बागलुङ, ३० चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले आज ढोरपाटन शिकार आरक्षको अवलोकन गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीसहित रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीलगायत ढोरपाटन पुग्नुभएको थियो ।
नेपाली सेनाको हेलिकप्टर मार्फत रारातालमा जाने क्रममा ढोरपाटन ओर्लिएर प्रधानमन्त्रीले आरक्षको निरीक्षण गर्नुभएको हो । प्रधानमन्त्रीले आरक्षको सुरक्षाको लागि रहेको व्यारेकमा ‘लन्च’ गर्नुभएको थियो । ढोरपाटन क्षेत्रको अवलोकन र स्थानीयसँगको अन्तर्क्रिया पछि प्रधानमन्त्री पुन रारा प्रथान गर्नुभएको थियो ।
अवलोकनपछि स्थानीय तहका जनप्रतिनिधि र जनतासँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले ढोरपाटनलाई जोगाउने गरी जलविद्युत् आयोजना निर्माण गरिने बताउनुभयो । “उत्तरगंगामा जलाशयबाट एक हजार मेगावाट बिजुली निकाल्न सकिन्छ”–उहाँले भन्नुभयो, “त्यसो गर्दा यहाँको बस्ती र सुन्दरता बचाउने गरी काम अगाडि बढाउनुपर्छ ।”
सो अवसरमा पर्यटनमन्त्री अधिकारीले ढोरपाटन प्रदेश नं ४ कै उत्कृष्ट पर्यटन गन्तव्यअन्तर्गत पर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्