ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संगठन सुदृढिकरण गर्न गाउँ जादैँ काँग्रेस


admin

गुल्मी, ३० चैत । नयाँ बर्ष २०७५ को सुरुवातसगै गुल्मीमा नेपाली काङ्ग्रेस गाउ जाने भएको छ ।

५० दिनसम्म गरिब, दलित तथा पिछडिएको वर्गको घरमा गएर बस्ने गुल्मी काङ्ग्रेसले निर्णय गरेको हो । ‘नेपाली काङ्ग्रेसको आह्वान, गाउँमा जाउँ–गाउँमै रमाऔँ, ५० दिने महाअभियान’ भन्ने नाराका साथ काङ्ग्रेस गाउ जान लागेको हो ।

गुल्मी जिल्लाका १२ स्थानिय तहका ९३ वटै वडामा काङ्ग्रेसका एक÷एक जना प्रतिनिधि गरिब–दलितका घर जाने नेपाली काँग्रेसले जनाएको छ । पहिलो चरणमा तिन हप्तासम्म गाउकै गरिबका घरमा बस्ने, दोस्रो चरणमा एक हप्ता समिक्षा र तेस्रो चरणमा दोस्रो चरणको समिक्षिले कार्यक्रम निर्धारण गर्ने पार्टी सचिव खिलध्वज पन्थीले जानकारी दिनुभयो ।

उहाले फागुन २७ गतेको बैठक तथा वडा सभापति र सचिवहरुको चैत ६ गते बसेको भेलाले ५० दिने अभियान गर्ने निर्णय गरेको थियो ।

५० दिने महाअभियान किन ?

नेपाली काङ्ग्रेसको संगठन कमजोर भएको भन्दै संगठन सुदृढिकरणको लागि अभियान सुरु गरेको पार्टी सचिव पन्थीले बताए । पार्टीको भातृ तथा शुभेच्छुक संस्थाहरुलाई क्रियाशील बनाई सङ्गठनलाई चुस्त–दुरुस्त बनाउन, लैङ्गिक, जातीय, वर्गीय तथा सामाजिक कुसंस्कार विरुद्ध जनजागरण अभिवृद्धि गर्नको लागि काँग्रेस गाउँ जान लागेको हो ।

सचिव खिलध्वज पन्थीले ग्रामिण समस्याहरु समाधानको लागि पहल गर्न, छायाँ सरकार गठन गरी सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्न ५० दिने महाअभियानको सुरुवात गरेको बताए ।

त्यस्तै आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि सहकारीमार्फत कार्यक्रतालाई उत्साह जगाउने, धर्म, सँस्कृति र कलाको जगेर्ना गर्ने, आध्यात्मिक, पुरातात्विक तथा पर्यटकिय स्थलहरुको सम्वद्र्धनमा सहयोग गर्ने पनि अभियानको उदेश्य रहेको छ ।

‘हालसम्म पार्टीले गरेका अधिकाशं कामहरु नेतामुखि भएकोले अव पार्टीले जनतामुखि काम गर्न गाउँका गरिब, दलितको घर बस्ने निर्णय गरेको हो ।’ प्रवक्ता विष्णु सापकोटाले भनिन्, ‘जिल्ला सदस्य एकजना एक वडाको गरिबको घरमा बस्ने र उनीहरुसँगै खाने, बस्ने र काम गर्नेछौ ।’

त्यसरी गाउँकै जनतासँग बस्दा र उनीहरुसँगै काम गर्दा जनताका समस्या र आवश्यकताको बारेमा जानकारी लिने बताइएको छ । स्थानिय समस्या टिपोट गरिसकेपछि स्थानिय सरकारसँग जनताका माग पुरा गर्न डेलिकेशन गई जनताको बाँच्न पाउने अधिकारलाई थप सुरक्षित गर्ने लक्ष्य लिइएको काङ्ग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले बताए ।

त्यसरी गरिब–दलितको घरमा बस्दा आफूहरुले कुनै राजनीतिक परिचय नदिने, स्थानिय पार्टीका कार्यक्रताले त्यसको सहजिकरण गर्ने र बास बस्ने घरमा कुनै पाहुना नभई परिवारको सदस्यको रुपमा बस्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्तो छ नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले पठाएको सन्देश (पूर्णपाठ)

काठमाडौं, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सोमबार प्रतिनिधिसभामा पुगेको छ । राष्ट्रपति कार्यालयले पठाएको

देउवाको निर्देशन गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुस्

काठमाडौं, ३० साउन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई जिताउने अभियानमा लाग्न निर्देशन दिएका छन्। सोमबार

राष्ट्रपति भण्डारी पोखरा आउँदै, दुई दिन पोखरामा रहने

पोखरा, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउने भएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत मध्याह्न १२ बजे

सम्बन्धित

यस्तो छ नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले पठाएको सन्देश (पूर्णपाठ)

देउवाको निर्देशन गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुस्

राष्ट्रपति भण्डारी पोखरा आउँदै, दुई दिन पोखरामा रहने

नागरिकताको सवालमा राष्ट्रिय सहमति बन्नै पर्छ : नेता खनाल

कांग्रेसले आजदेखि जनप्रतिनिधिलाई अभिमुखीकरण दिंदै

आज साउन महिनाको अन्तिम सोमबार, शिवालयमा घुइँचो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...