सार्ने योजनामा सरकार रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले दुर्गमका जनताले यातायातको अभावमा अकालमा मृत्युवरण गर्न नपरोस् भनेर कर्णालीका सबै स्थानीय तहमा हेलीप्याडको व्यवस्था गरिने र कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सबै जिल्लामा नियमित हवाई सेवाको व्यवस्था गरिने बताउनुभयो ।

वैशाख ५ गतेदेखि सरकारले सबै बालबालिकालाई भर्ना अभियानका रुपमा लिएकाले सबैलाई आआफ्ना बालबालिका विद्यालय भर्ना गर्न अनुरोध गर्दै उहाँले विपन्न परिवारका बालबालिकालाई काठमाडौँमा निःशुल्क पठनपाठनको व्यवस्था गरिने भएकाले विपन्न परिवारका बालबालिका पहिचान गरेर पठाइदिनसमेत आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले जाजरकोट– डोल्पा निमार्णाधीन सडकलाई राष्ट्रिय गौरवको योजनाका रुपमा राखी बजेट विनियोजन, दक्षिण रुपैडिहा जमुना नाका हँुदै उत्तरी सीमा धो मोम्लिासम्मको सडक निर्माण, धोमा स्थायी स्वास्थ्यचौकीको पहल, २०७५ सालमा शे–फोक्सुण्डो पर्यटन महत्सवका लागि पहल, त्रिपुरासुन्दरी भगवती मन्दिर र राजारानी क्षेत्रको विकासलगायत योजना समावेश गरी विकास बजेट विनियोजन गरिदिन सरकारसँग माग गर्नुभयो ।

त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने श्रीबाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा दर्शन तथा पूजाआजा गर्न डोल्पा पुग्नुभएका प्रधानमन्त्री ओलीलाई डोल्पालीले स्वागत गरेका थिए ।

त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेल, पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वसभामुख सुवास नेम्वाङ, पूर्वमन्त्री जनार्दन शर्मालगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महाधिवेशनको दिशामा नेकपा ःसांसद, मल्ल, नेकपा , भिडियो

प्रधानमन्त्रीको भारत भ्रमण ः सीमाविद् , श्रेष्ठ भिडियो

सम्बन्धित

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

प्रदेश सरकारको संरचना पुनःसंयोजन, मन्त्रालय घटाउने विषय मुख्य एजेन्डामा छलफलमा कांग्रेस

पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com